गुल्मीको मुसिकोटबाट एक वर्षमा ६९६ जना बसाइँ सरे

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, श्रावण २२, २०८२
|
|
४८ पटक हेरिएको
Shares
गुल्मीको मुसिकोटबाट एक वर्षमा ६९६ जना बसाइँ सरे

सारांश

  • मुसिकोट नगरपालिकाबाट मात्रै एक वर्षको अवधिमा ६९६ जना बसाइँ सरेका छन् ।
  • यो अवधिमा नगरपालिकामा जम्मा ७१ जना भित्रिएका छन् ।
  • यो तथ्यांक आर्थिक वर्ष २०८१/८२ को हो ।

२२ साउन, गुल्मी ।

मुसिकोट नगरपालिकाबाट मात्रै एक वर्षको अवधिमा ६९६ जना बसाइँ सरेका छन् । यो अवधिमा नगरपालिकामा जम्मा ७१ जना भित्रिएका छन् । यो तथ्यांक आर्थिक वर्ष २०८१/८२ को हो । मुसिकोट नगरपालिकामा विदेशिनेको संख्या पनि धेरै छ । उनीहरु फर्किएपछि अर्काे ठाउँमा सर्ने गरेका छन् । यसले पनि बसाइँ सर्नेको संख्या बढेको हो । गाउँका युवाहरु विदेशिनुका साथै बसाइसराइँ भएपछि गाउँ सुनसान बन्दै गएको स्थानीयवासी बताउँछन् । बसाइसराइँ गर्नेहरु गाउँको जग्गा बिक्री नगरी घरमा ताल्चा लगाएर सुगम ठाउँमा जाने गरेका छन् । यहाँबाट सम्पन्न र विपन्न दुवै वर्गका व्यक्तिहरु बसाइँ सरेको तथ्यांक छ । विपन्न वर्गका व्यक्तिहरु रोजिरोटीका लागि र सम्पन्न वर्गका व्यक्ति थप सुविधाका लागि बसाइँ सर्ने गरेका हुन् ।

कृषि क्षेत्रमा लगानी अनुसारको प्रतिफल प्राप्त नहुनु, गुणस्तरीय उच्च शिक्षा हासिल गर्न गाउँमा शैक्षिक संस्था नहुनु, स्वास्थ्य उपचारका लागि सुविधा नहुनु जस्ता कारण बसाइसराइँ भएको स्थानीयवासीको बुझाइ छ । तर, मुसिकोट नगरपालिकाले भने बसाइँसराइ रोक्न पहल गरिरहेको बताएको छ । नगर प्रमुख जिवलाल खरेल (जीवन)ले यस प्रवृत्तिप्रति चिन्ता व्यक्त गर्दै नगरको विकाससँगै जनसंख्या टिकाउन र आकर्षण बढाउन दीर्घकालीन योजना बनाइएको बताए ।  उनले नागरिकमैत्री सेवा प्रवाह, रोजगारी सिर्जना, पूर्वाधार विस्तार र शिक्षा तथा स्वास्थ्य क्षेत्रमा सुधार ल्याउने योजनामा जुटेका बताए । ‘पख्नोस तपाईंका लागि हामी केही गर्ने छौं’ कार्यक्रम सञ्चालनमा ल्याएको मुसिकोट नगरपालिकाले जनाएको छ ।

यो कार्यक्रम अन्तरगत उद्यमीसँग मुसिकोट नगरपालिका–प्याकेज कार्यक्रम, स्थानीय कच्चा पदार्थमा आधारित उद्योग र निर्यातमुलक उद्योग संचालन गरेमा त्यस्ता उद्यमीहरुलाई अर्धवार्षिक मूल्याङ्कनको आधारमा नियमितरुपले प्रोत्साहित गर्ने गरी व्यवस्था गरिएको छ । जसबाट आर्थिक वर्ष २०८१/८२ मा १४ जना कृषकलाई ४८ हजार र ११ जनालाई  २४ हजार अनुगमन तथा मूल्याङकन समितिको स्थलगत अनुगमन र आर्थिक बिकास समितिको निर्णयको आधारमा प्रदान गरिएको नगरपालिकाले जनाएको छ ।

मुसिकोटमा नगर क्षेत्र छाडेर अन्यत्र जानेको संख्या चिन्ताजनक देखिएको छ । यसरी नगर क्षेत्रबाट ठूलो संख्यामा बसाइँ सर्ने क्रम बढ्नुले नगरको सामाजिक, आर्थिक र विकासका पक्षहरूमा गम्भीर प्रभाव पार्ने सरोकारवालाहरूको भनाइ छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कोशी प्रदेशमा लगानी सम्मेलनको तयारी पुरा
कोशी प्रदेशमा लगानी सम्मेलनको तयारी पुरा
एमाले सचिवालय बैठकः विन्दा पाण्डे र उषाकिरण तिम्सिनाको निलम्बन फुकुवा
एमाले सचिवालय बैठकः विन्दा पाण्डे र उषाकिरण तिम्सिनाको निलम्बन फुकुवा
कवाड व्यवसायीले आज महानगरपालिकाको कार्यालय घेराउ गर्ने
कवाड व्यवसायीले आज महानगरपालिकाको कार्यालय घेराउ गर्ने
प्रधानमन्त्रीलाई संसद्‌मा उपस्थित हुन रुलिङ गर्न कांग्रेसको माग
प्रधानमन्त्रीलाई संसद्‌मा उपस्थित हुन रुलिङ गर्न कांग्रेसको माग
दासताविरुद्धको अन्तरराष्ट्रिय दिवस आज
दासताविरुद्धको अन्तरराष्ट्रिय दिवस आज
नेपालले कुबेतलाई ६ विकेटले विजयी   
नेपालले कुबेतलाई ६ विकेटले विजयी   
जनतालाई पवित्रभावका साथ सेवा दिएर लोकतन्त्रलाई बलियो बनाउनुपर्छ : प्रधानमन्त्री
जनतालाई पवित्रभावका साथ सेवा दिएर लोकतन्त्रलाई बलियो बनाउनुपर्छ : प्रधानमन्त्री
तपाईँको आजको दिन कस्तो रहनेछ ? यस्तो छ आजको राशिफल
तपाईँको आजको दिन कस्तो रहनेछ ? यस्तो छ आजको राशिफल
प्रतिकुलता, असहजता, विघ्नवाधामा अनुकुलता खोज्न जरुरीः प्रधानन्यायाधीश राउत
प्रतिकुलता, असहजता, विघ्नवाधामा अनुकुलता खोज्न जरुरीः प्रधानन्यायाधीश राउत
सालपा विकास बैंकको आईपीओ बाँडफाँटः ९ जना भाग्यशालीले प्राप्त गरे ११ कित्ता
सालपा विकास बैंकको आईपीओ बाँडफाँटः ९ जना भाग्यशालीले प्राप्त गरे ११ कित्ता