सुनसरी घटना छानबिन टोली विराटनगरमा

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, श्रावण १२, २०८३
|
|
३१४ पटक हेरिएको
Shares
सुनसरी घटना छानबिन टोली विराटनगरमा

सारांश

  • सुनसरीको देवानगञ्ज गाउँपालिकाको कप्तानगञ्जमा भएको हिंसात्मक घटना छानबिन टोली सोमबार राति मोरङको विराटनगर आइपुगेको छ ।
  • गृह मन्त्रालयका सहसचिव भुपेन्द्र थापा संयोजकत्वको समिति सोमबार राति नै विराटनगरस्थित न्युरो अस्पतालमा उपचाररत घाइतेहरुको स्वास्थ्य अवस्थाबारे जानकारी लिएको छ ।
  • समितिले घाइते तथा घटनाका प्रत्यक्ष पीडितसँग घटनाबारे बयान लिँदै आवश्यक विवरण संकलन पनि गरिरहेको छ ।

१२ साउन, विराटनगर ।

सुनसरीको देवानगञ्ज गाउँपालिकाको कप्तानगञ्जमा भएको हिंसात्मक घटना छानबिन टोली सोमबार राति मोरङको विराटनगर आइपुगेको छ । गृह मन्त्रालयका सहसचिव भुपेन्द्र थापा संयोजकत्वको समिति सोमबार राति नै विराटनगरस्थित न्युरो अस्पतालमा उपचाररत घाइतेहरुको स्वास्थ्य अवस्थाबारे जानकारी लिएको छ ।

समितिले घाइते तथा घटनाका प्रत्यक्ष पीडितसँग घटनाबारे बयान लिँदै आवश्यक विवरण संकलन पनि गरिरहेको छ । समितिले कप्तानञ्ज समेत पुगेर घटनास्थलको निरीक्षण गर्ने छ । प्रत्यक्षदर्शीको बयान, सुरक्षा निकायबाट प्राप्त विवरण तथा उपलब्ध प्रमाणका आधारमा छानबिन प्रतिवेदन तयार पार्ने छ ।

सोमबार गृहमन्त्री सुधन गुरुङको नेतृत्वमा गृह मन्त्रालयमा बसेको बैठकले सहसचिव थापाको संयोजकत्वमा ५ सदस्यीय छानबिन समिति गठन गरेको थियो । सो समितिलाई सात दिनभित्र प्रतिवेदन बुझाउन भनिएको छ । सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगन्जमा दुई समूहबीचको विवाद नियन्त्रणमा लिने क्रममा प्रहरीले चलाएको गोली लागेर एक जनाको मृत्यु भएपछि स्थानीय प्रशासनले अनिश्चितकालीन कर्फ्यू आदेश जारी गरेको छ ।गृह मन्त्रालयमा सोमबार नै केन्द्रीय सुरक्षा बैठक समेत बसेको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

काठमाडौंका हलहरुमा प्रदर्शनमा आयो ‘आदिपुरुष’
काठमाडौंका हलहरुमा प्रदर्शनमा आयो ‘आदिपुरुष’
कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने
कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने
परराष्ट्रमन्त्री राणाद्वारा दक्षिण कोरिया र फिलिपिन्सका विदेशमन्त्रीसँग भेटवार्ता
परराष्ट्रमन्त्री राणाद्वारा दक्षिण कोरिया र फिलिपिन्सका विदेशमन्त्रीसँग भेटवार्ता
वीरगञ्जमा एक महिलाको शव फेला
वीरगञ्जमा एक महिलाको शव फेला
सरकार तोकिएकै मितिमा चुनाव गर्न चट्टानझैँ दृढ छ: प्रधानमन्त्री कार्की
सरकार तोकिएकै मितिमा चुनाव गर्न चट्टानझैँ दृढ छ: प्रधानमन्त्री कार्की
सरकारले बजेटमा तल्लो वर्गलाई उपेक्षा गरेको छ : पूर्वअर्थमन्त्री पुन
सरकारले बजेटमा तल्लो वर्गलाई उपेक्षा गरेको छ : पूर्वअर्थमन्त्री पुन
शुक्रबार काठमाडौंमा बहुगन्तव्य शैक्षिक मेला हुने
शुक्रबार काठमाडौंमा बहुगन्तव्य शैक्षिक मेला हुने
६ किलो सुन र ४८ लाख नगदसहित चिनियाँ नागरिक पक्राउ
६ किलो सुन र ४८ लाख नगदसहित चिनियाँ नागरिक पक्राउ
दुर्घटनाग्रस्त जहाजमा गुजरातका पूर्वमुख्यमन्त्री विजय रुपाणी पनि परेको आशङ्का
दुर्घटनाग्रस्त जहाजमा गुजरातका पूर्वमुख्यमन्त्री विजय रुपाणी पनि परेको आशङ्का
मन्त्री चौधरीको पहलमा गहुँ र चैते धानको मूल्य निर्धारण
मन्त्री चौधरीको पहलमा गहुँ र चैते धानको मूल्य निर्धारण