आश्मान ह*त्या प्रकरण: होटलमा बसेका ६ जना नियन्त्रणमा

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, श्रावण ११, २०८३
|
|
६९ पटक हेरिएको
Shares
आश्मान ह*त्या प्रकरण: होटलमा बसेका ६ जना नियन्त्रणमा

सारांश

  • मकवानपुरको थाहा नगरपालिका–१० का ४१ वर्षीय आश्मान गोपालीको हत्या प्रकरणमा ६ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
  • घटनाको अनुसन्धानका क्रममा घटनास्थल नजिकैको होटलमा सोही दिन बसेका ६ जनालाई नियन्त्रणमा लिएर सोधपुछ भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।
  • आश्मान आइतबार (हिजो) बिहान हेटौंडा उपमहानगरपालिका–११ थानाभर्याङस्थित यातायात व्यवस्था कार्यालय नजिक शंकास्पद अवस्थामा मृत फेला परेका थिए।

११ साउन, काठमाडौं ।

मकवानपुरको थाहा नगरपालिका–१० का ४१ वर्षीय आश्मान गोपालीको हत्या प्रकरणमा ६ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।घटनाको अनुसन्धानका क्रममा घटनास्थल नजिकैको होटलमा सोही दिन बसेका ६ जनालाई नियन्त्रणमा लिएर सोधपुछ भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

आश्मान आइतबार (हिजो) बिहान हेटौंडा उपमहानगरपालिका–११ थानाभर्याङस्थित यातायात व्यवस्था कार्यालय नजिक शंकास्पद अवस्थामा मृत फेला परेका थिए। उनको शव सडकबाट करिब २० मिटर तल झाडीमा भेटिएको थियो। शरीरका विभिन्न भागमा चोटपटक देखिएपछि प्रहरीले सुरुदेखि नै घटनालाई शंकास्पद मानेर अनुसन्धान अघि बढाएको थियो। पोस्टमार्टमको प्रारम्भिक प्रतिवेदनले पनि उनको मृत्यु सामान्य नभई कुटपिट वा अन्य आपराधिक घटनासँग सम्बन्धित हुन सक्ने संकेत गरेको प्रहरी स्रोतको भनाइ छ।

प्रारम्भिक अनुसन्धानअनुसार आश्मान घटनाअघि एक पुरुष र एक महिलासँग होटलमा बसेको खुलेको छ। होटलबाट बाहिरिएपछि उनीहरूसँगै गएका वा छुट्टिएका भन्ने विषयमा प्रहरीले अनुसन्धान गरिरहेको छ। स्थानीय बासिन्दाले मध्यराति झगडा भएको र कसैले गुहार मागेजस्तो आवाज सुनेको बताएका छन्। यही आधारमा प्रहरीले घटनाको समयक्रम (टाइमलाइन) तयार पार्ने काम गरिरहेको छ।

अनुसन्धानलाई प्रभावकारी बनाउन नेपाल प्रहरीको ‘स्निफर डग’ परिचालन गरिएको छ भने होटल तथा आसपासका क्षेत्रका सीसीटीभी फुटेज संकलन गरी सूक्ष्म अध्ययन भइरहेको प्रहरीले जनाएको छ। घटनास्थल वरपरबाट प्राप्त प्रमाण, मोबाइल कल डिटेल, लोकेसन र अन्य प्राविधिक पक्षको समेत विश्लेषण भइरहेको छ। जिल्ला प्रहरी कार्यालय मकवानपुरका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक माधव काफ्लेले घटनाको वास्तविक कारण र संलग्न व्यक्तिको पहिचानका लागि अनुसन्धान जारी रहेको बताए। उनका अनुसार नियन्त्रणमा लिइएका ६ जनामाथि सोधपुछ भइरहेको छ र अनुसन्धानबाट प्राप्त तथ्यका आधारमा आवश्यक कानुनी प्रक्रिया अघि बढाइने प्रहरीले जनाएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कम्युनिष्ट आन्दोलनको भविष्य अझै छः अध्यक्ष नेपाल
कम्युनिष्ट आन्दोलनको भविष्य अझै छः अध्यक्ष नेपाल
बाजुरा कारागारबाट १९ जना कैदीबन्दीको स्थानान्तरण
बाजुरा कारागारबाट १९ जना कैदीबन्दीको स्थानान्तरण
ट्रम्प सहभागी कार्यक्रममा गोली चलेको आवाज, ट्रम्पलाई सुरक्षित स्थानमा सारियो
ट्रम्प सहभागी कार्यक्रममा गोली चलेको आवाज, ट्रम्पलाई सुरक्षित स्थानमा सारियो
मेट्रोपोलिस निर्देशक समितिको बैठकमा भाग लिन प्रमुख शाह ब्राजिल प्रस्थान
मेट्रोपोलिस निर्देशक समितिको बैठकमा भाग लिन प्रमुख शाह ब्राजिल प्रस्थान
नक्कली मेडिकल रिपोर्ट रोक्न स्वास्थ्य परीक्षणलाई डिजिटलाइजमा लैजाने श्रमको तयारी
नक्कली मेडिकल रिपोर्ट रोक्न स्वास्थ्य परीक्षणलाई डिजिटलाइजमा लैजाने श्रमको तयारी
गायक उदित नारायणको घरमा आगलागी, एकको मृत्यु
गायक उदित नारायणको घरमा आगलागी, एकको मृत्यु
मधेश प्रदेशसभा : मुख्यमन्त्रीको विश्वासको मत प्रक्रिया सुरु, रोक्न लोसपाको माग
मधेश प्रदेशसभा : मुख्यमन्त्रीको विश्वासको मत प्रक्रिया सुरु, रोक्न लोसपाको माग
ट्रक र विद्युतीय गाडी ठोक्किँदा दुई जनाको मृत्यु
ट्रक र विद्युतीय गाडी ठोक्किँदा दुई जनाको मृत्यु
लुम्बिनीको हिउँदे अधिवेशन आजबाट सुरु हुँदै, यस्ता छन् कार्यसूची
लुम्बिनीको हिउँदे अधिवेशन आजबाट सुरु हुँदै, यस्ता छन् कार्यसूची
२४ घण्टामा ४३ हजारले छाडे काठमाडौं, सडकमा गाडीको चाप
२४ घण्टामा ४३ हजारले छाडे काठमाडौं, सडकमा गाडीको चाप