कांग्रेस क्षेत्रीय अधिवेशन गर्ने समय तीन दिन थप

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, आश्विन ८, २०८३
|
|
२२५ पटक हेरिएको
Shares
कांग्रेस क्षेत्रीय अधिवेशन गर्ने समय तीन दिन थप

सारांश

  • कांग्रेसले १५औं महाधिवेशनअन्तर्गत निर्धारित समयमा वडा र पालिका अधिवेशन सम्पन्न नभएपछि प्रदेश-प्रतिनिधि सभा क्षेत्रीय अधिवेशनको समय तीन दिन थपेको हो।
  • ‘क्षेत्रीय अधिवेशनका तीन दिनको समय दिने निर्णय भएको छ,’ कांग्रेसको निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालले भने, ‘मौसम प्रतिकुलताका कारण १० गतेका लागि निर्धारित समय सीमामा तीन दिन थपिएको छ।
  • ’ मधेस प्रदेशलगायतका ठाउँमा वडा अधिवेशन नै सम्पन्न हुन ढिलो हुँदा प्रदेश–प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन असोज १३ गतेसम्म लगिएको उनले बताए।

नेपाली कांग्रेसले क्षेत्रीय अधिवेशनका लागि १० गतेदेखि १३ गतेसम्म गर्ने गरी कार्यतालिकामा संशोधन गरेको छ।

कांग्रेसले १५औं महाधिवेशनअन्तर्गत निर्धारित समयमा वडा र पालिका अधिवेशन सम्पन्न नभएपछि प्रदेश-प्रतिनिधि सभा क्षेत्रीय अधिवेशनको समय तीन दिन थपेको हो। ‘क्षेत्रीय अधिवेशनका तीन दिनको समय दिने निर्णय भएको छ,’ कांग्रेसको निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालले भने, ‘मौसम प्रतिकुलताका कारण १० गतेका लागि निर्धारित समय सीमामा तीन दिन थपिएको छ।’

मधेस प्रदेशलगायतका ठाउँमा वडा अधिवेशन नै सम्पन्न हुन ढिलो हुँदा प्रदेश–प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन असोज १३ गतेसम्म लगिएको उनले बताए। ‘असोज १३ गतेसम्म प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन सम्पन्न भए निर्धारित मितिमै महाधिवेशनको प्रक्रिया अगाडि बढाउन कुनै समस्या हुँदैन,’ उनले भने, ‘त्यसमा पनि केही ढिलो भएको भने असोज १८ मा महाधिवेशन उद्घाटन गर्नुपर्ने अवस्था आउनु सक्छ।’

१५औं महाधिवेशन यही असोज १६–१९ मा काठमाडौंमा सम्पन्न गर्ने कांग्रेसको कार्यतालिका छ। ‘बिहीबार बिहानदेखि पानी परिरहेको छ। यो असोज १२ गतेसम्म जारी रह्यो भने पालिका र क्षेत्रीय अधिवेशनमा केही समस्या हुन्छ। हामीले मौसमी अनुकुता र प्रतिकुलतालाई हेरेर काम गर्न निर्वाचन अधिकृतहरुलाई निर्देशन दिएका छौं,’ उनले भने, ‘मौसम अनुकुल भएको ठाउँमा असोज १० गते नै क्षेत्रीय अधिवेशन गर्नुहुन्छ। मौसम प्रतिकुल ठाउँमा असोज १३ गतेसम्म गर्न पनि छुट दिइएको छ।’

कांग्रेसमा यस पटक पालिका सभापति र प्रदेश सभा क्षेत्रीय सभापति पनि पदेन महाधिवेशन प्रतिनिधि हुने व्यवस्था भएकाले अधिवेशन गराउनै पर्ने बाध्यता छ। महाधिवेशनमा करिब सात हजार प्रतिनिधि चयन हुने उनको भनाइ छ।

‘असोज १६ गतेबाट रजिस्ट्रेशन सुरु गरिदिन्छौं। त्यो गर्दा महाधिवेशन सुरु भइहाल्छ। चयन भएर आएका प्रतिनिधिहरू रजिस्ट्रेशन गर्दै गर्नुहुन्छ,’ कटुवालले भने, ‘असोज १८ गते महाधिवेशन उद्घाटन गर्न सकिने अवस्था बन्छ। महाधिवेशनका मिति तलमाथि विषयमा पार्टीले नै निर्णय लिन्छ।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?