सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
 सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
 सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!

तिलोत्तमाको एक्स्ट्राटेक ओभल क्रिकेट स्टेडियममा फ्लड लाइट जडान सुरू हुँदै

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, माघ २५, २०८१
|
|
४४ पटक हेरिएको
Shares
तिलोत्तमाको एक्स्ट्राटेक ओभल क्रिकेट स्टेडियममा फ्लड लाइट जडान सुरू हुँदै

सारांश

  • रुपन्देहीको एक्स्ट्राटेक ओभल क्रिकेट स्टेडियममा शनिबारदेखि स्टेडियममा फ्लड लाइट जडानको काम सुरु हुँदैछ ।
  • नेपालका क्रिकेट स्टेडियममा यो नै पहिलो फ्लड लाइट हुनेछ ।
  • शुक्रबार बिहान बुटवलमा पत्रकार सम्मेलन गरी स्टेडियमका निदेशक विनोद कुँवरले शनिबारदेखि लाइट जडान हुने जानकारी दिए ।

२५ माघ, बुटवल ।

रुपन्देहीको एक्स्ट्राटेक ओभल क्रिकेट स्टेडियममा शनिबारदेखि स्टेडियममा फ्लड लाइट जडानको काम सुरु हुँदैछ । नेपालका क्रिकेट स्टेडियममा यो नै पहिलो फ्लड लाइट हुनेछ ।

शुक्रबार बिहान बुटवलमा पत्रकार सम्मेलन गरी स्टेडियमका निदेशक विनोद कुँवरले शनिबारदेखि लाइट जडान हुने जानकारी दिए । नेपालमै पहिलो पटक रातिमा प्रतियोगिता सञ्चालन गर्ने गरी करिब ७ करोड लागतमा ५ वटा फ्लड लाइट जडान गर्न लागिएको बताए ।

२०८० साल जेठ २९ गते शिलान्यास भई ०८० फागुनमै खेल्न योग्य मैदान तयार भएर फागुन २८ मा मैदानको उद्‌घाटनसहित लिजेण्ड्स कप क्रिकेट प्रतियोगिता आयोजना भएको थियो । अबको एक महिनाभित्र फ्लड लाइट पूर्ण रुपमा जडान गरी परीक्षण गरिने कुँवरले बताए ।

यो मैदानमा गत वर्षको फागुन यता एक सय भन्दा बढी खेल भइसकेका छन् । नेपालको १९ वर्ष मुनिको विश्वकप खेलेको महिला टोली र नेपाल प्रिमियर लिग टिम लुम्बिनी लायन्सले यो मैदानमा अभ्यास गरेको थियो । ‘भारतबाट पनि केही क्लब स्तरीय टिम आएर पहाँ आएर खेलेको पनि जानकारी गराउन चाहान्छौं’, उनले भने ।

नेट प्राक्टिसका लागि पनि पिच अन्तिम चरणमा रहेको स्टेडियमका निर्देशक सूर्य कुँवरले बताए । चार तलाको २ वटा भवन भीआईपी बक्स प्लेयर बक्स , चेजिंग रुम र मिडिया बक्स निर्माण अन्तिम चरणमा पुगेको उनले बताए । २५ हजार दर्शक क्षमताको प्यारापिटसहित करिब ५० करोड लागतको परियोजनाको ५० प्रतिशत बढी वित्तीय प्रगति भइसकेको कुवरले बताए । ५ वर्षमा पूरा गर्ने लक्ष्य रहेकोमा अब २ वर्षभित्र सबै काम सम्पन्न हुने उनले बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

काठमाडौं महानगर २७ द्वारा युवालाई युग सुहाउँदो तालिम, ६१ जनालाई प्रमाणपत्र वितरण
काठमाडौं महानगर २७ द्वारा युवालाई युग सुहाउँदो तालिम, ६१ जनालाई प्रमाणपत्र वितरण
सरकारबाट बाहिरिएपछि प्रचण्ड पहिलोपटक ओली र देउवासँगै देखिए
सरकारबाट बाहिरिएपछि प्रचण्ड पहिलोपटक ओली र देउवासँगै देखिए
बंगलादेशलाई हराउँदै पाकिस्तान एसिया कपको फाइनलमा
बंगलादेशलाई हराउँदै पाकिस्तान एसिया कपको फाइनलमा
आज देशभरको मौसम मुख्यतया सफा रहने
आज देशभरको मौसम मुख्यतया सफा रहने
समानुपातिकमा रास्वपाले कटायो १० लाख मत, अरुले कति ल्याए?
समानुपातिकमा रास्वपाले कटायो १० लाख मत, अरुले कति ल्याए?
सरकारबाट हुने गलत निर्णय रोक्न रास्वपाले गरायो राष्ट्रपतिको ध्यानाकर्षण
सरकारबाट हुने गलत निर्णय रोक्न रास्वपाले गरायो राष्ट्रपतिको ध्यानाकर्षण
युएई पठाइदिन्छु भनी ठगी गर्ने  एक जना पक्राउ
युएई पठाइदिन्छु भनी ठगी गर्ने एक जना पक्राउ
राजसंस्थाको मागसहित काठमाडौंमा राप्रपाको प्रदर्शन
राजसंस्थाको मागसहित काठमाडौंमा राप्रपाको प्रदर्शन
महोत्तरीमा खाल्डोमा जमेको पानीमा डुबेर एक बालकको मृ*त्यु
महोत्तरीमा खाल्डोमा जमेको पानीमा डुबेर एक बालकको मृ*त्यु
खुर्सानीको बोराभित्र लुकाएको लागूऔषधसहित एक जना पक्राउ
खुर्सानीको बोराभित्र लुकाएको लागूऔषधसहित एक जना पक्राउ