अदालतको आदेशपछि पक्राउ परे रिगल ढकाल

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, कार्तिक १६, २०८०
|
|
४१ पटक हेरिएको
Shares
अदालतको आदेशपछि पक्राउ परे रिगल ढकाल

सारांश

  • सर्वोच्च अदालतको आदेशपछि योगराज ढकाल भनिने रिगल पक्राउ परेका छन् ।
  • उनी बिहीबार अपराह्न नेपालगन्जबाट पक्राउ परेका हुन् ।
  •  ढकाललाई नेपालगञ्जबाट पक्राउ गरिएको बाँकेका एसपी सुवासचन्द्र बोहराले  बताए ।

काठमाडौँ । सर्वोच्च अदालतको आदेशपछि योगराज ढकाल भनिने रिगल पक्राउ परेका छन् ।

उनी बिहीबार अपराह्न नेपालगन्जबाट पक्राउ परेका हुन् । ढकाललाई नेपालगञ्जबाट पक्राउ गरिएको बाँकेका एसपी सुवासचन्द्र बोहराले  बताए । न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा, सपना प्रधानमल्ल र कुमार चुडालको संयुक्त इजलासले ढकाललाई आममाफी दिने राष्ट्रपति कार्यालयको निर्णय उत्प्रेषणको आदेशले बदर गर्दै निजलाई तत्काल पक्राउ गरेर थुनामा राख्न परमादेश समेत दिएको थियो । संविधान दिवसका अवसरमा मन्त्रिपरिषद्ले योगराज ढकालको कैद मिनाहा गर्ने निर्णय गरी आममाफीका निम्ति  राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो । सरकारको उक्त सिफारिससँगै ढकाल कारागारमुक्त भएका थिए ।

सर्वोच्चको फैसलापछि उनी अब ११ वर्ष ११ महिना ५ दिन जेलमा बस्नुपर्ने भएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?