जनज्योतिको स्ववियु सभापतिमा अनेरास्ववियुका सिंह निर्वाचित

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, चैत्र ६, २०८१
|
|
५१ पटक हेरिएको
Shares
जनज्योतिको स्ववियु सभापतिमा अनेरास्ववियुका सिंह निर्वाचित

सारांश

  • जनज्योति बहुमुखी क्याम्पसमा सम्पन्न स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा अनेरास्ववियुका समिर सिंह सभापतिमा निर्वाचित भएका छन्।
  • नेकपा एमाले निकट अनेरास्ववियु, नेकपा एकीकृत समाजवादी निकट अनेरास्ववियू र नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीको संयुक्त प्यानलबाट उम्मेदवार रहेका सिंहले नेपाली कांग्रेस निकट नेविसङ्घका निर्मल अधिकारी (सफल) लाई ८५ मतको अन्तरले पराजित गरे।
  • सिंहले ४१० मत प्राप्त गर्दा अधिकारीले ३२५ मत मात्रै ल्याए।

६ चैत, सर्लाही ।

जनज्योति बहुमुखी क्याम्पसमा सम्पन्न स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा अनेरास्ववियुका समिर सिंह सभापतिमा निर्वाचित भएका छन्। नेकपा एमाले निकट अनेरास्ववियु, नेकपा एकीकृत समाजवादी निकट अनेरास्ववियू र नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीको संयुक्त प्यानलबाट उम्मेदवार रहेका सिंहले नेपाली कांग्रेस निकट नेविसङ्घका निर्मल अधिकारी (सफल) लाई ८५ मतको अन्तरले पराजित गरे। सिंहले ४१० मत प्राप्त गर्दा अधिकारीले ३२५ मत मात्रै ल्याए।

सचिव पदमा अनेरास्ववियुकी रोशना पोखरेल ४०० मत प्राप्त गरी विजयी भइन्। उनका प्रतिस्पर्धी नेविसङ्घका अरविन्द साहले ३२३ मत प्राप्त गरे। कोषाध्यक्ष पदमा अनेरास्ववियुकी निकि कुमारी ३७३ मतसहित निर्वाचित भइन्, भने उनका प्रतिस्पर्धी रितिका चौधरीले ३४४ मत प्राप्त गरिन्। सदस्य पदमा संयुक्त प्यानलबाट शान्तिकुमारी मण्डलले ३६५, राहुलकुमार गुप्ताले ३८८, असराना बेगमले ३७९, सुनिलकुमार साहले ३८२, सुमन घिमिरेले ४०१, नवीनकुमार महतोले ३८२ र रुपेशकुमार साहले ३५६ मत प्राप्त गरी विजयी भए।

नेविसङ्घतर्फबाट भने सदस्य पदमा प्रकृति कुमारीले मात्र जित हासिल गरिन्। उनले ३६२ मत प्राप्त गरिन्। बाँकी सम्पूर्ण पदाधिकारी तथा सदस्य पदमा संयुक्त प्यानलका उम्मेदवारहरू विजयी भए। समानुपातिकतर्फ अनेरास्ववियुले ३६०, नेविसङ्घले ३३१ र अनेरास्ववियूले ९ मत प्राप्त गरेका छन्। दुई मत बदर भएको थियो।

क्याम्पसमा स्नातक र स्नातकोत्तर तहमा अध्ययनरत १,०८४ विद्यार्थीमध्ये ७४७ जनाले मतदान गरेका थिए। निर्वाचन अधिकृत शिवहरि नेपालका अनुसार मतदान प्रक्रिया मङ्गलबार सम्पन्न भएको हो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बिजुलीको पोलमा मोटरसाइकल ठोकिँदा चालकको मृत्यु
बिजुलीको पोलमा मोटरसाइकल ठोकिँदा चालकको मृत्यु
एमालेको संविधान दिवस कार्यक्रममा ओली अनुपस्थित
एमालेको संविधान दिवस कार्यक्रममा ओली अनुपस्थित
शुभमन गिल भारतीय टेस्ट टिमको नयाँ कप्तान
शुभमन गिल भारतीय टेस्ट टिमको नयाँ कप्तान
गोपनीयतासँग जोडिएका सूचनाहरू दिन जरुरी छैन : गृहमन्त्री
गोपनीयतासँग जोडिएका सूचनाहरू दिन जरुरी छैन : गृहमन्त्री
रूपन्देही–३ मा उम्मेदवार छान्न रास्वपाको आजदेखि प्रारम्भिक निर्वाचन गर्दै
रूपन्देही–३ मा उम्मेदवार छान्न रास्वपाको आजदेखि प्रारम्भिक निर्वाचन गर्दै
रास्वपा र बालेनबीच एकता सहमति, बालेन भावी प्रधानमन्त्रीको उम्मेदवार
रास्वपा र बालेनबीच एकता सहमति, बालेन भावी प्रधानमन्त्रीको उम्मेदवार
बालेन र हर्कले ल्याउन सकेनन् बजेट, २२ नगरपालिका पनि उस्तै
बालेन र हर्कले ल्याउन सकेनन् बजेट, २२ नगरपालिका पनि उस्तै
लोकतन्त्रको सुदृढीकरण गर्नमा सञ्चारमाध्यमहरुको योगदान महत्वपूर्ण: राष्ट्रपति
लोकतन्त्रको सुदृढीकरण गर्नमा सञ्चारमाध्यमहरुको योगदान महत्वपूर्ण: राष्ट्रपति
सरकारी कार्यदलद्वारा वीरगञ्ज चिनी कारखानाको स्थलगत निरीक्षण
सरकारी कार्यदलद्वारा वीरगञ्ज चिनी कारखानाको स्थलगत निरीक्षण
विद्यार्थीलाई नेपाली भाषामा कुरा गर्न दिन महानगरको परिपत्र
विद्यार्थीलाई नेपाली भाषामा कुरा गर्न दिन महानगरको परिपत्र