भूमि आयोग खारेज नगर्न अल्पकालीन अन्तरिम आदेश

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, कार्तिक १३, २०८२
|
|
२७ पटक हेरिएको
Shares
भूमि आयोग खारेज नगर्न अल्पकालीन अन्तरिम आदेश

सारांश

  • भूमि समस्या समाधान आयोग खारेज गर्ने सरकारको निर्णय कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश दिएको छ ।
  • यस आदेशसँगै सरकारलाई झट्का लागेको छ ।
  • न्यायाधीश मेघराज पोखरेलको एकल इजलासले मंगलवार त्यस सम्बन्धमा अल्पकालीन अन्तरिम आदेश जारी गर्दै खारेजी निर्णयको कार्यान्वयन नगर्न आदेश दिएको हो ।

१३ कात्तिक, काठमाडौं ।

भूमि समस्या समाधान आयोग खारेज गर्ने सरकारको निर्णय कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश दिएको छ । यस आदेशसँगै सरकारलाई झट्का लागेको छ । न्यायाधीश मेघराज पोखरेलको एकल इजलासले मंगलवार त्यस सम्बन्धमा अल्पकालीन अन्तरिम आदेश जारी गर्दै खारेजी निर्णयको कार्यान्वयन नगर्न आदेश दिएको हो ।

साथै अदालतले विपक्षी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयलाई १५ दिनभित्र लिखित जवाफ पेस गर्न निर्देशन दिएको छ । अदालतले निवेदनमा उठाइएको विषयवस्तुको गाम्भीर्यता, उचित कानुनी प्रक्रिया, प्राकृतिक न्यायको सिद्धान्त, खारेज भएको गठन आदेशअन्तर्गतका हक, हितको आवासको मौलिक हक, तथा भूमिसम्बन्धी ऐनका सम्बन्धित दफालाई समेत विचार गरी अन्तरिम आदेश जारी गर्नुपर्ने वा नपर्ने विषयमा छलफल गर्न आवश्यक देखिएको जनाएको छ ।

सर्वोच्चले अन्तरिम आदेशको सम्बन्धमा दुवै पक्षलाई छलफलका लागि बिहीबारका लागि बोलाएको छ । उक्त छलफलको अवधिसम्म खारेजीको निर्णय यथास्थितिमा राख्न आदेश गरिएको अदालतले जनाएको छ । आयोगका अध्यक्ष हरिप्रसाद रिजालले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलगायत विपक्षी बनाएर खारेजीको आदेशविरुद्ध रिट दायर गर्नुभएको थियो ।

रिजालको पक्षमा वरिष्ठ अधिवक्ता हरिहर दाहाल, रमेश बडाल, सीताराम केसी, केदारप्रसाद कोइराला तथा अधिवक्ता कुमार भट्ट र सम्झना केसीले बहस गर्नुभएको थियो ।
मन्त्रिपरिषद्ले २०८२ असोज २३ गते भूमि समस्या समाधान आयोग र त्यसका जिल्ला समिति खारेज गर्ने निर्णय गरेको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आतंकवादविरुद्ध लडेका पूर्वसैनिकले नै लिए अमेरिकामा १५ जनाको ज्यान
आतंकवादविरुद्ध लडेका पूर्वसैनिकले नै लिए अमेरिकामा १५ जनाको ज्यान
नागढुंगा–नौबिसे सडक दुई रात बन्द हुने
नागढुंगा–नौबिसे सडक दुई रात बन्द हुने
नक्कली यौनजन्य औषधि उत्पादन तथा विक्री वितरण गर्ने तीन जना पक्राउ
नक्कली यौनजन्य औषधि उत्पादन तथा विक्री वितरण गर्ने तीन जना पक्राउ
महानगरमा चुलियो विवाद: सुनिताको नेतृत्वमा बालेनलाई कार्यपालिका सदस्यको पत्र, ७ दिनभित्र बैठकको माग
महानगरमा चुलियो विवाद: सुनिताको नेतृत्वमा बालेनलाई कार्यपालिका सदस्यको पत्र, ७ दिनभित्र बैठकको माग
१५ दिने मिथिला माध्यमिकी परिक्रमा सम्पन्न
१५ दिने मिथिला माध्यमिकी परिक्रमा सम्पन्न
अख्तियार विधेयक अघि बढाउन विपक्षी दलहरूको माग
अख्तियार विधेयक अघि बढाउन विपक्षी दलहरूको माग
भोलि इदको अवसरमा सार्वजनिक बिदा
भोलि इदको अवसरमा सार्वजनिक बिदा
प्रधानमन्त्रीले भ्रष्टाचारीको गाला मुसारेर मन्त्रिपरिषद्मा राख्नुहुन्छः माओवादी सांसद आलेमगर
प्रधानमन्त्रीले भ्रष्टाचारीको गाला मुसारेर मन्त्रिपरिषद्मा राख्नुहुन्छः माओवादी सांसद आलेमगर
धवलशमशेर राणालाई छाड्ने तयारी
धवलशमशेर राणालाई छाड्ने तयारी
भरतपुर महानगरपालिकाले दियो ४३८ जना विद्यार्थीलाई छात्रवृत्ति
भरतपुर महानगरपालिकाले दियो ४३८ जना विद्यार्थीलाई छात्रवृत्ति