पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी एमालेको वरिष्ठ नेतामा अनुमोदित

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, आश्विन ८, २०८३
|
|
२८२ पटक हेरिएको
Shares
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी एमालेको वरिष्ठ नेतामा अनुमोदित

सारांश

  • एमालेको केन्द्रीय समिति बैठकले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई पार्टीको वरिष्ठ नेतामा अनुमोदन गरेको छ ।
  • पार्टी सचिवालयको आजको बैठकले भण्डारीलाई वरिष्ठ नेता बनाउने  निर्णय गरेको थियो ।
  • उक्त निर्णयलाई केन्द्रीय कमिटीले अनुमोदन गरेको हो ।

८ असोज, काठमाडौं । एमालेको केन्द्रीय समिति बैठकले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई पार्टीको वरिष्ठ नेतामा अनुमोदन गरेको छ । पार्टी सचिवालयको आजको बैठकले भण्डारीलाई वरिष्ठ नेता बनाउने  निर्णय गरेको थियो । उक्त निर्णयलाई केन्द्रीय कमिटीले अनुमोदन गरेको हो ।

एमालेले गत फागुनको चुनावमा हारेपछि पार्टीभित्र समीक्षा गर्दै जेठमा सदस्यता  खुलाउने निर्णय गरेको थियो । त्यसअघि एमालेले  राष्ट्रपति भएर देशको अभिभावकत्व गरिरहेको व्यक्ति पार्टी राजनीतिमा आउन नमिल्ने तर्क गर्दै भण्डारीको सदस्यता रोकेको थियो ।

सात वर्षभन्दा बढी राष्ट्रपति भएर बाहिरिएकी भण्डारी पुन: पार्टी राजनीतिमै  आउन चाहेकी थिइन्  ।  तर पार्टीभित्रको शक्ति सन्तुलनमा उनको निर्णायक भूमिका हुने देखिएपछि अध्यक्ष केपी शर्मा ओलीलगायतका नेताहरूले उनको पुन: राजनीतिक सक्रियतालाई रोकेका थिए ।

पार्टीभित्रको सन्तुलनमा पुन: बिग्रिएपछि अध्यक्ष ओली नै भण्डारीलाई पार्टीमा सक्रिय हुने बाटो खोल्न तयार भएका हुन् ।

भण्डारीले गत ११ औं महाधिवेशन अघि नै पार्टीमा सक्रिय भएर नेतृत्वमा आउने योजना बनाएकी थिइन् । तर सदस्यता नै नभएपछि भण्डारी सक्रिय हुन पाइनन् । अब अहिले एमालेले  गर्ने निर्णयले उनलाई पार्टीमा सक्रिय हुन सहज बनाएको छ ।

भण्डारी यसअघि एमालेको उपाध्यक्ष भइसकेकी व्यक्ति हुन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पासपोर्ट ठेक्का भ्रष्टाचारमा मुछिएका सिद्धार्थ थापा रिहा
पासपोर्ट ठेक्का भ्रष्टाचारमा मुछिएका सिद्धार्थ थापा रिहा
बिहारको सबैभन्दा कान्छी विधायक बन्दै गायिका मैथिली ठाकुर
बिहारको सबैभन्दा कान्छी विधायक बन्दै गायिका मैथिली ठाकुर
मन्त्रालयबाट हराएको गाडी चिठी लेखेको दुई दिनपछि श्रम मन्त्रालयमा आइपुग्यो,कस्ले लगेकाे थियाे ?
मन्त्रालयबाट हराएको गाडी चिठी लेखेको दुई दिनपछि श्रम मन्त्रालयमा आइपुग्यो,कस्ले लगेकाे थियाे ?
जाजरकोट र रुकुम पश्चिममा तत्काल ५/५ करोड रुपैयाँ पठाउने निर्णय
जाजरकोट र रुकुम पश्चिममा तत्काल ५/५ करोड रुपैयाँ पठाउने निर्णय
मार्चदेखि चीनलाई थप १० प्रतिशत भन्सार शुल्क लगाउँछु: ट्रम्प
मार्चदेखि चीनलाई थप १० प्रतिशत भन्सार शुल्क लगाउँछु: ट्रम्प
मधेशमा सांसदहरूबीच हात हालाहाल, सभामुखविरुद्ध अविश्वासको प्रस्ताव दर्ता,
मधेशमा सांसदहरूबीच हात हालाहाल, सभामुखविरुद्ध अविश्वासको प्रस्ताव दर्ता,
सांसद डाँगीको प्रश्न :संसद् भवनका कुर्सी स्वदेशी काठका हुन् कि विदेशी?
सांसद डाँगीको प्रश्न :संसद् भवनका कुर्सी स्वदेशी काठका हुन् कि विदेशी?
एसीसी यू–१९ प्रिमियर कप : नेपाल च्याम्पियन बन्ने लक्ष्यमा, यूएईसँग भिड्दै
एसीसी यू–१९ प्रिमियर कप : नेपाल च्याम्पियन बन्ने लक्ष्यमा, यूएईसँग भिड्दै
प्रधानमन्त्री ओली रसुवाको बाढीग्रस्त क्षेत्र अवलोकनमा जाँदै
प्रधानमन्त्री ओली रसुवाको बाढीग्रस्त क्षेत्र अवलोकनमा जाँदै
सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?
सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?