Press 4K
बिहिबार, १ आश्विन २०८३

सालपा विकास बैंकको आईपीओ बाँडफाँटः ९ जना भाग्यशालीले प्राप्त गरे ११ कित्ता

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, पौष २५, २०८२
|
|
२८ पटक हेरिएको
Shares
सालपा विकास बैंकको आईपीओ बाँडफाँटः ९ जना भाग्यशालीले प्राप्त गरे ११ कित्ता

सारांश

  • सालपा विकास बैंक लिमिटेडको प्राथमिक शेयर (आईपीओ) बाँडफाँट आज सम्पन्न भएको छ ।
  • बैंकले सर्वसाधारण लगानीकर्ताका लागि निष्कासन गरेको आईपीओ बाँडफाँट गरिएको हो ।
  • बैंकले पुस १६ गतेदेखि २० गतेसम्म सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा १४ लाख ३९ हजार १७९ कित्ता साधारण शेयर निष्कासन गरेको थियो, जसको कुल मूल्य १४ करोड ३९ लाख १७ हजार ९०० रुपैयाँ रहेको छ ।

 

काठमाण्डौं ।

सालपा विकास बैंक लिमिटेडको प्राथमिक शेयर (आईपीओ) बाँडफाँट आज सम्पन्न भएको छ । बैंकले सर्वसाधारण लगानीकर्ताका लागि निष्कासन गरेको आईपीओ बाँडफाँट गरिएको हो । बैंकले पुस १६ गतेदेखि २० गतेसम्म सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा १४ लाख ३९ हजार १७९ कित्ता साधारण शेयर निष्कासन गरेको थियो, जसको कुल मूल्य १४ करोड ३९ लाख १७ हजार ९०० रुपैयाँ रहेको छ ।

उक्त आईपीओमा २३ लाख २ हजार ८४३ जना लगानीकर्ताले २ करोड ५९ लाख ३४ हजार ९३० कित्ता शेयर खरिदका लागि आवेदन दिएका थिए । जसमध्ये २२ लाख ६५ हजार ९५५ आवेदन स्वीकृत भएको बैंकले जनाएको छ भने बाँकी आवेदन रद्द भएका छन् । निष्कासन गरिएको शेयरभन्दा माग अत्यधिक भएपछि गोलाप्रथा प्रक्रियामार्फत आईपीओ बाँडफाँट गरिएको हो । बाँडफाँटका क्रममा १ लाख ४३ हजार ९१७ जना लगानीकर्ताले १० कित्ताका दरले शेयर प्राप्त गरेका छन् । बाँकी रहेको ९ कित्ता शेयर पनि सोही लगानीकर्तामाझ बाँडफाँट गरिएको छ । यस क्रममा ९ जना भाग्यशाली आवेदकले थप १ कित्ता सहित कुल ११ कित्ता शेयर प्राप्त गरेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

पात्रो

२०८३
Sep/Oct 2026
आइत
सोम
मंगल
बुध
बिहि
शुक्र
शनि

राशिफल

राशिफल लोड हुँदैछ...

रेडियो

रेडियो लोड हुँदैछ...

स्टेशन छान्नुहोस्

-

भिडियो

लोड हुँदैछ...

मिति परिवर्तन

विनिमय दर

मुद्रा रूपान्तरण

Update: Loading...
🇺🇸 USD
🇳🇵 NPR

Indicative Exchange Rate: 1 USD = Loading...

Open Market Rates

Currency Unit Buy Sell

...