रोहितको शतकमा नेपालले साउथ अस्ट्रेलियालाई हरायो

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, भाद्र १४, २०८२
|
|
२२ पटक हेरिएको
Shares
रोहितको शतकमा नेपालले साउथ अस्ट्रेलियालाई हरायो

सारांश

  • कप्तान रोहित पौडेलको अविजित शतक मद्दतमा नेपाली क्रिकेट टोलीले साउथ अस्ट्रेलिया (एसए)सँगको अभ्यास वान डे खेल जितेको छ ।
  • शनिबार भएको खेलमा साउथ अस्ट्रेलियाले दिएको २४३ रनको लक्ष्य नेपालले ५ बल बाँकी छँदा ८ विकेटको क्षतिमा भेट्टायो ।
  • नेपालका लागि कप्तान रोहित पौडेलले अविजित १०१ रन बनाए ।

१४ भदौ, काठमाडौं ।

कप्तान रोहित पौडेलको अविजित शतक मद्दतमा नेपाली क्रिकेट टोलीले साउथ अस्ट्रेलिया (एसए)सँगको अभ्यास वान डे खेल जितेको छ । शनिबार भएको खेलमा साउथ अस्ट्रेलियाले दिएको २४३ रनको लक्ष्य नेपालले ५ बल बाँकी छँदा ८ विकेटको क्षतिमा भेट्टायो । नेपालका लागि कप्तान रोहित पौडेलले अविजित १०१ रन बनाए । १६१ रनमा ८ विकेट गुमेको अवस्थाबाट रोहित र सोमपाल कामीले अर्धशतकीय साझेदारी गरे ।  सोमपाल ४० रनमा अविजित रहे ।

त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको साउथ अस्ट्रेलियाले निर्धारित ४५ ओभरमा २४२ रनमा अलआउट हुँदै नेपाललाई २४३ रनको लक्ष्य दिएको हो । साउथ अस्ट्रेलियाका लागि ह्‍यारी मानेन्तीले सर्वाधिक ६३ रन बनाए भने दुवित हूगानबोजमले ५३ रन बनाए । रायन किङले ३५ तथा म्याकेन्जी हार्भेले २४ रन बनाए । नेपालका लागि नन्दन यादव र सोमपाल कामीले ३-३ विकेट लिए भने सन्दीप लामिछाने, शाहब आलम र रुपेश सिंहले १-१ विकेट लिए ।

टप एन्ड टी-२० सिरिज समाप्त भएपछि भएको अभ्यास टी-२० मा अस्ट्रेलियन क्यापिटल टेरिटोरीलाई हराउँदा एसएसँग भने पराजित भएको थियो । टप एन्ड टी-२० सिरिजमा नेपाल ११ टिममध्ये आठौं भएको थियो । नेपालको आगामी विश्वकप छनोटको तयारीका लागि अस्ट्रेलिया टुर महत्वका साथ हेरिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सर्लाहीमा महायज्ञः सोमबार मात्र १३ लाख ६२ हजारभन्दा बढी दान संकलन
सर्लाहीमा महायज्ञः सोमबार मात्र १३ लाख ६२ हजारभन्दा बढी दान संकलन
घुससहित पक्राउ परेका रोल्पाका तत्कालीन ट्राफिक प्रमुख दोषी ठहर
घुससहित पक्राउ परेका रोल्पाका तत्कालीन ट्राफिक प्रमुख दोषी ठहर
सुरु भयो एमाले केन्द्रीय कमिटी बैठक
सुरु भयो एमाले केन्द्रीय कमिटी बैठक
लुम्बिनीको मुख्यमन्त्रीमा जोखबहादुर महरा नियुक्त
लुम्बिनीको मुख्यमन्त्रीमा जोखबहादुर महरा नियुक्त
विपद् व्यवस्थापनमा तीनै तहका सरकारबीच सहकार्य जरुरी : गृहमन्त्री
विपद् व्यवस्थापनमा तीनै तहका सरकारबीच सहकार्य जरुरी : गृहमन्त्री
रोशी खोलाको बाढीपछि अवरुद्ध बीपी राजमार्ग पुनः सञ्चालनमा
रोशी खोलाको बाढीपछि अवरुद्ध बीपी राजमार्ग पुनः सञ्चालनमा
मधेशमा विपदमा काम गर्न ४९ जना सशस्त्र प्रहरीलाई ११ हप्ते तालिम
मधेशमा विपदमा काम गर्न ४९ जना सशस्त्र प्रहरीलाई ११ हप्ते तालिम
यातायात कार्यालय चितवनमा अख्तियारको छापा, झन्डै २ लाख नगदसहित २ जना पक्राउ
यातायात कार्यालय चितवनमा अख्तियारको छापा, झन्डै २ लाख नगदसहित २ जना पक्राउ
वायु प्रदुषणका कारण बैङ्ककका करिब २०० विद्यालय बन्द
वायु प्रदुषणका कारण बैङ्ककका करिब २०० विद्यालय बन्द
चितवन २ बाट रास्वपा सभापति रवि लामिछाने विजयी
चितवन २ बाट रास्वपा सभापति रवि लामिछाने विजयी