हवाई टिकट नपाउँदा रविलाई काठमाडौं पठाउने अनिश्चित

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, मंसिर ११, २०८१
|
|
३२ पटक हेरिएको
Shares
हवाई टिकट नपाउँदा रविलाई काठमाडौं पठाउने अनिश्चित

सारांश

  • रास्वपाका सभापति रवि लामिछानेलाई बयानका लागि आज पोखराबाट काठमाडौं पठाउने भनिए पनि हवाई टिकटको व्यवस्था नहुँदा अनिश्चित भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
  • उनलाई आज बिहान ८ः४० बजेको बुद्ध एयरको हवाईजहाजबाट काठमाडौं पठाउने भनिएको थियो ।
  • तर अहिलेसम्म काठमाडौंबाट हवाई टिकट प्राप्त नभएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता एवम् डीएसपी बसन्त कुमार शर्माले बताए ।

११ मंसिर, पोखरा । रास्वपाका सभापति रवि लामिछानेलाई बयानका लागि आज पोखराबाट काठमाडौं पठाउने भनिए पनि हवाई टिकटको व्यवस्था नहुँदा अनिश्चित भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

उनलाई आज बिहान ८ः४० बजेको बुद्ध एयरको हवाईजहाजबाट काठमाडौं पठाउने भनिएको थियो । तर अहिलेसम्म काठमाडौंबाट हवाई टिकट प्राप्त नभएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता एवम् डीएसपी बसन्त कुमार शर्माले बताए । ‘आज बयानका लागि काठमाडौं पठाउने त भनिएको हो तर हवाई टिकट लगायतका कागजात प्राप्त भइसकेको छैन,’ डीएसपी शर्माले भने । सहकारी ठगी प्रकरणमा अनुसन्धानका लागि २ कात्तिकमा काठमाडौंबाट पक्राउ गरिएका लामिछाने हाल जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा छन् ।

उनीमाथि सहकारी ठगी, संगठित अपराध एवं सम्पत्ति शुद्धीकरण सम्बन्धी अनुसन्धान भइरहेको छ । उनीविरुद्ध काठमाडौंबाट समेत पक्राउ पुर्जी जारी भएकाले उनलाई काठमाडौं ल्याएर बयान लिन लागिएको हो । जिल्ला अदालत चितवनबाट पनि मंसिर ७ गते रविसहित १० जना विरुद्ध पक्राउ पुर्जी जारी भएको छ । यसबीचमा लामिछानेलाई बुटवलको सुप्रिम सहकारी संस्थाको रकम अपचलन प्रकरणको अनुसन्धानका लागि रुपन्देहीमा लगेर समेत बयान लिइएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रदेशमा संयुक्त सरकार बनाउन एमाले र नेकपाबीच तीन बुँदे सहमति
प्रदेशमा संयुक्त सरकार बनाउन एमाले र नेकपाबीच तीन बुँदे सहमति
आज उपसभामुखको निर्वाचन, रुबी र सरस्वती प्रतिस्पर्धामा
आज उपसभामुखको निर्वाचन, रुबी र सरस्वती प्रतिस्पर्धामा
नयाँदिल्ली रेलवे स्टेसनमा भागदौड हुँदा १८ जनाको मृत्यु
नयाँदिल्ली रेलवे स्टेसनमा भागदौड हुँदा १८ जनाको मृत्यु
दर्शनार्थी चढेको भ्यान म्याग्दीमा दुर्घटना हुँदा एकको मृत्यु, तीन घाइते
दर्शनार्थी चढेको भ्यान म्याग्दीमा दुर्घटना हुँदा एकको मृत्यु, तीन घाइते
पूर्वराष्ट्रपति भण्डारी मधेशमा, एमाले कार्यकर्ताले गरे विमानस्थलमै २० किलोको मालाले स्वागत
पूर्वराष्ट्रपति भण्डारी मधेशमा, एमाले कार्यकर्ताले गरे विमानस्थलमै २० किलोको मालाले स्वागत
गाउँमै आधारभूत अस्पताल, खुसी छन् स्थानीय
गाउँमै आधारभूत अस्पताल, खुसी छन् स्थानीय
अर्थमन्त्रीलाई सांसद चौधरीको सुझाव- रोकिएका परियोजना सम्पन्न गर्नेगरी बजेट ल्याउनुस्
अर्थमन्त्रीलाई सांसद चौधरीको सुझाव- रोकिएका परियोजना सम्पन्न गर्नेगरी बजेट ल्याउनुस्
पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकविरुद्ध सुधन गुरुङको किटानी जाहेरी, प्रहरीद्वारा दर्ता अस्वीकार
पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकविरुद्ध सुधन गुरुङको किटानी जाहेरी, प्रहरीद्वारा दर्ता अस्वीकार
पत्नी हत्याको अभियुक्त तीन वर्षपछि कतारबाट पक्राउ
पत्नी हत्याको अभियुक्त तीन वर्षपछि कतारबाट पक्राउ
मन्दिरमा दुई हात्ती भिडेपछि भारतमा ३ जनाको मृत्यु, ३० घाइते
मन्दिरमा दुई हात्ती भिडेपछि भारतमा ३ जनाको मृत्यु, ३० घाइते