सरकारको कमीकमजोरी देखाउने र आलोचना गर्ने छुट सबैलाई छ: अर्थमन्त्री

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, भाद्र २१, २०८२
|
|
३२ पटक हेरिएको
Shares
सरकारको कमीकमजोरी देखाउने र आलोचना गर्ने छुट सबैलाई छ: अर्थमन्त्री

सारांश

  • अर्थमन्त्री विष्णु पौडेलले संचारमाध्यम एवम संचारकर्मीहरुलाई सरकारको कमी कमजोरीहरुको आलोचना गर्ने पूर्ण छुट रहेको बताएका छन् ।
  • शनिबार काठमाडौंमा आयोजित नेपाल आर्थिक पत्रकार समाज(सेजन)को २७ औं वार्षिक साधारण सभा तथा अधिवेशनमा उनले सेजनलाई सरकारको प्रसंशा होइन, सरकारले गरेको कमी कमजोरीहरुको आलोचना गर्ने पनि छुट भएको भन्दै त्यो अधिकार भरिपूर्ण तरिकाले प्रयोग गर्न पनि आग्रह गरेका छन् ।
  • उनले भने, ‘सेजनले देशको अर्थतन्त्रको विकासमा, समय सन्दर्भसँग जोडिएर विषयहरुमा छलफल गर्नुहुन्छ ।

२१ भदौ, काठमाडौं ।

अर्थमन्त्री विष्णु पौडेलले संचारमाध्यम एवम संचारकर्मीहरुलाई सरकारको कमी कमजोरीहरुको आलोचना गर्ने पूर्ण छुट रहेको बताएका छन् ।
शनिबार काठमाडौंमा आयोजित नेपाल आर्थिक पत्रकार समाज(सेजन)को २७ औं वार्षिक साधारण सभा तथा अधिवेशनमा उनले सेजनलाई सरकारको प्रसंशा होइन, सरकारले गरेको कमी कमजोरीहरुको आलोचना गर्ने पनि छुट भएको भन्दै त्यो अधिकार भरिपूर्ण तरिकाले प्रयोग गर्न पनि आग्रह गरेका छन् ।

उनले भने, ‘सेजनले देशको अर्थतन्त्रको विकासमा, समय सन्दर्भसँग जोडिएर विषयहरुमा छलफल गर्नुहुन्छ । बजेटका बेलामा वा त्यस्तै महत्वपूर्ण विषयमा छलफल गर्नुहुन्छ । साथै छलफल र अन्तरक्रिया आयोजना गरेर जस्तो किसिमको प्रतिक्रिया दिनुहुन्छ त्यो निरन्तरता दिनुहुन्छ भन्ने अपेक्षा गर्न चाहन्छु । तपाईहरुले सरकारको प्रसंशा होइन, सरकारले गरेको कमी कमजोरीहरुको आलोचना गर्ने पनि छुट छ । त्यो अधिकार भरिपूर्ण तरिकाले प्रयोग गर्न सक्नुहुन्छ ।’
सोही क्रममा नेपाल उद्योग वाणिज्य महासंघको अध्यक्ष चन्द्र ढकालले सरकारको आलोचना गरेर मात्र होइन सरकारसँग सहकार्य गरेर पनि नीजि क्षेत्रको माग पूरा हुनसक्ने कुरा महासंघले स्थापना गरेको बताएका छन् ।

उनले भने, ‘सेजनले आर्थिक गतिविधि बढाउने र निजी क्षेत्र प्रवद्र्धन गर्ने हिसाबले काम गर्नु भएको छ । दुई वर्ष अगाडि नेपालको अर्थतन्त्रको जुन भयावह अवस्था थियो त्यो अवस्थाबाट बाहिर आउनका लागि नेपाल उद्योग वाणिज्य महासंघले पहिलो पटक सरकारसँग सहकार्य गरेको थियो । त्यो बेला नै सरकारको आलोचना गरेर मात्र होइन सरकारसँग सहकार्य गरेर पनि निजी क्षेत्रको माग पूरा हुनसक्ने कुराको स्थापना गरेका थियौं ।’ नेपालमा सबै कानूनहरु हुँदापनि कार्यान्वयन सही तरिकाले नभएका कारणले पनि सरकारले खोजेको जस्तो परिणाम नआएको पनि उनको भनाइ छ । नेपाल चम्बर अफ कमर्शको अध्यक्ष कमलेश अग्रवालले अर्थतन्त्रका केही सूचक सकारात्मक देखिएपनि निजी क्षेत्र लगानीमा धेरै आकर्षित हुन नसकेको बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तीनकुने प्रदर्शनबारे जवाफ दिन गृहमन्त्रीलाई संसदीय समितिमा बोलाइयो
तीनकुने प्रदर्शनबारे जवाफ दिन गृहमन्त्रीलाई संसदीय समितिमा बोलाइयो
दुई महामन्त्रीका प्रतिवेदनमा छलफल गर्न देउवाले बोलाए बैठक
दुई महामन्त्रीका प्रतिवेदनमा छलफल गर्न देउवाले बोलाए बैठक
बरिष्ठ अधिवक्ता त्रिपाठीलाई कुटपिट गरेको आरोपमा थप एक जना पक्राउ
बरिष्ठ अधिवक्ता त्रिपाठीलाई कुटपिट गरेको आरोपमा थप एक जना पक्राउ
महाधिवेशनमार्फत नै पार्टीमा नयाँ दृष्टिकोण र विश्वास बढ्छ: विश्वप्रकाश शर्मा
महाधिवेशनमार्फत नै पार्टीमा नयाँ दृष्टिकोण र विश्वास बढ्छ: विश्वप्रकाश शर्मा
विपक्षी सांसदले संसद्‌मै मागे प्रधानमन्त्रीको राजीनामा
विपक्षी सांसदले संसद्‌मै मागे प्रधानमन्त्रीको राजीनामा
हुम्लाको एक विद्यालयमा आगलागी हुँदा सम्पुर्ण शैक्षिक सामाग्री खरानी
हुम्लाको एक विद्यालयमा आगलागी हुँदा सम्पुर्ण शैक्षिक सामाग्री खरानी
कोलकाताको होटलमा भीषण आगलागी, नौ जनाको मृ*त्यु
कोलकाताको होटलमा भीषण आगलागी, नौ जनाको मृ*त्यु
आईजीपी कार्की अमेरिका प्रस्थान, अधिकारीलाई निमित्त
आईजीपी कार्की अमेरिका प्रस्थान, अधिकारीलाई निमित्त
यस्तो छ तपाइको आजको राशिफल
यस्तो छ तपाइको आजको राशिफल
राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता
राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता