परराष्ट्रमन्त्री राणा र श्रीलंकाका विदेशमन्त्री हेराथबीच भेटवार्ता

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, फाल्गुन ५, २०८१
|
|
२८ पटक हेरिएको
Shares
परराष्ट्रमन्त्री राणा र श्रीलंकाका विदेशमन्त्री हेराथबीच भेटवार्ता

सारांश

  • परराष्ट्रमन्त्री डा.
  • आरजु राणा देउवा र श्रीलंकाली विदेशमन्त्री विजिता हेराथबीच भेटवार्ता भएको छ ।
  • आठौं हिन्द महासागर सम्मेलनका बेला राणा र हेराथबीच साइडलाइन वार्ता भएको हो ।

 

५ फागुन,  काठमाडौं । परराष्ट्रमन्त्री डा.आरजु राणा देउवा र श्रीलंकाली विदेशमन्त्री विजिता हेराथबीच भेटवार्ता भएको छ । आठौं हिन्द महासागर सम्मेलनका बेला राणा र हेराथबीच साइडलाइन वार्ता भएको हो ।

‘हामीले व्यापार विस्तार र जलवायु न्यायका लागि सहकार्यमा केन्द्रित नेपाल(श्रीलंका सम्बन्धको समीक्षा गर्यौं। मैले हाम्रा देशहरू बीच थप हवाई सम्पर्कको लागि पनि अनुरोध गरें, जसमा कोलम्बो(भैरहवा सिधा उडानहरू पनि समावेश छन्,’ श्रीलंकाली समकक्षी हेराथसँगको भेटवार्तापछि राणाले सामाजिक सञ्जालमा लेखेकी छन् । आइतबार राणा र भारतीय समकक्षी एस जयशंकरबीच भेटवार्ता भएको थियो । सात दिने भ्रमणका क्रममा राणा ओमानको मस्कटमा छिन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ