तिलोत्तमाको एक्स्ट्राटेक ओभल क्रिकेट स्टेडियममा फ्लड लाइट जडान सुरू हुँदै

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, माघ २५, २०८१
|
|
२६ पटक हेरिएको
Shares
तिलोत्तमाको एक्स्ट्राटेक ओभल क्रिकेट स्टेडियममा फ्लड लाइट जडान सुरू हुँदै

सारांश

  • रुपन्देहीको एक्स्ट्राटेक ओभल क्रिकेट स्टेडियममा शनिबारदेखि स्टेडियममा फ्लड लाइट जडानको काम सुरु हुँदैछ ।
  • नेपालका क्रिकेट स्टेडियममा यो नै पहिलो फ्लड लाइट हुनेछ ।
  • शुक्रबार बिहान बुटवलमा पत्रकार सम्मेलन गरी स्टेडियमका निदेशक विनोद कुँवरले शनिबारदेखि लाइट जडान हुने जानकारी दिए ।

२५ माघ, बुटवल ।

रुपन्देहीको एक्स्ट्राटेक ओभल क्रिकेट स्टेडियममा शनिबारदेखि स्टेडियममा फ्लड लाइट जडानको काम सुरु हुँदैछ । नेपालका क्रिकेट स्टेडियममा यो नै पहिलो फ्लड लाइट हुनेछ ।

शुक्रबार बिहान बुटवलमा पत्रकार सम्मेलन गरी स्टेडियमका निदेशक विनोद कुँवरले शनिबारदेखि लाइट जडान हुने जानकारी दिए । नेपालमै पहिलो पटक रातिमा प्रतियोगिता सञ्चालन गर्ने गरी करिब ७ करोड लागतमा ५ वटा फ्लड लाइट जडान गर्न लागिएको बताए ।

२०८० साल जेठ २९ गते शिलान्यास भई ०८० फागुनमै खेल्न योग्य मैदान तयार भएर फागुन २८ मा मैदानको उद्‌घाटनसहित लिजेण्ड्स कप क्रिकेट प्रतियोगिता आयोजना भएको थियो । अबको एक महिनाभित्र फ्लड लाइट पूर्ण रुपमा जडान गरी परीक्षण गरिने कुँवरले बताए ।

यो मैदानमा गत वर्षको फागुन यता एक सय भन्दा बढी खेल भइसकेका छन् । नेपालको १९ वर्ष मुनिको विश्वकप खेलेको महिला टोली र नेपाल प्रिमियर लिग टिम लुम्बिनी लायन्सले यो मैदानमा अभ्यास गरेको थियो । ‘भारतबाट पनि केही क्लब स्तरीय टिम आएर पहाँ आएर खेलेको पनि जानकारी गराउन चाहान्छौं’, उनले भने ।

नेट प्राक्टिसका लागि पनि पिच अन्तिम चरणमा रहेको स्टेडियमका निर्देशक सूर्य कुँवरले बताए । चार तलाको २ वटा भवन भीआईपी बक्स प्लेयर बक्स , चेजिंग रुम र मिडिया बक्स निर्माण अन्तिम चरणमा पुगेको उनले बताए । २५ हजार दर्शक क्षमताको प्यारापिटसहित करिब ५० करोड लागतको परियोजनाको ५० प्रतिशत बढी वित्तीय प्रगति भइसकेको कुवरले बताए । ५ वर्षमा पूरा गर्ने लक्ष्य रहेकोमा अब २ वर्षभित्र सबै काम सम्पन्न हुने उनले बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

स्रोत नखुलेको १० लाखसहित एक जना पक्राउ
स्रोत नखुलेको १० लाखसहित एक जना पक्राउ
मुख्यमन्त्री बानियाँको घर र कार्यालयमा सम्पत्ति शुद्धीकरणको छापा
मुख्यमन्त्री बानियाँको घर र कार्यालयमा सम्पत्ति शुद्धीकरणको छापा
हेटौंडामा मोटरसाइकलले ठक्कर दिँदा पैदल यात्रीको मृ*त्यु
हेटौंडामा मोटरसाइकलले ठक्कर दिँदा पैदल यात्रीको मृ*त्यु
माधवको टिप्पणी- केपीले ‘बयलगाडा चढेर अमेरिका पुगिँदैन’ भनेपछि हामीले राजतन्त्र ढाल्यौँ
माधवको टिप्पणी- केपीले ‘बयलगाडा चढेर अमेरिका पुगिँदैन’ भनेपछि हामीले राजतन्त्र ढाल्यौँ
ईपीएस भाषा परीक्षाको मिति तय गर्न अझै केही दिन लाग्ने
ईपीएस भाषा परीक्षाको मिति तय गर्न अझै केही दिन लाग्ने
बर्दियामा किशोरीको बलात्कार आरोपमा युवक पक्राउ
बर्दियामा किशोरीको बलात्कार आरोपमा युवक पक्राउ
रुकुम पश्चिममा जनार्दनले लिए सुरुवाती अग्रता
रुकुम पश्चिममा जनार्दनले लिए सुरुवाती अग्रता
विराटनगरलाई हराएपछि काठमान्डुको प्लेअफ सम्भावना कायमै
विराटनगरलाई हराएपछि काठमान्डुको प्लेअफ सम्भावना कायमै
मन्त्रिपरिषद् बैठक बस्दै- गभर्नर नियुक्तिको सम्भावना
मन्त्रिपरिषद् बैठक बस्दै- गभर्नर नियुक्तिको सम्भावना
लुम्बिनी प्रदेशमा चार सयभन्दा बढी सिँचाइ पूर्वाधार निर्माण
लुम्बिनी प्रदेशमा चार सयभन्दा बढी सिँचाइ पूर्वाधार निर्माण