कोशी प्रदेशमा लगानी सम्मेलनको तयारी पुरा

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, बैशाख ३, २०८२
|
|
१११ पटक हेरिएको
Shares
कोशी प्रदेशमा लगानी सम्मेलनको तयारी पुरा

सारांश

  • ‘कोशी प्रदेश लगानी सम्मेलन २०८१’ आगामी वैशाख १८ र १९ गते विराटनगरमा हुने सरकारले औपचारिक रूपमा जानकारी गराएको छ ।
  • बुधवार पत्रकार सम्मेलनको आयोजना गरी सरकारले सम्मेलनबारे जानकारी गराएको हो ।
  • यसअघि सरकारले लगानी सम्मेलनको माध्यमबाट प्रदेशमा लगानी भित्राउने सकिने पहिचान बनाएको सरकारले गत माघमै सम्मेलनको गर्ने योजना बनाएको थियो ।

३ वैशाख, इटहरी ।

‘कोशी प्रदेश लगानी सम्मेलन २०८१’ आगामी वैशाख १८ र १९ गते विराटनगरमा हुने सरकारले औपचारिक रूपमा जानकारी गराएको छ । बुधवार पत्रकार सम्मेलनको आयोजना गरी सरकारले सम्मेलनबारे जानकारी गराएको हो ।
यसअघि सरकारले लगानी सम्मेलनको माध्यमबाट प्रदेशमा लगानी भित्राउने सकिने पहिचान बनाएको सरकारले गत माघमै सम्मेलनको गर्ने योजना बनाएको थियो । प्रदेशको आर्थिक समृद्धि, रोजगारी सिर्जना, र निजी क्षेत्रको सहभागिता अभिवृद्धिका लागि सम्मेलन आयोजना गर्न लागिएको पत्रकार सम्मेलनमा जनाइएको छ । प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सम्मेलनको तयारी पुरा भएको जानकारी गराए । लगानी सम्मेलनमा मुख्य गरी पर्यटन क्षेत्रका योजनाहरू समेटिएको र त्यसबाहेक उद्योग र आइटी क्षेत्रलाई पनि समेटेको मुख्यमन्त्री कार्कीले जानकारी गराए ।

मुख्यमन्त्री कार्कीले संघीय सरकार सँगको समन्वयमा कानुन संशोधन र आवश्यक पर्ने नीतिहरू संशोधन गर्ने बताए । सम्मेलनले कोशी प्रदेशमा लगानीको वातावरण निर्माण हुने र यसले रोजगारी सिर्जनामा सहयोग हुने बताउँदै लगानी सम्मेलन मार्फत राष्ट्रिय पुँजीको विकास हुने धारणा राखेका छन् । लगानी सम्मेलनमा १ खर्ब ३९ अर्ब रुपैयाँ रुपैयाँको परियोजना सोकेसिङ गर्ने तयारी प्रदेश सरकारको छ । प्रदेश सरकारले ५४ वटा योजनाहरू लगानी सम्मेलनको सोकेसमा राख्ने तय गरेको मुख्यमन्त्री कार्कीका प्रेस सल्लाहकार विक्रम लुइँटेलले जनाएका छन् ।

पत्रकार सम्मेलनमा बोल्दै कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री रेवती रमण भण्डारीले लगानी सम्मेलनका लागि सबै खालका कानुनी अड्चनहरू फुकाउने गरी काम भइरहेको बताए । लगानी प्राधिकरणका कार्यकारी अधिकृत सरोज कोइरालाका अनुसार पर्यटन क्षेत्रमा १५ वटा भौतिक पूर्वाधारमा १४ वटा योजना बनेका छन् । यस्तै लगानी सम्मेलनमा कृषिका ९ उद्योगमा ९ वटा परियोजना समावेश गरिएको छ । यस्तै सूचना प्रविधि क्षेत्रमा २ वटा र वेस्ट म्यानेजमेन्ट क्षेत्रमा २ वट परियोजना सम्मेलनका लागि सोकेसिङ भएको छ । लगानी सम्मेलन मार्फत होटल, रिसोर्ट, वाटर पार्क लगायत समेत योजना सोकेशिङ भएका छन् । यसै गरी सञ्चालनमा रहेका केही परियोजनालाई समेत सोकेशिङमा राखिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मधेशको अर्थ समितिको सभापतिमा जनमतकी अनिता
मधेशको अर्थ समितिको सभापतिमा जनमतकी अनिता
१६ किलो शंकास्पद वस्तुसहित विमानस्थलबाट चिनियाँ नागरिक पक्राउ
१६ किलो शंकास्पद वस्तुसहित विमानस्थलबाट चिनियाँ नागरिक पक्राउ
राजविराज कारागारबाट भाग्ने प्रयास गरेका १९२ कैदी सेनाको नियन्त्रणमा
राजविराज कारागारबाट भाग्ने प्रयास गरेका १९२ कैदी सेनाको नियन्त्रणमा
असोजका लागि थप घट्यो ब्याजदर
असोजका लागि थप घट्यो ब्याजदर
इम्बोस्ड नम्बर प्लेटको विरोधमा यातायात व्यवस्था कार्यालय अगाडि प्रदर्शन
इम्बोस्ड नम्बर प्लेटको विरोधमा यातायात व्यवस्था कार्यालय अगाडि प्रदर्शन
भारतमा हेलिकप्टर दुर्घटना हुँदा ५ जनाको मृ*त्यु
भारतमा हेलिकप्टर दुर्घटना हुँदा ५ जनाको मृ*त्यु
यातायात कार्यालय चितवनमा अख्तियारको छापा, झन्डै २ लाख नगदसहित २ जना पक्राउ
यातायात कार्यालय चितवनमा अख्तियारको छापा, झन्डै २ लाख नगदसहित २ जना पक्राउ
सिरहामा बालक हत्या प्रकरण : आफन्तसहित ८ जना छिमेकी पक्राउ
सिरहामा बालक हत्या प्रकरण : आफन्तसहित ८ जना छिमेकी पक्राउ
वीरगञ्ज क्षेत्रको विद्युत् आपूर्ति सुधार्न तीन सबस्टेसन निर्माण अन्तिम चरणमा
वीरगञ्ज क्षेत्रको विद्युत् आपूर्ति सुधार्न तीन सबस्टेसन निर्माण अन्तिम चरणमा
पोल्याण्ड पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
पोल्याण्ड पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ