कोप–३० सम्मेलन आयोजना स्थलमा आगलागी

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, मंसिर ५, २०८२
|
|
९७ पटक हेरिएको
Shares
कोप–३० सम्मेलन आयोजना स्थलमा आगलागी

सारांश

  • ब्राजिलको बेलेममा आयोजित संयुक्त राष्ट्रसंघको जलवायु सम्मेलन कोप–३० आयोजना स्थलमा आगलागी भएको छ ।
  • आगलागीपछि बेलम सहरका बासिन्दालाई बाहिर निकालिएको छ ।
  •  (जसमध्ये जलवायु सम्पादक जस्टिन रोलाट पनि थिए) ले पभिलियन क्षेत्रमा आगो र धुवाँ देखेपछि उनीहरूलाई तुरुन्तै बाहिर निकालिएको जानकारी दिएका छन् ।

५ मङ्सिर  काठमाडौं ।

ब्राजिलको बेलेममा आयोजित संयुक्त राष्ट्रसंघको जलवायु सम्मेलन कोप–३० आयोजना स्थलमा आगलागी भएको छ । आगलागीपछि बेलम सहरका बासिन्दालाई बाहिर निकालिएको छ ।  (जसमध्ये जलवायु सम्पादक जस्टिन रोलाट पनि थिए) ले पभिलियन क्षेत्रमा आगो र धुवाँ देखेपछि उनीहरूलाई तुरुन्तै बाहिर निकालिएको जानकारी दिएका छन् । संयुक्त राष्ट्र संघका अधिकारीहरुका अनुसार आगो ६ मिनेटमै निभाइएको थियो । १३ जना धुवाँको असरका कारण बिरामी परेका छन् । उनीहरुको उपचार भइरहेकोले जनाएको छ ।

संयुक्त राष्ट्रसंघको सम्मेलन आयोजक समितिका अनुसार उनीहरूको स्वास्थ्य अवस्थामाथि निगरानी भइरहेको छ र आवश्यक चिकित्सकीय सहयोग प्रदान गरिएको छ । आगलागीका कारण सम्मेलन रोकिएको छ । वार्ताकारहरू जलवायु संकट सामना गर्न अन्तर्राष्ट्रिय प्रयास बलियो बनाउने समझदारी टुंग्याउने तयारी गरिरहेका बेला अवरोध आएको हो । आयोजकले भनेको छ, ‘सम्मेलनस्थलको ब्लु जोनमा आगलागी भएको थियो । दमकल र युएन सुरक्षाकर्मीहरू तत्कालै परिचालन भएर आगो करिब ६ मिनेटमै नियन्त्रणमा ल्याइयो । मानिसहरूलाई सुरक्षित रूपमा बाहिर निकालियो ।’ आगलागीको कारण भने अझै खुलेको छैन । आगलागीको कारणबारे अनुसन्धान भइरहेको अधिकारीहरुले बताएका छन् । स्थानीय दमकल विभागलाई उद्धृत गर्दै रोयटर्सले जनाए अनुसार सम्भवत: कुनै विद्युतीय उपकरण (शायद माइक्रोवेभ) बाट आगो लागेको हुनसक्ने अनुमान छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

खो खो विश्वकपमा आज नेपाल र भारतबिच उपाधि भिडन्त
खो खो विश्वकपमा आज नेपाल र भारतबिच उपाधि भिडन्त
लुम्बिनीमा लोसपाका सन्तोष पाण्डे मन्त्री नियुक्त
लुम्बिनीमा लोसपाका सन्तोष पाण्डे मन्त्री नियुक्त
एनआरएनएद्वारा प्रहरी वृत्त दरबारमार्गलाई ब्यारिकेड हस्तान्तरण
एनआरएनएद्वारा प्रहरी वृत्त दरबारमार्गलाई ब्यारिकेड हस्तान्तरण
भारतीय अफ स्पिनर अश्विनद्वारा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास घोषणा
भारतीय अफ स्पिनर अश्विनद्वारा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास घोषणा
रास्वपा सभापति लामिछानेलाई आज काठमाडौं ल्याइँदै
रास्वपा सभापति लामिछानेलाई आज काठमाडौं ल्याइँदै
राष्ट्रिय अनुसन्धान विभाग गृह मातहत राख्न रवि लामिछानेको माग
राष्ट्रिय अनुसन्धान विभाग गृह मातहत राख्न रवि लामिछानेको माग
अवैध अस्पताल सञ्चालन गर्दै आएका सञ्चालक पक्राउ
अवैध अस्पताल सञ्चालन गर्दै आएका सञ्चालक पक्राउ
राष्ट्रपति पौडेल र सभामुख अर्यालले गरे भेटवार्ता
राष्ट्रपति पौडेल र सभामुख अर्यालले गरे भेटवार्ता
ललितपुर महानगरपालिकाको सबै संरचनाहरु अपाङ्गतामैत्रीछन् : मेयर महर्जन
ललितपुर महानगरपालिकाको सबै संरचनाहरु अपाङ्गतामैत्रीछन् : मेयर महर्जन
मधेश प्रदेशसभा : मुख्यमन्त्रीको विश्वासको मत प्रक्रिया सुरु, रोक्न लोसपाको माग
मधेश प्रदेशसभा : मुख्यमन्त्रीको विश्वासको मत प्रक्रिया सुरु, रोक्न लोसपाको माग