सगरमाथामा धेरै फोहोर थुप्रियो, लगिएका खानेकुराका खोल फर्किंदा बेस क्याम्पमा बुझाउने गरौँ: प्रधानमन्त्री

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, जेठ १६, २०८२
|
|
८५ पटक हेरिएको
Shares
सगरमाथामा धेरै फोहोर थुप्रियो, लगिएका खानेकुराका खोल फर्किंदा बेस क्याम्पमा बुझाउने गरौँ: प्रधानमन्त्री

सारांश

  •   प्रधानमन्त्री केपी शर्मा ओलीले सगरमाथा सरसफाईलाई अभियानको रुपमा अघि बढाउन जरुरी रहेको बताउनुभएको छ ।
  • बिहीवार काठमाडौंमा आयोजित अन्तर्राष्ट्रिय सगरमाथा दिवसको अवसरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।
  • उहाँले सगरमाथामा फोहोरमैलाको धेरै समस्या रहेको उल्लेख गर्दै त्यसलाई सफा गर्नुपर्ने चुनौति रहेको बताउनु भयो ।

१६ जेठ, काठमाडौं । 

प्रधानमन्त्री केपी शर्मा ओलीले सगरमाथा सरसफाईलाई अभियानको रुपमा अघि बढाउन जरुरी रहेको बताउनुभएको छ ।
बिहीवार काठमाडौंमा आयोजित अन्तर्राष्ट्रिय सगरमाथा दिवसको अवसरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले सगरमाथामा फोहोरमैलाको धेरै समस्या रहेको उल्लेख गर्दै त्यसलाई सफा गर्नुपर्ने चुनौति रहेको बताउनु भयो ।

उहाँले दुई चरणमा सरसफाई गरिसक्दा पनि अझै सफा भइ नसकेको बताउनु भयो । उहाँले सगरमाथा सफाईका लागि केही नियमहरु बनाउन जरुरी रहेको बताउनु भयो । खानेकुराहरु लैजाने फर्किंदा त्यसको खोल बेस क्याम्पमा ल्याएर बुझाउनुपर्ने नियम राख्न जरुरी रहेको बताउनु भयो । अहिले सरकार ऐनको संशोधन गरिरहेको भन्दै यसमा विभिन्न पक्षहरुले आफ्ना सुझावहरु दिनसक्ने बताउनु भयो ।
प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘मैले अहिले पनि सुने साथीहरुका छलफलहरु । त्यसमा म केही भन्न चाहन्न । धेरै केही भनिरहन आवश्यक पनि छैन । यस क्षेत्रमा अहिले खासगरी सगरमाथा क्षेत्रमा फोहोरमैलाको समस्या छ । त्यसलाई सफा गर्नुपर्ने समस्या छ ।  दुई राउण्ड हामीले त्यसको क्याम्पेन चलाइसक्यौँ तर पनि त्यो भइसकेको छैन ।

अझ पनि हामीले अभियानको रुपमा सगरमाथालाई सफा राख्ने प्रयासलाई निरन्तरता दिनुपर्नेछ । त्यसमा केही रुल्स, रेगुलेशन पनि बनाउनुपर्नेछ । जसले लिएर जान्छ, उसले कुनैपनि फोहोर त्यहाँ गर्न पाउँदैन । जे लिएर गएको हुन्छ, त्यो चिज यदी बिस्कुट खायो भने खोल बुझाउन ल्याउनुपर्छ फेरि बेसक्याम्पमा । यस प्रकारका रुल नराख्ने हो भने अर्को आरोही त्यही फोहोर मात्रै सफा गर्न जानुपर्छ । एक जनाले फ्याँकेको फोहोर फेरि सफा गर्ने अर्को दुई जना चाहिन्छ । फोहोर सफाईको पनि बन्दोबस्त गर्नुपर्ने हो की ? अहिले हामी ऐनको संशोधन पनि गर्दैछौँ । नियमको संशोधन पनि गर्दैछौँ । यसमा विभिन्न पक्षहरुको बारेमा छलफल गर्नेछौँ । त्यहाँको भइरहेको क्लाउडको बारेमा ।’ प्रधानमन्त्री ओलीले सगरमाथा अहिले पहिलाको जस्तो नभएको बताउनु भयो । सगरमाथा चढ्न अहिले धेरै सहज भइसकेको उल्लेख गर्नुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

इलाममा मतदान केन्द्रभित्रै नक्कली मतदान, प्रहरी जफत गर्‍यो सामग्री
इलाममा मतदान केन्द्रभित्रै नक्कली मतदान, प्रहरी जफत गर्‍यो सामग्री
राहदानी रोक्का सिफारिसप्रति एमालेको आपत्ति
राहदानी रोक्का सिफारिसप्रति एमालेको आपत्ति
आज अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस
आज अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस
सङ्घीय सरकारलाई बागमतीका अर्थमन्त्रीको चुनौती– आफ्नो चालु खर्च घटाएर देखाउनुहोस्
सङ्घीय सरकारलाई बागमतीका अर्थमन्त्रीको चुनौती– आफ्नो चालु खर्च घटाएर देखाउनुहोस्
पार्टी समायोजन पछि रास्वपाको पहिलो केन्द्रीय समिति बैठक बस्दै
पार्टी समायोजन पछि रास्वपाको पहिलो केन्द्रीय समिति बैठक बस्दै
कांग्रेस देउवा समूहको वडा अधिवेशन आजदेखि
कांग्रेस देउवा समूहको वडा अधिवेशन आजदेखि
नेपाल–चीन सांस्कृतिक आदानप्रदान तथा पर्यटन प्रवर्द्धन कार्यक्रम आगामी वैशाखमा
नेपाल–चीन सांस्कृतिक आदानप्रदान तथा पर्यटन प्रवर्द्धन कार्यक्रम आगामी वैशाखमा
बाँके बस दुर्घटना: स्कुलले मृतकका आफन्तलाई साढे २१ लाख क्षतिपूर्ति दिने सहमति
बाँके बस दुर्घटना: स्कुलले मृतकका आफन्तलाई साढे २१ लाख क्षतिपूर्ति दिने सहमति
यस्ता छन् सरकारले मुख्य प्राथमिकतामा राखेका १२ नीति र कार्यक्रम
यस्ता छन् सरकारले मुख्य प्राथमिकतामा राखेका १२ नीति र कार्यक्रम
भक्तजनलाई शीतल बनाउन पशुपतिमा ‘कृत्रिम वाटर ड्रपलेट
भक्तजनलाई शीतल बनाउन पशुपतिमा ‘कृत्रिम वाटर ड्रपलेट