धनुषापछि पर्वतमा पनि एमालेको कुटाकुट, तीन जना घाइते

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, बैशाख २४, २०८२
|
|
२४ पटक हेरिएको
Shares
धनुषापछि पर्वतमा पनि एमालेको कुटाकुट, तीन जना घाइते

सारांश

  •   नेकपा (एमाले) निकट राष्ट्रिय युवा संघ पर्वतको भेलामा दुई पक्षबीच झडप भएको छ ।
  • झडपमा परी युवा संघका केन्द्रीय सदस्य अर्जुन पौडेलसहित तीन जना घाइते भएका छन् ।
  • पार्टी कार्यालयमा भएको भेलामा अधिवेशन गर्ने कि नगर्ने भन्ने विषयमा विवादमा हुँदा विवाद सुरु भएको थियो ।

२४ वैशाख, काठमाडौं । 

नेकपा (एमाले) निकट राष्ट्रिय युवा संघ पर्वतको भेलामा दुई पक्षबीच झडप भएको छ । झडपमा परी युवा संघका केन्द्रीय सदस्य अर्जुन पौडेलसहित तीन जना घाइते भएका छन् । पार्टी कार्यालयमा भएको भेलामा अधिवेशन गर्ने कि नगर्ने भन्ने विषयमा विवादमा हुँदा विवाद सुरु भएको थियो । युवा संघका जिल्ला अध्यक्ष विनोद थापासहितका नेताहरु अधिवेशन नगर्ने र पार्टीका जिल्ला अध्यक्ष गोविन्द गिरी निकटका युवाहरु अधिवेशन गर्ने पक्षमा थिए ।सोही विषयमा कुरा नमिल्दा दुई समूहबीच हातपात भएको बुझिएको छ ।

यद्यपि, प्रहरीले तत्काल दुवै पक्षका नेताहरुलाई छुट्याएको थियो ।कार्यक्रमस्थलमा अहिले प्रहरी निरिक्षक रामप्रसाद सापकोटा नेतृत्वको प्रहरी टोली परिचालित भएको छ ।  हिजो मात्रै धनुषामा पनि पार्टीको जिल्ला अधिवेशनमा दुई समूहबीच झडप हुँदा स्थानीय नेता सत्यनारायण महासेठ र रामेश्वर दासको टाउको फुटेको थियो । महासेठको टाउकोमा तीन र दासको टाउकोमा दुई टाँका लगाइएको थियो ।  पार्टीका केन्द्रीय सदस्य रघुवीर महासेठ र केन्द्रीय सदस्य उमाशंकर अरगरिया पक्षबीच पदाधिकारी पदको लागि विवाद हुँदा उद्योग वाणिज्य संघका अध्यक्ष समेत रहेका नेता सुरेन्द्र भण्डारीको समूह रड बाेकेर आक्रमणमा उत्रिएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

जनकपुरधाममा मोर्चाले मनायो कालो दिवस
जनकपुरधाममा मोर्चाले मनायो कालो दिवस
भारतमा व्यावसायिक एलपीजी र हवाई इन्धनको मूल्यमा भारी वृद्धि खाना पकाउने ग्यासको मूल्य भने यथावत
भारतमा व्यावसायिक एलपीजी र हवाई इन्धनको मूल्यमा भारी वृद्धि खाना पकाउने ग्यासको मूल्य भने यथावत
नुवाकोटमा माइक्रोबस दुर्घटना हुँदा ९ यात्रु घाइते
नुवाकोटमा माइक्रोबस दुर्घटना हुँदा ९ यात्रु घाइते
मोटरसाइकल र स्कुटर ठोक्किँदा दुई जनाको मृत्यु, दुई घाइते
मोटरसाइकल र स्कुटर ठोक्किँदा दुई जनाको मृत्यु, दुई घाइते
जोस र होसको सन्तुलन मिलाएर जनादेशको सम्बोधन होस: सुशीला कार्की
जोस र होसको सन्तुलन मिलाएर जनादेशको सम्बोधन होस: सुशीला कार्की
संसद् चल्न नसक्दा महत्वपूर्ण विधेयक अड्किए : सभामुख
संसद् चल्न नसक्दा महत्वपूर्ण विधेयक अड्किए : सभामुख
हेटौँडा-काठमाडौं जोड्ने सबै सडक अवरुद्ध
हेटौँडा-काठमाडौं जोड्ने सबै सडक अवरुद्ध
खेलाडीबीच हात हालाहालको स्थिति बनेपछि रुकुममा पालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड स्थगित
खेलाडीबीच हात हालाहालको स्थिति बनेपछि रुकुममा पालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड स्थगित
अदालत हाजिर हुन भैरहवा पुगे रवि
अदालत हाजिर हुन भैरहवा पुगे रवि
मन्त्री कुलमान घिसिङबाट बर्दिया—कैलाली जोड्ने दौलतपुरघाट पुलको शिलान्यास
मन्त्री कुलमान घिसिङबाट बर्दिया—कैलाली जोड्ने दौलतपुरघाट पुलको शिलान्यास