Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

अख्तियार कार्यालयबाटै घुससहित पक्राउ परेका प्रशासकीय अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, पौष २५, २०८१
|
|
४५ पटक हेरिएको
Shares
अख्तियार कार्यालयबाटै घुससहित पक्राउ परेका प्रशासकीय अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा

सारांश

  • अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नुवाकोटको किस्पाङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ध्रुवप्रसाद सापकोटाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
  • सापकोटा अछामको मेल्लेख गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हुँदा भ्रष्टाचार गरेको अभियोगमा अख्तियारले मुद्दा दायर गरेको हो ।
  • उनी गत २८ मङ्सिरमा कञ्चनपुरस्थित अख्तियारकै कार्यालयमा १ लाख घुससहित पक्राउ परेका थिए ।

 

२५ पुस, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नुवाकोटको किस्पाङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ध्रुवप्रसाद सापकोटाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । सापकोटा अछामको मेल्लेख गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हुँदा भ्रष्टाचार गरेको अभियोगमा अख्तियारले मुद्दा दायर गरेको हो ।

उनी गत २८ मङ्सिरमा कञ्चनपुरस्थित अख्तियारकै कार्यालयमा १ लाख घुससहित पक्राउ परेका थिए । आरोपपत्रमा भनिएको छ, ‘उजुरीसँग सम्बन्धित कागजात पेस गर्न भनी आयोगको कार्यालय कञ्चनपुरका अनुसन्धान अधिकृतको कार्यकक्षमा आई कागजातसहितको खाम दिँदा निजलाई अनुसन्धान अधिकृत आफैँले खोलेर दिनुभन्दा निजले बोकेको हरियो रंगको झोला भित्र रहेको पहेँलो खाममा एक लाख रुपैयाँ भेटिएको थियो, यो के को पैसा हो रु भनी सोधपुछ गर्दा मुद्दा मिलाइदिन तपाईंको लागि नै स्वेच्छाले ल्याएको हो भनी भनेका थिए ।’

अछाम, मेल्लेख गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतको रूपमा कार्यरत रहँदा खरिद कार्यमा अनियमितता गरेको भन्ने उजुरीको विस्तृत अनुसन्धानका लागि उनलाई बोलाइएको थियो । बयान दिन जाँदा उनले घुस दिएकाले भ्रष्टाचार मुद्दामा कैद, बिगो र जरिवाना हुनुपर्ने माग अख्तियारले गरेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आन्दोलनमा क्षति पुगेका भौतिक संरचनाको पुनर्स्थापना र पुननिर्माण उच्च प्राथमिकतामा राखी काम गरौं : मन्त्री घिसिङ
आन्दोलनमा क्षति पुगेका भौतिक संरचनाको पुनर्स्थापना र पुननिर्माण उच्च प्राथमिकतामा राखी काम गरौं : मन्त्री घिसिङ
सिंहदरबारमा मन्त्रिपरिषद् बैठक
सिंहदरबारमा मन्त्रिपरिषद् बैठक
सिन्धुपाल्चोकमा भारत सरकारको सहयोगमा दुई स्वास्थ्य चौकी भवनको शिलान्यास
सिन्धुपाल्चोकमा भारत सरकारको सहयोगमा दुई स्वास्थ्य चौकी भवनको शिलान्यास
मधेशका किसान समूहलाई दुई अर्ब अनुदान दिइने
मधेशका किसान समूहलाई दुई अर्ब अनुदान दिइने
दलितमाथि गरिएको विभेद छानबिन गर्न संसदीय समिति गठनको माग
दलितमाथि गरिएको विभेद छानबिन गर्न संसदीय समिति गठनको माग
बैतडीमा शिशुको मृत्युपछि क्षतिपूर्तिको माग राख्दै सडक अवरुद्ध
बैतडीमा शिशुको मृत्युपछि क्षतिपूर्तिको माग राख्दै सडक अवरुद्ध
कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक
कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक
बागमती नदीले सतर्कता तह पार गर्‍यो
बागमती नदीले सतर्कता तह पार गर्‍यो
बन्दीपुरका एक सय किसानलाई मौरीसहित घार वितरण
बन्दीपुरका एक सय किसानलाई मौरीसहित घार वितरण
विपक्षीको अवरोधपछि राष्ट्रिय सभा बैठक कार्यसूचीमै प्रवेश नगरी जेठ २६ गतेसम्म स्थगित
विपक्षीको अवरोधपछि राष्ट्रिय सभा बैठक कार्यसूचीमै प्रवेश नगरी जेठ २६ गतेसम्म स्थगित