Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

मकवानपुरमा पार्किङबाट हराएको ट्रक जंगलमा फेला

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, बैशाख २४, २०८२
|
|
४२ पटक हेरिएको
Shares
मकवानपुरमा पार्किङबाट हराएको ट्रक जंगलमा फेला

सारांश

  • मकवानपुरको मनहरीबाट हराएको ट्रक फेला परेको छ ।
  • मनहरी गाउँपालिका-७ रमनटारस्थित सोही स्थान बस्ने २६ वर्षीय ट्रक चालक सोमबहादुर थिङले आफ्नै घर नजिक पार्किङ गरी राखेको ना ६ ख ३६६१ नम्बरको ट्रक हराएको थियो ।
  • ट्रक पार्किङ गरी राखेको ठाउँबाट हराएको भन्दै चालक थिङले प्रहरीमा उजुरी दिएका थिए ।

 

२४ वैशाख, काठमाडौं ।

मकवानपुरको मनहरीबाट हराएको ट्रक फेला परेको छ । मनहरी गाउँपालिका-७ रमनटारस्थित सोही स्थान बस्ने २६ वर्षीय ट्रक चालक सोमबहादुर थिङले आफ्नै घर नजिक पार्किङ गरी राखेको ना ६ ख ३६६१ नम्बरको ट्रक हराएको थियो । ट्रक पार्किङ गरी राखेको ठाउँबाट हराएको भन्दै चालक थिङले प्रहरीमा उजुरी दिएका थिए ।

चालकको उजुरीको आधारमा खोजतलास गर्ने क्रममा इलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको टोलीले मनहरी गाउँपालिका-९ रजैयास्थित पूर्वपश्चिम सडक खण्डको जंगलमा बेवारिसे अवस्थामा फेला पारेको हो । बिहान करिब ८ बजेको समयमा हराएको ट्रक बुधबार दिउँसो २ बजे फेला परेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार ट्रक किन र कसले चलाएर उक्त स्थानमा पुर्‍याएर छाडेको भन्ने विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । फेला परेको ट्रक धनी बाराको जितपुरसिमरा उपमहानगरपालिका-९ बस्ने सुरज देवकोटाको जिम्मा लगाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तीनकुनेमा प्रदर्शन र सभा नगर्न समितिको निर्देशन
तीनकुनेमा प्रदर्शन र सभा नगर्न समितिको निर्देशन
मर्निङवाकमा निस्किएका दुई महिलाको कारको ठक्करबाट मृ*त्यु
मर्निङवाकमा निस्किएका दुई महिलाको कारको ठक्करबाट मृ*त्यु
पोखरा अपडेट : स्कुल बस दुर्घटनामा एक जनाको मृत्यु
पोखरा अपडेट : स्कुल बस दुर्घटनामा एक जनाको मृत्यु
पश्चिमी वायुको प्रभाव कायमै, पहाडी क्षेत्रमा हल्का वर्षाको सम्भावना
पश्चिमी वायुको प्रभाव कायमै, पहाडी क्षेत्रमा हल्का वर्षाको सम्भावना
राष्ट्रपति पौडेलद्वारा सेतो मच्छिन्द्रनाथको विशेष पूजाअर्चना
राष्ट्रपति पौडेलद्वारा सेतो मच्छिन्द्रनाथको विशेष पूजाअर्चना
नेपाल चेम्बर र श्रीलङकाको निर्यात चेम्बरबीच वाणिज्य सहकार्यको सम्झौता
नेपाल चेम्बर र श्रीलङकाको निर्यात चेम्बरबीच वाणिज्य सहकार्यको सम्झौता
काभ्रेको मण्डनदेउपुरमा टिपर दुर्घटना, चालक किसिम राईको ज*लेर मृ*त्यु
काभ्रेको मण्डनदेउपुरमा टिपर दुर्घटना, चालक किसिम राईको ज*लेर मृ*त्यु
आजदेखि धरहरा खुला, नि: शुल्क चढ्न पाइने
आजदेखि धरहरा खुला, नि: शुल्क चढ्न पाइने
३ जना सवार मोटरसाइकल दुर्घटना हुँदा १ युवकको मृत्यु, अर्का घाइते
३ जना सवार मोटरसाइकल दुर्घटना हुँदा १ युवकको मृत्यु, अर्का घाइते
यस्तो छ लागि विदेशी मुद्राको विनिमय दर कति ?
यस्तो छ लागि विदेशी मुद्राको विनिमय दर कति ?