बालिकामाथि बलात्कार आरोपमा बैतडीमा दुई जना पक्राउ

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, फाल्गुन २६, २०८१
|
|
३१ पटक हेरिएको
Shares
बालिकामाथि बलात्कार आरोपमा बैतडीमा दुई जना पक्राउ

सारांश

  • दुई छुट्टाछुट्टै घटनामा संलग्न दुई जनालाई बैतडी प्रहरीले पक्राउ गरी अनुसन्धान सुरु गरेको जनाएको छ ।
  • जिल्ला प्रहरी कार्यालयका अनुसार मेलौली नगरपालिकाकी १६ वर्षीया बालिकामाथि बलात्कार गरेको आरोपमा सोही ठाउँका २५ वर्षीय पुरुषलाई पक्राउ गरिएको छ ।
  • ती पुरुषले बालिकामाथि २०८० असार र कात्तिकमा जबरजस्तीकरणी गरेको जाहेरी परेपछि उनलाई प्रहरीले आइतबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

२६ फागुन, दार्चुला — बैतडीमा दुई बालिकामाथि बलात्कार गरेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । दुई छुट्टाछुट्टै घटनामा संलग्न दुई जनालाई बैतडी प्रहरीले पक्राउ गरी अनुसन्धान सुरु गरेको जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार मेलौली नगरपालिकाकी १६ वर्षीया बालिकामाथि बलात्कार गरेको आरोपमा सोही ठाउँका २५ वर्षीय पुरुषलाई पक्राउ गरिएको छ । ती पुरुषले बालिकामाथि २०८० असार र कात्तिकमा जबरजस्तीकरणी गरेको जाहेरी परेपछि उनलाई प्रहरीले आइतबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । पक्राउ परेका ती पुरुषलाई इलाका प्रहरी कार्यालय पाटनको हिरासतमा राखिएको छ । उक्त घटनामा संलग्न भनिएका पुरुषको परिचय पनि गोप्य राखिएको बैतडी प्रहरीका प्रवक्ता प्रहरी निरीक्षक बलदेव बडूले बताए ।

यस्तै, शिवनाथ गाउँपालिकाकी १५ वर्षीया बालिकामाथि बलात्कार गरेको आरोपमा सोही ठाउँका ३० वर्षीय पुरुषलाई पक्राउ गरेको छ । ती पुरुषले फकाएर गत माघमा बालिकामाथि बलात्कार गरेको जाहेरीको आधारमा उनलाई आइतबार पक्राउ गरिएको बैतडी प्रहरी प्रवक्ता बडूले जानकारी दिए । पक्राउ परेकामाथि अदालतबाट १० दिनको म्याद थपेर अनुसन्धान सुरु भएको छ । दुवै घटना अनुसन्धानमा रहेका र पीडकको नाम सार्वजनिक गर्दा पीडितलाई थप क्षति हुन सक्ने भएकाले परिचय गोप्य राखिएको प्रहरी निरीक्षक बडूको भनाइ छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

टी-२० विश्वकप २०२८ : नेपालले सिधै ग्लोबल छनोटमा प्रतिस्पर्धा गर्ने
टी-२० विश्वकप २०२८ : नेपालले सिधै ग्लोबल छनोटमा प्रतिस्पर्धा गर्ने
रक्षामन्त्री राई चढेको गाडीले मोटरसाइकललाई ठक्कर
रक्षामन्त्री राई चढेको गाडीले मोटरसाइकललाई ठक्कर
प्रतिनिधिसभामा रास्वपा र राप्रपाको अवरोध कायमै
प्रतिनिधिसभामा रास्वपा र राप्रपाको अवरोध कायमै
भारतको बिहारमा मेडिकल व्यवसायीको गोली हानी ह*त्या
भारतको बिहारमा मेडिकल व्यवसायीको गोली हानी ह*त्या
सविना मास्केलाई नेपाल टेलिकमको निमित्त प्रबन्ध निर्देशकको जिम्‍मेवारी
सविना मास्केलाई नेपाल टेलिकमको निमित्त प्रबन्ध निर्देशकको जिम्‍मेवारी
स्वास्थ्य नितिहरुमा यौनिक तथा लैङ्गिक समाजका व्यक्तिहरूलाई समेत जोड्नु पर्छ: मन्त्रि सुरिता कुमारी
स्वास्थ्य नितिहरुमा यौनिक तथा लैङ्गिक समाजका व्यक्तिहरूलाई समेत जोड्नु पर्छ: मन्त्रि सुरिता कुमारी
राष्ट्र बैंकको आम्दानी साढे ८० अर्ब, तरलता व्यवस्थापनका लागि खर्चियो ९ अर्ब
राष्ट्र बैंकको आम्दानी साढे ८० अर्ब, तरलता व्यवस्थापनका लागि खर्चियो ९ अर्ब
एमाले महाधिवेशनमा महिला र पुरुषको समान सहभागिता
एमाले महाधिवेशनमा महिला र पुरुषको समान सहभागिता
झापामा मोटरसाइकल दुर्घटनामा परी युवकको मृत्यु
झापामा मोटरसाइकल दुर्घटनामा परी युवकको मृत्यु
काठमाडौंमा महानगर प्रहरीले जफत गर्न थाल्यो सुर्तीजन्य पदार्थ
काठमाडौंमा महानगर प्रहरीले जफत गर्न थाल्यो सुर्तीजन्य पदार्थ