अधिकृत स्तरको कर्मचारी नहुँदा समस्या

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, चैत्र १९, २०८१
|
|
१६ पटक हेरिएको
Shares
अधिकृत स्तरको कर्मचारी नहुँदा समस्या

सारांश

  • इलाका प्रशासन कार्यालय गरुडामा अधिकृत स्तरको कर्मचारी नहुदाँ सेवा प्रवाहमा समस्या भएको छ ।
  • अधिकृत स्तरको कर्मचारीको पदस्थापन नगरेको कारण इलाका प्रशासन कार्यालय गरुडा अहिले नायव सुब्बाको भरमा संचालन हुँदै आएको हो ।
  • २०८० सालको फाल्गुनमा शाखा अधिकृत मनिष झालाई इलाका प्रशासन कार्यालय गरुडाका प्रमुखको जिम्मेबारी तोकिएको थियो ।

१९ चैत,  रौतहट ।

इलाका प्रशासन कार्यालय गरुडामा अधिकृत स्तरको कर्मचारी नहुदाँ सेवा प्रवाहमा समस्या भएको छ । अधिकृत स्तरको कर्मचारीको पदस्थापन नगरेको कारण इलाका प्रशासन कार्यालय गरुडा अहिले नायव सुब्बाको भरमा संचालन हुँदै आएको हो ।
२०८० सालको फाल्गुनमा शाखा अधिकृत मनिष झालाई इलाका प्रशासन कार्यालय गरुडाका प्रमुखको जिम्मेबारी तोकिएको थियो ।

तर तीन महिनामा नै सरुवा भएर जिल्ला प्रशासन कार्यालय गौरमा गएपछि नायव सुब्बालाई नै निमित्तको जिम्मेवारी दिइएको छ ।
२०७६ साल देखि हालसम्म निमित्त कार्यालय प्रमुखको जिम्मेवारीमा नासु रामस्वार्थ राय यादव रहेका छन । गरुडा नगरपालिकाका नगर प्रमुख कन्थमणि प्रसाद कलवारले प्रशासनिक निकायमा अधिकृत स्तरको कर्मचारी नहुँदा सेवा प्रवाहमा असहजता र सेवाग्राहीलाई सास्ती हुने बताए ।

उनका अनुसार कार्यालय प्रमुख नहुदा प्रत्यक्ष असर नागरिक देखि व्यापार व्यवसाय, कलकारखाना, वित्तिय संस्थाहरुलाई परेको छ ।
२०७३ सालमा स्थापन भएको ईलाका प्रशासन कार्यालय गरुडाले गरुडा नगरपालिकाको वडा नम्बर १ देखि वडा नम्बर ८, माधव नारायण नगरपालिकाको ९ वटै वडा तथा गढिमाई नगरपालिकाको ९ वटै वडाका नागरिकको सेवा प्रवाह गर्दै आएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मकवानपुरमा यात्रुवहाक बस दुर्घटना, २२ जना घाइते
मकवानपुरमा यात्रुवहाक बस दुर्घटना, २२ जना घाइते
निजामती विधेयकमाथिको छलफल अन्तिम चरणमा
निजामती विधेयकमाथिको छलफल अन्तिम चरणमा
थामे प्रभावितलाई काठमाडौं महानगरको २० लाख राहत
थामे प्रभावितलाई काठमाडौं महानगरको २० लाख राहत
गलकोट जिप दुर्घटना : मृतकको शव परीक्षण सुरु, आजै परिवारलाई बुझाइने
गलकोट जिप दुर्घटना : मृतकको शव परीक्षण सुरु, आजै परिवारलाई बुझाइने
चुनाव त जित्छौं, तर जनता नजागे देशमा फेरि संकट आउनसक्छ : प्रचण्ड
चुनाव त जित्छौं, तर जनता नजागे देशमा फेरि संकट आउनसक्छ : प्रचण्ड
अख्तियारमा उजुरीका चाङ, ८ महिनामा ९११ वटा उजुरी
अख्तियारमा उजुरीका चाङ, ८ महिनामा ९११ वटा उजुरी
शान्तिपूर्ण निर्वाचनले मुलुक र संविधान सुरक्षित राख्यो : गृहमन्त्री अर्याल
शान्तिपूर्ण निर्वाचनले मुलुक र संविधान सुरक्षित राख्यो : गृहमन्त्री अर्याल
रगतमा पाइने ब्याक्टेरियाबाट एन्टि–एजिङ यौगिकको खोज, छाला उपचारमा नयाँ सम्भावना
रगतमा पाइने ब्याक्टेरियाबाट एन्टि–एजिङ यौगिकको खोज, छाला उपचारमा नयाँ सम्भावना
जानकी मन्दिरलाई विश्व सम्पदा सूचीमा सूचीकृत गराउन यात्रा
जानकी मन्दिरलाई विश्व सम्पदा सूचीमा सूचीकृत गराउन यात्रा
सामाजिक सञ्जालसम्बन्धी विधेयक आपत्तिजनक छ, जस्ताको त्यस्तै पारित हुन दिँदैनौँः महामन्त्री थापा
सामाजिक सञ्जालसम्बन्धी विधेयक आपत्तिजनक छ, जस्ताको त्यस्तै पारित हुन दिँदैनौँः महामन्त्री थापा