दक्षिण कोरियामा १८१ यात्रु सवार विमान दुर्घटना : २८ जनाको मृत्यु

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, पौष १४, २०८१
|
|
२४ पटक हेरिएको
Shares
दक्षिण कोरियामा १८१ यात्रु सवार विमान दुर्घटना : २८ जनाको मृत्यु

सारांश

  • दक्षिण कोरियाको एक विमानस्थलमा १८१ जना सवार विमान दुर्घटनाग्रस्त भएको छ ।
  • जसमा कम्तीमा २८ जनाको मृत्यु भएको योनहाप समाचार एजेन्सीले उल्लेख गरेको छ।
  • देशको दक्षिण पश्चिममा रहेको मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा विमान धावनमार्गबाट ​​चिप्लिएर पर्खालमा ठोक्किएको जनाइएको छ ।

१४ पुस, काठमाडौं ।

दक्षिण कोरियाको एक विमानस्थलमा १८१ जना सवार विमान दुर्घटनाग्रस्त भएको छ । जसमा कम्तीमा २८ जनाको मृत्यु भएको योनहाप समाचार एजेन्सीले उल्लेख गरेको छ। देशको दक्षिण पश्चिममा रहेको मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा विमान धावनमार्गबाट ​​चिप्लिएर पर्खालमा ठोक्किएको जनाइएको छ । १७५ यात्रु र छ जना चालक दलका सदस्य रहेको जेजु एयरको विमान थाइल्याण्डको बैंककबाट फर्किरहेको र अवतरण गर्ने क्रममा दुर्घटना भएको बताइएको छ।

अन्यको उद्धार कार्य जारी रहेको समाचारमा उल्लेख छ । आइतबार बिहान दुर्घटना भएको विमानमा रहेका यात्रुहरूमा १७३ जना दक्षिण कोरियाली र दुई जना थाई नागरिक थिए। दुर्घटनाको कारण स्पष्ट नभएपनि चरा ठोक्किएर वा अवतरण गियर बिग्रिएर दुर्घटना भएको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको छ ।

सामाजिक सञ्जालमा अपलोड गरिएको अप्रमाणित फुटेजमा विमान धावनमार्गबाट ​​चिप्लिएर पर्खालमा ठोक्किएको देखिन्छ, त्यसपछि त्यसको केही भाग एकाएक विस्फोट हुन्छ। अन्य फुटेजमा आकाशमा कालो धुवाँको ठुलो मुस्लो उडिरहेको समेत देखिन्छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

उच्च पहाडी तथा हिमाली भू‍–भागमा हल्का वर्षा र हिमपातको सम्भावना
उच्च पहाडी तथा हिमाली भू‍–भागमा हल्का वर्षा र हिमपातको सम्भावना
एमाले प्रतिनिधि छनोट विवाद  : केन्द्रको पत्र कार्यान्वयनमा धनकुटा र ओखलढुंगामा आनाकानी
एमाले प्रतिनिधि छनोट विवाद : केन्द्रको पत्र कार्यान्वयनमा धनकुटा र ओखलढुंगामा आनाकानी
भारतको हवाई हमलापछि पाकिस्तानका प्रधानमन्त्रीले भने – कायरतापूर्ण आक्रमणको जवाफ दिन्छौं
भारतको हवाई हमलापछि पाकिस्तानका प्रधानमन्त्रीले भने – कायरतापूर्ण आक्रमणको जवाफ दिन्छौं
संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको बैठक सिंहदरबारमा सुरु
संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको बैठक सिंहदरबारमा सुरु
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल दिउँसो ३ बजेसम्मका लागि बन्द
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल दिउँसो ३ बजेसम्मका लागि बन्द
दुई संसदीय समितिको बैठक बस्दै 
दुई संसदीय समितिको बैठक बस्दै 
सेती नदीमा निर्माणाधीन ‘सिग्नेचर’ पुलको काम सुस्त
सेती नदीमा निर्माणाधीन ‘सिग्नेचर’ पुलको काम सुस्त
चेन्नईको कप्तानमा फेरि महेन्द्र सिंह धोनी
चेन्नईको कप्तानमा फेरि महेन्द्र सिंह धोनी
मलाई कसैको पार्टी फुटाउने सोख छैन : प्रधानमन्त्री ओली
मलाई कसैको पार्टी फुटाउने सोख छैन : प्रधानमन्त्री ओली
रोल्पाबाट प्रचण्ड र वर्षमान उम्मेदवार सिफारिस, समानुपातिकतर्फ महरा
रोल्पाबाट प्रचण्ड र वर्षमान उम्मेदवार सिफारिस, समानुपातिकतर्फ महरा