बाढी पहिरोमा ज्यान गुमाउनेको परिवारलाई तत्काल २ लाख राहत, घाइतेको नि:शुल्क उपचार

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, आश्विन १९, २०८२
|
|
३१ पटक हेरिएको
Shares
बाढी पहिरोमा ज्यान गुमाउनेको परिवारलाई तत्काल २ लाख राहत, घाइतेको नि:शुल्क उपचार

सारांश

  • राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बाढी र पहिरोमा परेर ज्यान गुमाएका परिवारलाई राहतस्वरूप तत्काल २ लाख रुपैयाँ उपलब्ध गराउन निर्देशन दिएको छ।
  • प्राधिकरणले स्थानीय तहसँग समन्वय गरेर मृतकका परिवारलाई २ लाखका दरले सहयोग उपलब्ध गराउँदै घाइतेको नि:शुल्क उपचार गर्न जिल्ला प्रशासन कार्यालयहरुलाई निर्देशन दिएको हो।
  • प्राधिकरणका कार्यकारी प्रमुख इ.

१९ असोज, इलाम ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बाढी र पहिरोमा परेर ज्यान गुमाएका परिवारलाई राहतस्वरूप तत्काल २ लाख रुपैयाँ उपलब्ध गराउन निर्देशन दिएको छ। प्राधिकरणले स्थानीय तहसँग समन्वय गरेर मृतकका परिवारलाई २ लाखका दरले सहयोग उपलब्ध गराउँदै घाइतेको नि:शुल्क उपचार गर्न जिल्ला प्रशासन कार्यालयहरुलाई निर्देशन दिएको हो। प्राधिकरणका कार्यकारी प्रमुख इ.दिनेश प्रसाद भट्टले क्षति पुगेका जिल्लाहरुमा उद्धार तथा राहत तत्काल पुर्‍याउन सम्बन्धित जिल्ला प्रशासन कार्यालयहरुलाई निर्देशन दिएको जानकारी दिए।

उनका अनुसार प्राधिकरणले बाढी र पहिरोले सबैभन्दा धेरै धनजनको क्षति पुर्‍याएको इलाम जिल्लामा मात्रै ७० लाख रुपैयाँ तत्काल उपलब्ध गराएको छ।  ‘भर्खरै इलाममा बढी क्षति पुगेका कारण त्यहाँ हामीले  ७० लाख उपलब्ध गराएका छौँ। अन्य जिल्लामा भने यसअघि नै जिल्ला विपत् कोषमा पैसा पर्याप्त रहेका कारण सोहीबाट खर्च गर्न निर्देशन दिएका छौँ’, उनले भने।   प्राधिकरणले तत्काल सहयोग उपलब्ध गराउन तथा खोज उद्धार र राहत पुनर्स्थापनाका कार्यलाई निरन्तरता दिन जिल्ला प्रशासन कार्यालय र स्थानीय तहहरुलाई निर्देशन दिएको हो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

टप टी २० शृङ्खला: आज नेपाल र पाकिस्तान मैदानमा
टप टी २० शृङ्खला: आज नेपाल र पाकिस्तान मैदानमा
पूर्वराष्ट्रपति भण्डारी र प्रवक्ता झाबीच भेटघाट
पूर्वराष्ट्रपति भण्डारी र प्रवक्ता झाबीच भेटघाट
वीरगञ्जमा कर्फ्युको अवधि थपियो
वीरगञ्जमा कर्फ्युको अवधि थपियो
भूमि विधेयक प्रतिनिधिसभामा पेस
भूमि विधेयक प्रतिनिधिसभामा पेस
एमालेको केन्द्रीय सचिवालय बैठक बस्ने
एमालेको केन्द्रीय सचिवालय बैठक बस्ने
कांग्रेस पार्टी कार्यालयमा प्रदर्शनरत समूह र नेता निधिबीच चर्काचर्की
कांग्रेस पार्टी कार्यालयमा प्रदर्शनरत समूह र नेता निधिबीच चर्काचर्की
जेन-जी आन्दोलनका क्रममा मृ*त्यु भएका ३६ जनाको पोस्टमार्टम सुरु
जेन-जी आन्दोलनका क्रममा मृ*त्यु भएका ३६ जनाको पोस्टमार्टम सुरु
नेपाललाई सम्पत्ति शुद्धीकरणको ग्रे लिस्टबाट छिटो बाहिर निकाल्छौं : अर्थमन्त्री वाग्ले
नेपाललाई सम्पत्ति शुद्धीकरणको ग्रे लिस्टबाट छिटो बाहिर निकाल्छौं : अर्थमन्त्री वाग्ले
आतङ्कवाद, अराजकता र निरङ्कुशता लोकतन्त्र र प्रेस स्वतन्त्रताका शत्रु हुन् : मन्त्री गुरुङ
आतङ्कवाद, अराजकता र निरङ्कुशता लोकतन्त्र र प्रेस स्वतन्त्रताका शत्रु हुन् : मन्त्री गुरुङ
प्रधानमन्त्री कप क्रिकेट: कोशीविरुद्ध मधेशले जोड्यो हालसम्मकै उच्चस्कोर, तीन खेलाडीले हिर्काए अर्धशतक
प्रधानमन्त्री कप क्रिकेट: कोशीविरुद्ध मधेशले जोड्यो हालसम्मकै उच्चस्कोर, तीन खेलाडीले हिर्काए अर्धशतक