Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

बैतडीमा शिशुको मृत्युपछि क्षतिपूर्तिको माग राख्दै सडक अवरुद्ध

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, पौष ११, २०८१
|
|
३७ पटक हेरिएको
Shares
बैतडीमा शिशुको मृत्युपछि क्षतिपूर्तिको माग राख्दै सडक अवरुद्ध

सारांश

  • बुधबार दिउँसो खोप लगाएका शिशुको रातिको समयमा शङ्कास्पद मृत्यु भएपछि स्थानीयले गोकुलेश्वर–गन्ना–लटिनाथ सडक अवरुद्ध पारेका हुन् ।
  • डिलासैनी गाउँपालिका–२ छेपट्टाका मुकेश रानाका दुई महिने छोरा आदर्शको शङ्कास्पद मृत्यु भएको स्थानीय ध्रुव रानाले बताए ।
  • उनले मृतक शिशुलाई बुधबार दिउँसो १२ बजेको समयमा डिलासैनी–३ स्थित सिमार बर्थिङ सेन्टरमा खोप लगाएका थिए ।

 

११ पुस,  दार्चुला — बैतडीको डिलासैनी गाउँपालिकामा एक शिशुको मृत्यु भएपछि क्षतिपूर्तिको माग राखी स्थानीयले सडक अवरुद्ध पारेको छ । बुधबार दिउँसो खोप लगाएका शिशुको रातिको समयमा शङ्कास्पद मृत्यु भएपछि स्थानीयले गोकुलेश्वर–गन्ना–लटिनाथ सडक अवरुद्ध पारेका हुन् । डिलासैनी गाउँपालिका–२ छेपट्टाका मुकेश रानाका दुई महिने छोरा आदर्शको शङ्कास्पद मृत्यु भएको स्थानीय ध्रुव रानाले बताए ।

उनले मृतक शिशुलाई बुधबार दिउँसो १२ बजेको समयमा डिलासैनी–३ स्थित सिमार बर्थिङ सेन्टरमा खोप लगाएका थिए । खोप लगाउँदा आदर्श बिरामी भएपछि उपचारको लागि डडेलधुरा अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।ध्रुवका अनुसार आदर्शलाई नियमित खोप कार्यक्रम अन्तर्गत डीपीटी दोस्रो डोज र पीसीभीको पहिलो डोज लगाइएको थियो । ओपीभी र रोटा डोज खुवाइएको थियो । त्यसपछि दिउँसो ३ बजेदेखि आदर्शलाई ज्वरो आएको र राति र्‍याल फाल्न थालेपछि उपचारको लागि गोकुलेश्वर अस्पताल लगिएको थियो ।

त्यहाँ उपचार नभएपछि डडेलधुरा अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको उनले जानकारी दिए । सोही विवरणका डोजहरू अघिल्लो दिन पनि केही बालबालिकाहरूलाई लगाइएको र केही समस्या नआएको तर आदर्शको हकमा उक्त घटना भएको विषय शङ्कास्पद रहेको डिलासैनी–३ स्थित रुद्रेश्वर स्वास्थ्य चौकीका इन्चार्ज सन्जु बोहराले जानकारी दिए । खोपका कारणले बालकको मृत्यु भएको भन्दै स्थानीयहरूले स्वास्थ्य कार्यालय बैतडीमा पनि जानकारी गराएका छन् ।

तर, शवको पोस्टमार्टम गरेपछि मात्रै मृत्युको कारण खुल्ने स्वास्थ्य कार्यालयले जनाएको छ । बर्थिङ सेन्टरमा लगाएको खोपका कारण बालकको मृत्यु भएको भन्दै सडक अवरुद्ध गरिएको छ । यस घटनाको निष्पक्ष छानबिन हुनुपर्ने र मृतक शिशुका आफन्तलाई क्षतिपूर्तिको मागसहित सडक अवरुद्ध गरिएको स्थानीय ध्रुवले जानकारी दिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

गृहमन्त्री लामिछाने विरुद्धको रिट न्यायाधीश पोखरेलको इजलासमा पेशी
गृहमन्त्री लामिछाने विरुद्धको रिट न्यायाधीश पोखरेलको इजलासमा पेशी
देउवाको सन्देश : ओलीलाई धोका दिन्नँ, ०८४ सम्मै सहकार्य जान्छ
देउवाको सन्देश : ओलीलाई धोका दिन्नँ, ०८४ सम्मै सहकार्य जान्छ
सर्लाहीमा २१२ ग्राम हिरोइनसहित युवक पक्राउ
सर्लाहीमा २१२ ग्राम हिरोइनसहित युवक पक्राउ
सुर्खेतका लागि उडेको श्री एयरलाइन्सको विमान आकस्मिक अवतरण
सुर्खेतका लागि उडेको श्री एयरलाइन्सको विमान आकस्मिक अवतरण
परीक्षाको बेला आन्दोलनै आन्दोलन, जिम्मेवार हुन शिक्षा मन्त्रालयको अनुरोध
परीक्षाको बेला आन्दोलनै आन्दोलन, जिम्मेवार हुन शिक्षा मन्त्रालयको अनुरोध
एक वर्षमा नेपालमा १७ खर्ब भन्दा बढी रेमिट्यान्स भित्रियो
एक वर्षमा नेपालमा १७ खर्ब भन्दा बढी रेमिट्यान्स भित्रियो
भारतीय राजदूत श्रीवास्तवको अवस्था सुधार उन्मुख, जनरल वार्डमा सार्ने तयारी
भारतीय राजदूत श्रीवास्तवको अवस्था सुधार उन्मुख, जनरल वार्डमा सार्ने तयारी
औद्योगिक क्षेत्रका विद्युत् काट्ने तयारी तत्काल रोक्न महासंघको माग
औद्योगिक क्षेत्रका विद्युत् काट्ने तयारी तत्काल रोक्न महासंघको माग
संसदीय समितिबाट पारित गर्ने तयारीमा रहेको विद्यालय शिक्षा विधेयक अनिश्चित
संसदीय समितिबाट पारित गर्ने तयारीमा रहेको विद्यालय शिक्षा विधेयक अनिश्चित
कांग्रेसले बोलायो विपक्षी दलहरूको बैठक
कांग्रेसले बोलायो विपक्षी दलहरूको बैठक