जेनजी आन्दोलनमा ताकिताकी गोली हान्ने आदेश थिएन, प्रहरीसँग नभएका हतियारले गोली हानिएको छ : ओली

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, आश्विन ३, २०८२
|
|
३६ पटक हेरिएको
Shares
जेनजी आन्दोलनमा ताकिताकी गोली हान्ने आदेश थिएन, प्रहरीसँग नभएका हतियारले गोली हानिएको छ : ओली

सारांश

  •     निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले जेनजी युवा आदोलनमा सहभागीहरुलाई ताकीताकी गोली हान्ने आदेश नदिएको बताएका छन् ।
  • प्रहरीसँग पनि नभएका स्वचालित हतियारले गोली हानेको पाइएको उनले बताएका छन् ।
  • भदौ २३ र २४ गते भएको युवा आन्दोलनमा ७४ जनाको मृत्यु भएको थियो, तीमध्ये अधिकांशलाई टाउको र छातीमा गोली लागेको थियो ।

३ असोज, काठमाडौं ।   

निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले जेनजी युवा आदोलनमा सहभागीहरुलाई ताकीताकी गोली हान्ने आदेश नदिएको बताएका छन् । प्रहरीसँग पनि नभएका स्वचालित हतियारले गोली हानेको पाइएको उनले बताएका छन् । भदौ २३ र २४ गते भएको युवा आन्दोलनमा ७४ जनाको मृत्यु भएको थियो, तीमध्ये अधिकांशलाई टाउको र छातीमा गोली लागेको थियो ।

आन्दोलनपछि सरकार छाड्न बाध्य भएको ओली सैनिक व्यारेकको ९ दिन लामो बसाइँपछि विहीबार भक्तपुरको गुण्डुस्थित एक घरमा भाडामा बसेका छन् । उनले शुक्रबार संविधान दिवसको दिन वक्तव्य जारी गर्दै आन्दोलनमा गोली हान्ने आदेश नदिएको बताएका हुन् । उनले भनेका छन्, ‘गत साता जेन–जीको शान्तिपूर्ण हुने भनिएको प्रदर्शनका क्रममा घुसपैठ भयो– आह्वानकर्ताले भनेझैं । त्यसमा घुसपैठ गर्ने षड्यन्त्रकारीहरूले हिंसा मच्चाए, हाम्रा युवाहरुको ज्यान गयो । सरकारले प्रदर्शनकारीलाई ताकीताकी गोली हान्ने आदेश दिएको थिएन ।’ प्रहरीसँग नभएका स्वचालित हतियारले गोली हानिएको भन्दै ओलीले सो घटनाको छानबिन हुनुपर्ने पनि बताएका छन् ।

पढ्नुहोस् संविधान दिवसको अवसरमा केपी शर्मा ओलीले जारी गरेको वक्तव्य–

दिदीबहिनी तथा दाजुभाइहरू !

आज संविधान दिवस । नेपाली जनताले ७० वर्षसम्म संघर्ष गरेर आफैंले निर्वाचित गरेको संविधानसभाले बनाएको संविधान जारी गरेको दिन । लोकतान्त्रिक गणतन्त्र, सङ्घीय समावेशी व्यवस्था र जनताका अधिकार स्थापित भएको दिन । यो संविधान निर्माण गर्दा हामीले भोगेका चुनौती तपाईँहरूको सम्झनामा ताजै छ । नाकाबन्दी र देशको सार्वभौमसत्तामाथि उत्पन्न चुनौतीलाई समेत परास्त गर्दै संविधान जारी भएको थियो । तसर्थ नेपालको संविधान नेपाली जनताले आफैंले आफ्ना निम्ति लेखेको भविष्य रेखा हो । संविधान जारी भएपछि नेपाललाई कसैले नाकाबन्दी लगाउन नसक्नेगरी भूपरिवेष्ठित देशलाई भूजडित बनाउन उत्तर दक्षिण जोड्ने यातायात संरचनाहरु बनाइरहेका थियौं ।

उत्तरी छिमेकी देशसँग पनि यातायात पारवहन सम्झौता गरेका थियौं । हाम्रो सार्वभौमसत्ताको सामर्थ्य विस्तार गरेका थियौं । हाम्रा विकास संरचनाहरूका जग बसालेका थियौं । अर्थतन्त्र तंग्रदै थियो । गत साता जेन–जीको शान्तिपूर्ण हुने भनिएको प्रदर्शनका क्रममा घुसपैठ भयो– आह्वानकर्ताले भनेझैं । त्यसमा घुसपैठ गर्ने षड्यन्त्रकारीहरूले हिंसा मच्चाए, हाम्रा युवाहरुको ज्यान गयो । सरकारले प्रदर्शनकारीलाई ताकीताकी गोली हान्ने आदेश दिएको थिएन । प्रहरीसँग नभएका स्वचालित हतियारले गोली हानेको घटनाको छानबिन हुनु पर्दछ । त्यस घटनाप्रति म फेरि दु:ख व्यक्त गर्दै दिवंगत युवाहरूप्रति श्रद्धाञ्जली एवं घाइतेहरुको स्वास्थ्यलाभको कामना गर्दछु । हामी यतिबेला हाम्रो संविधानमाथि ठूलो आक्रमण भएको अवस्थामा छौं । प्रधानमन्त्रीबाट मेरो राजीनामापछि सिंहदरबार जलाइएको छ– नेपालको नक्सा जलाइएको छ, देशको निशानी मेटाउन खोजिएको छ ।

जनप्रतिनिधि संस्था, न्यायालय, व्यापारिक प्रतिष्ठान र राजनीतिक दलका कार्यालय, तिनका नेता कार्यकर्ताको घर, व्यक्तिगत सम्पत्ति छानीछानी खरानी बनाइएको छ । यसका पछाडिको षड्यन्त्रबारे आज म धेरै कुरा भन्दिनँ, धेरै कुरा समयले आफैं बयान दिनेछ । हाम्रो देश बनिरहेको थियो कि बिग्रेको थियो, वा देश बिग्रेको काल्पनिक भाष्य खडा गरेर आक्रोश विस्तार मात्रै गरिएको थियो ? यी सबै कुरा हाम्रो नयाँ पुस्ताले आफैं महसुस गर्ने छ । विदेश जाने/आउने एयरपोर्टको भीडलाई नकारात्मक भनिरहेको समाज आज देश बाहिरको अनुमति बन्द हुनुलाई के ठान्ला, यो पनि समयले महसुस गराउने छ । हाम्रो नयाँ पुस्ताले आफैं बुझ्ने छ । तर, यो कुरा समय छँदै बुझ्नुपर्ने छ, नबुझेमा हाम्रो देशको सार्वभौमसत्ता इतिहासमा मात्र रहने छ । हाम्रा युवाहरुले काजी भीम मल्लको मृत्युदण्डबारेको इतिहास पक्कै पढ्नु भएको छ । देशको सिमाना विस्तार गरेर फर्केका भीम मल्ललाई देश फर्किनासाथ काटिएपछि पछुताउने मात्र विकल्प बाँकी रह्यो । यथार्थभन्दा बाहिर गएर विस्तार गरिएका असन्तोषका परिणामहरु पछुताउन मात्र काम लाग्छन्, त्यस पछुतोले नै बनिरहेको देशको  झन्–झन् गाढा सम्झना गराउने छ ।

हामी सबै पुस्ताका नेपाली एकजुट हुनु पर्दछ– सार्वभौमसत्तामाथि गरिएको प्रहार सामना गर्न र हाम्रो संविधानको रक्षा गर्न । सार्वभौमसत्ता हाम्रो अस्तित्व हो भने संविधान हाम्रो स्वतन्त्रताको कवच हो । हाम्रो एकताले नै देशसामु उत्पन्न यो अकल्पनीय संकटबाट फेरि देशलाई उठाउन र जोगाउन सक्छ । मेरो सबैमा अपील छ– संविधान जोगाऔं, सार्वभौमसत्ताको रक्षा गरौं ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

गोरखामा लिची बिक्रीबाट रु ११ करोड आम्दानी
गोरखामा लिची बिक्रीबाट रु ११ करोड आम्दानी
भारतमा भएको सडक दुर्घटनामा १३ जनाको मृत्यु
भारतमा भएको सडक दुर्घटनामा १३ जनाको मृत्यु
आजको मौसम : पहाडी र हिमाली भूभागका केही स्थानमा वर्षा र हिमपातको सम्भावना
आजको मौसम : पहाडी र हिमाली भूभागका केही स्थानमा वर्षा र हिमपातको सम्भावना
एमाले महाधिवेशनमा अध्यक्ष ओलीले लिए पद तथा गोपनियताको सपथ
एमाले महाधिवेशनमा अध्यक्ष ओलीले लिए पद तथा गोपनियताको सपथ
गाजा शान्ति योजना अनुमोदन, हमासले जीवित रहेका २० बन्धकलाई ७२ घण्टापछि रिहा गर्ने
गाजा शान्ति योजना अनुमोदन, हमासले जीवित रहेका २० बन्धकलाई ७२ घण्टापछि रिहा गर्ने
मौसम खराब हुँदा अवतरण हुन सकेनन् जहाज, आधा दर्जन प्लेन आकाशमा घुम्दै
मौसम खराब हुँदा अवतरण हुन सकेनन् जहाज, आधा दर्जन प्लेन आकाशमा घुम्दै
झोलुङ्गे पुलको पर्खाल भत्किँदा रोल्पामा  ४ जनाको मृत्यु
झोलुङ्गे पुलको पर्खाल भत्किँदा रोल्पामा ४ जनाको मृत्यु
एमाले संसदीय दलको बैठक बस्दै, नयाँ विधेयकमा छलफल हुने
एमाले संसदीय दलको बैठक बस्दै, नयाँ विधेयकमा छलफल हुने
म विनाको एमाले कल्पना नगरे हुन्छ : ओली
म विनाको एमाले कल्पना नगरे हुन्छ : ओली
१५ लाखभन्दा बढी विद्यार्थीलाई ७ अर्बको छात्रवृत्ति
१५ लाखभन्दा बढी विद्यार्थीलाई ७ अर्बको छात्रवृत्ति