राष्ट्रिय अनुसन्धान विभाग गृह मातहत राख्न रवि लामिछानेको माग

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, आषाढ ११, २०८१
|
|
३८ पटक हेरिएको
Shares
राष्ट्रिय अनुसन्धान विभाग गृह मातहत राख्न रवि लामिछानेको माग

सारांश

  • उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले राष्ट्रिय अनुसन्धान विभागलाई गृह मन्त्रालय मातहत राख्न माग गरेका छन् ।
  • मंगलबार प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय अन्तर्गतका निकायको बजेटमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गृहमन्त्रीले राअविलाई गृह मातहत राख्न माग गरेको खुलाए ।
  • ‘अहिले भर्खरै पनि उपप्रधानमन्त्री तथा गृहमन्त्रीजीले गृह मन्त्रालयलाई पनि यो निकाय (राष्ट्रिय अनुसन्धान विभाग) चाहिने नै भयो भनेर मसँग विषय राखिरहनुभएको छ ।

११ असार, काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले राष्ट्रिय अनुसन्धान विभागलाई गृह मन्त्रालय मातहत राख्न माग गरेका छन् ।

मंगलबार प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय अन्तर्गतका निकायको बजेटमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गृहमन्त्रीले राअविलाई गृह मातहत राख्न माग गरेको खुलाए । ‘अहिले भर्खरै पनि उपप्रधानमन्त्री तथा गृहमन्त्रीजीले गृह मन्त्रालयलाई पनि यो निकाय (राष्ट्रिय अनुसन्धान विभाग) चाहिने नै भयो भनेर मसँग विषय राखिरहनुभएको छ । यसमा एउटा राजनीतिक समझदारी बनाएपछि त्यसो गर्न सकिँदैन भन्ने मलाई लाग्दैन’, उनले भने । तर विश्वका अरु देशमा पनि गुप्तचर निकाय मुलुकको प्रमुख कार्यकारी मातहत रहने अभ्यास रहेको प्रधानमन्त्रीले बताए ।

राष्ट्रिय सुरक्षा एकदमै पेचिलो र संवेदनशील विषय भएको भन्दै प्रधानमन्त्री प्रचण्डले यसमा सूचनाको प्राप्ति र विश्लेषण महत्वपूर्ण भएको हुँदा त्यसको संवेदनशीलता र सुरक्षा व्यवस्थापनको प्रभावकारिता मध्यनजर गरी राष्ट्रिय अनुसन्धान विभागलाई प्रधानमन्त्री कार्यालय मातहत राखिएको बताए । ‘अन्तर्राष्ट्रिय अभ्यास हेर्दा गुप्तचर संयन्त्र कार्यकारी प्रमुख अन्तर्गत रहने अभ्यास रहेको देखिन्छ । नेपालमा पनि यस विषयमा अध्ययन विश्लेषण गरी यस्तो व्यवस्था गरिएको हो’, उनले भने ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

जापानलाई हराउँदै नेपाल यू-१९ एसिया कपमा छनोट
जापानलाई हराउँदै नेपाल यू-१९ एसिया कपमा छनोट
वरिष्ठ पत्रकार रिसालको निधनप्रति प्रधानमन्त्री ओलीद्वारा दुःख व्यक्त
वरिष्ठ पत्रकार रिसालको निधनप्रति प्रधानमन्त्री ओलीद्वारा दुःख व्यक्त
पालिका पूर्वअध्यक्षबाटै ठगिएको भन्दै वडाध्यक्षले दिए प्रशासनमा उजुरी
पालिका पूर्वअध्यक्षबाटै ठगिएको भन्दै वडाध्यक्षले दिए प्रशासनमा उजुरी
अष्ट्रियालाई हराउँदै स्पेन विश्वकपको अन्तिम १६ मा प्रवेश
अष्ट्रियालाई हराउँदै स्पेन विश्वकपको अन्तिम १६ मा प्रवेश
नेपाल र कतारबीच ८ क्षेत्रमा सहकार्य गर्ने सम्झौतामा हस्ताक्षर
नेपाल र कतारबीच ८ क्षेत्रमा सहकार्य गर्ने सम्झौतामा हस्ताक्षर
परराष्ट्रमन्त्री राणा र श्रीलंकाका विदेशमन्त्री हेराथबीच भेटवार्ता
परराष्ट्रमन्त्री राणा र श्रीलंकाका विदेशमन्त्री हेराथबीच भेटवार्ता
गृहमन्त्री र सुरक्षा निकाय प्रमुखहरूबीच बैठक
गृहमन्त्री र सुरक्षा निकाय प्रमुखहरूबीच बैठक
नेपाली कांग्रेस रौतहटद्वारा ‘विशेष महाधिवेशन’ अस्वीकार
नेपाली कांग्रेस रौतहटद्वारा ‘विशेष महाधिवेशन’ अस्वीकार
पूर्व डीआईजी रमेश खरेलले त्यागे रास्वपा
पूर्व डीआईजी रमेश खरेलले त्यागे रास्वपा
भरतपुर कारागारबाट भागेका ५४ कैदीबन्दी आफैं फर्किए
भरतपुर कारागारबाट भागेका ५४ कैदीबन्दी आफैं फर्किए