बागमती र कर्णालीमा भारी वर्षा, तराईमा हावाहुरीको सम्भावना

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, भाद्र ८, २०८२
|
|
२६ पटक हेरिएको
Shares
बागमती र कर्णालीमा भारी वर्षा, तराईमा हावाहुरीको सम्भावना

सारांश

  • महाशाखाका अनुसार बागमती र कर्णाली प्रदेशको पहाडी भूभागका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।
  • मधेश प्रदेश लगायत कोशी र लुम्बिनी प्रदेशको तराई भूभागमा हावाहुरीको पनि सम्भावना रहेको छ ।
  • बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भूभागका केही स्थान र बाँकी तराई भूभागका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ ।

आज आइतबार दिउँसो देशभर साधारणतया बदली रहने जल तथा मौसम विज्ञावन विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार बागमती र कर्णाली प्रदेशको पहाडी भूभागका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । मधेश प्रदेश लगायत कोशी र लुम्बिनी प्रदेशको तराई भूभागमा हावाहुरीको पनि सम्भावना रहेको छ । बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भूभागका केही स्थान र बाँकी तराई भूभागका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ ।

हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित रहेको महाशाखाले जनाएको छ । साथै, बङ्गालको खाडीबाट जलवाष्पयुक्त हावाको प्रभाव रहेकोले मनसुन गतिविधि केही बढ्ने देखिन्छ ।

जसको प्रभावले हाल देशका पहाडी भूभागमा साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहेको छ । बागमती प्रदेशका थोरै स्थान तथा गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भूभागका एक/दुई स्थानमा हल्का वर्षा भइरहेको छ ।

आज राति कोशी र मधेश प्रदेशलगायत देशका पहाडी भूभागमा साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहनेछ। कोशी, मधेश, बागमती र गण्डकी प्रदेशलगायत देशका बाँकी पहाडी भूभागका थोरै स्थानहरूमा र बाँकी तराई भूभागका एक/दुई स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ । गण्डकी प्रदेशको पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

यी क्षेत्रमा दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा प्रभाव पर्न सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मधेस प्रदेश प्राकृतिक विपत्तिग्रस्त क्षेत्र घोषणा
मधेस प्रदेश प्राकृतिक विपत्तिग्रस्त क्षेत्र घोषणा
बिर्तामोडका विभिन्न सडक धमाधम कालोपत्र गरिँदै
बिर्तामोडका विभिन्न सडक धमाधम कालोपत्र गरिँदै
निगमका कर्मचारीको आन्दोलन आठौँ दिन पनि जारी
निगमका कर्मचारीको आन्दोलन आठौँ दिन पनि जारी
वीरगञ्ज क्षेत्रको विद्युत आपूर्ति सुधार्न ठूला क्षमताका प्रसारण लाइन तथा सबस्टेसन बन्दै
वीरगञ्ज क्षेत्रको विद्युत आपूर्ति सुधार्न ठूला क्षमताका प्रसारण लाइन तथा सबस्टेसन बन्दै
भिजिट भिसा प्रकरण : पाँच दिनभित्र छानबिन संयन्त्र बनाउने एमालेको प्रतिबद्धता
भिजिट भिसा प्रकरण : पाँच दिनभित्र छानबिन संयन्त्र बनाउने एमालेको प्रतिबद्धता
विपक्षीलाई वेलमा घेरेर प्रधानमन्त्रीले लिए विश्वासको मत
विपक्षीलाई वेलमा घेरेर प्रधानमन्त्रीले लिए विश्वासको मत
श्रम मन्त्रालयले श्रमिकका लागि ‘हेल्प टु हेल्प टेन सेल’ सञ्चालन गर्दै
श्रम मन्त्रालयले श्रमिकका लागि ‘हेल्प टु हेल्प टेन सेल’ सञ्चालन गर्दै
संसद् विघटनविरुद्ध पाँच रिट दायर
संसद् विघटनविरुद्ध पाँच रिट दायर
संसदको बैठकमा आज भ्रष्टाचार निवारण विधेयकको प्रस्ताव पेश गरिने
संसदको बैठकमा आज भ्रष्टाचार निवारण विधेयकको प्रस्ताव पेश गरिने
आज देशका अधिकांस भागमा मौसम सफा रहने
आज देशका अधिकांस भागमा मौसम सफा रहने