१४ किलो सुन प्रकरणमा त्रिभुवन विमानस्थलका सरसफाइ सुपरभाइजर पक्राउ

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, मंसिर २८, २०८०
|
|
४७ पटक हेरिएको
Shares
१४ किलो सुन प्रकरणमा त्रिभुवन विमानस्थलका सरसफाइ सुपरभाइजर पक्राउ

सारांश

  • १४ किलो सुन बरामद प्रकरणको अनुसन्धानका क्रममा प्रहरीले त्रिभुवन विमानस्थलका सरसफाइ सुपरभाइजरलाई पक्राउ गरेको छ ।
  • २१ मंसिरको राति दुबईबाट काठमाडौं आएका गोरखाका चन्द्र घले १४ किलो सुनसहित पक्राउ परेका थिए ।
  • विमानबाट ओर्लदैमा पक्राउ परेका घलेले अध्यागमनको वाकथ्रु गेटमा जानुअघि नै विमानस्थलको शौचालयमा सुन राख्ने र त्यहाँबाट फोहोरको रुपमा बाहिर निकाल्ने योजनासहित आएको अनुसन्धानबाट खुलेको थियो ।

२८ मंसिर, काठमाडौं । १४ किलो सुन बरामद प्रकरणको अनुसन्धानका क्रममा प्रहरीले त्रिभुवन विमानस्थलका सरसफाइ सुपरभाइजरलाई पक्राउ गरेको छ ।

२१ मंसिरको राति दुबईबाट काठमाडौं आएका गोरखाका चन्द्र घले १४ किलो सुनसहित पक्राउ परेका थिए । विमानबाट ओर्लदैमा पक्राउ परेका घलेले अध्यागमनको वाकथ्रु गेटमा जानुअघि नै विमानस्थलको शौचालयमा सुन राख्ने र त्यहाँबाट फोहोरको रुपमा बाहिर निकाल्ने योजनासहित आएको अनुसन्धानबाट खुलेको थियो । सरकारले उक्त सुन प्रकरणको अनुसन्धानका लागि प्रमुख भन्सार अधिकृत मणिराम पौडेलको संयोजकत्वमा समिति गठन गरेको थियो । सो समितिले अनुसन्धानका लागि विमानस्थलका सरसफाइ सुपरभाइजर सुशील पाण्डेलाई बुधबार राति भक्तपुरबाट पक्राउ गरेको त्रिभुवन विमानस्थल भन्सार कार्यालय स्रोतले जानकारी दिएको छ । यो प्रकरणमा अनुसन्धानका लागि छानबिन समितिले त्रिभुवन विमानस्थलका ३ जना कर्मचारीलाई पक्राउ गरिसकेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नेपालगञ्जमा १०८ फिटको हनुमान मूर्ति निर्माण अन्तिम चरणमा
नेपालगञ्जमा १०८ फिटको हनुमान मूर्ति निर्माण अन्तिम चरणमा
जेनजीका माग पूरा नभए चुनाव हुन नदिने सुदन गुरुङको चेतावनी
जेनजीका माग पूरा नभए चुनाव हुन नदिने सुदन गुरुङको चेतावनी
आज यी प्रदेशमा चट्याङ्ग सहित वर्षाको सम्भावना
आज यी प्रदेशमा चट्याङ्ग सहित वर्षाको सम्भावना
तेस्रो सेट आफ्नो पक्षमा पार्दै नेपालले लियो २-१ को अग्रता
तेस्रो सेट आफ्नो पक्षमा पार्दै नेपालले लियो २-१ को अग्रता
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव प्रधानमन्त्री भेट्न बालुवाटारमा
जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव प्रधानमन्त्री भेट्न बालुवाटारमा
सात महिनामा बिमा कम्पनीद्वारा पौने ४१ अर्ब दाबी भुक्तानी
सात महिनामा बिमा कम्पनीद्वारा पौने ४१ अर्ब दाबी भुक्तानी
रवि लामिछाने आज रुपन्देही जिल्ला अदालतमा उपस्थित हुने
रवि लामिछाने आज रुपन्देही जिल्ला अदालतमा उपस्थित हुने
गणतन्त्र दिवसमा प्रधानमन्त्रीको सम्बोधन- जनताको अधिकारलाई वंशमा केन्द्रित गर्ने प्रयास हुँदैछ
गणतन्त्र दिवसमा प्रधानमन्त्रीको सम्बोधन- जनताको अधिकारलाई वंशमा केन्द्रित गर्ने प्रयास हुँदैछ
भोटेकोशी बाढी : १ हजार ३८६ जनाको श*व फेला
भोटेकोशी बाढी : १ हजार ३८६ जनाको श*व फेला