Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

आज यी स्थानमा वर्षा र हावाहुरीको सम्भावना

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, जेठ २२, २०८१
|
|
५२ पटक हेरिएको
Shares
आज यी स्थानमा वर्षा र हावाहुरीको सम्भावना

सारांश

  • नेपालमा स्थानीय वायु, पश्चिमी वायुको आंशिक प्रभावसँगै भारतको पश्चिम उत्तर प्रदेशदेखि पश्चिम बंगलादेशसम्म फैलिएको न्यून चापीय क्षेत्रको पनि आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।
  • अहिले बिहान कोशी, मधेस र सुदुरपश्चिम प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको छ।
  • कोशी, मधेस, बाग्मती, लुम्बिनी र कर्णाली प्रदेशको एक–दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षा भइरहेको छ ।

 

काठमाडौं। नेपालमा स्थानीय वायु, पश्चिमी वायुको आंशिक प्रभावसँगै भारतको पश्चिम उत्तर प्रदेशदेखि पश्चिम बंगलादेशसम्म फैलिएको न्यून चापीय क्षेत्रको पनि आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।

अहिले बिहान कोशी, मधेस र सुदुरपश्चिम प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको छ।

कोशी, मधेस, बाग्मती, लुम्बिनी र कर्णाली प्रदेशको एक–दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षा भइरहेको छ ।

मंगलबार दिउँसो कोशी, मधेश, बागमती, र गण्डकी प्रदेश लगायत देशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदली रहने छ। कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरू तथा बाँकी भू–भागका एक–दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

 

गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा हावाहुरीको पनि सम्भावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

राति कोशी, मधेस र गण्डकी प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ। कोशी, मधेश र गण्डकी प्रदेशको थोरै स्थानहरूमा तथा बाँकी भू–भागका एक–दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

महोत्तरीमा विद्यालय गएका १३ वर्षीय बालक ४ दिनदेखि बेपत्ता
महोत्तरीमा विद्यालय गएका १३ वर्षीय बालक ४ दिनदेखि बेपत्ता
मोरङका सीडीओ सटरमा, दाताको सहयोगमा बन्दैछ कार्यालय
मोरङका सीडीओ सटरमा, दाताको सहयोगमा बन्दैछ कार्यालय
सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले गरिन् पदबहाली
सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले गरिन् पदबहाली
टाइटानिक डुबेजस्तै देश डुब्दै छ: जनमत अध्यक्ष राउत
प्रकृतिक प्रकोप जोखिम व्यवस्थापन एकदमै ठूलो चुनौति बनेको छ: मन्त्री घिसिङ
प्रकृतिक प्रकोप जोखिम व्यवस्थापन एकदमै ठूलो चुनौति बनेको छ: मन्त्री घिसिङ
डडेलधुराबाट काठमाडौं आउँदै गरेको बस दाङमा दुर्घटना, २२ यात्रु घाइते
डडेलधुराबाट काठमाडौं आउँदै गरेको बस दाङमा दुर्घटना, २२ यात्रु घाइते
अनेरास्ववियुद्वारा कञ्चनपुरबाट बालेन र सुधनविरुद्ध जाहेरी
अनेरास्ववियुद्वारा कञ्चनपुरबाट बालेन र सुधनविरुद्ध जाहेरी
मानव अधिकार आयोगले थाल्यो बालमन्दिरको जग्गा हिनामिना घटनाको अनुसन्धान
मानव अधिकार आयोगले थाल्यो बालमन्दिरको जग्गा हिनामिना घटनाको अनुसन्धान
चालीस लाखको लागतमा ग्रामीण खानेपानी आयोजना सम्पन्न
चालीस लाखको लागतमा ग्रामीण खानेपानी आयोजना सम्पन्न
मर्मतका लागि विद्युत पोलमा चढेका कर्मचारीको करेन्ट लागेर मृ*त्यु
मर्मतका लागि विद्युत पोलमा चढेका कर्मचारीको करेन्ट लागेर मृ*त्यु