‘कलकतिया बाली’ की पात्रको मृत्यु प्रकरण : घटना शंकास्पद केही देखिएन

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, आषाढ १९, २०८२
|
|
३२ पटक हेरिएको
Shares
‘कलकतिया बाली’ की पात्रको मृत्यु प्रकरण : घटना शंकास्पद केही देखिएन

सारांश

  • मधेशमा प्रख्यात हास्य व्यङ्ग्य युट्युब सिरियल ‘कलकतिया बाली’ की चर्चित पात्र हुन् अंशा सदा ।
  • उनको मृत्यु प्रकरणमा अहिलेसम्म केही शंकास्पद विषयहरु फेला नपरेको प्रहरीले बताएको छ ।
  • ८ असारको राति अंशा मृत अवस्थामा भेटिएपछि अनुसन्धान अघि बढाएको प्रहरीले अहिलेसम्म कुनै शंकास्पद विषयहरु फेला नपरेको बताएको छ।

१९ असार, काठमाडौं ।

मधेशमा प्रख्यात हास्य व्यङ्ग्य युट्युब सिरियल ‘कलकतिया बाली’ की चर्चित पात्र हुन् अंशा सदा । उनको मृत्यु प्रकरणमा अहिलेसम्म केही शंकास्पद विषयहरु फेला नपरेको प्रहरीले बताएको छ । ८ असारको राति अंशा मृत अवस्थामा भेटिएपछि अनुसन्धान अघि बढाएको प्रहरीले अहिलेसम्म कुनै शंकास्पद विषयहरु फेला नपरेको बताएको छ। घटनाका बारेमा प्राविधिकदेखि म्यानुअल पक्षसम्मको अनुसन्धान गर्दा पनि केही शंकास्पद विषयहरु फेला नपरेको धनुषा प्रहरीका डीएसपी तथा प्रवक्ता बरुण सिंहले बताए । यता अंशा मृत अवस्थामा भेटिएपछि उनको शव पोष्टमार्टमका लागि पठाइएको थियो।

पोष्टमार्टमका पनि कुनै शंकास्पद रिपोर्ट नआएको प्रहरीले बताएको छ । प्रहरी स्रोतका अनुसार अहिलेसम्मको अनुसन्धान र पोष्टमार्टम रिपोर्ट अनुसार अंशाले आत्महत्या गरेको देखिएको छ । अहिलेसम्मको अनुसन्धानबाट अंशाले आत्महत्या गरेको प्रहरीले बताए पनि त्यसको कारण भने खुलिसकेको छैन । यसको कारणबारे अनुसन्धान भइरहेको प्रवक्ता सिंह बताउँछन् । घटनाका बारेमा सम्बन्धीत करिब १० जनासँग सोधपुछ गरिएको प्रहरीले बताएको छ । यदपी अनुसन्धान भने अझै जारी नै रहेको प्रहरीको भनाइ छ । अंशाको अभिनय र हास्य व्यङ्ग्य तराई समुदायमाझ निकै लोकप्रिय छ । २१ वर्षकै उमेरमा उनी मृत भेटिएकी थिइन् । ‘कलकतिया बाली’ की चर्चित पात्र अंशा ८ असारको राति आफ्नै घरमा मृत भेटिएकी थिइन् । सलको पासो लगाएर झुन्डिएको अवस्थामा उनको शव भेटिएको थियो । भित्रबाट ढोका बन्द गरेको अवस्थामा उनको शव भेटिएको प्रहरीले बताएको छ ।

अंशा झुन्डिएको अवस्थामा मृत भेटिएको सूचना आएपछि राति नै प्रहरी टोली घटनास्थल पुगेर मुचुल्का गरी शव पोस्टमार्टमका लागि पठाएको थियो । ‘कलकतिया बाली’ भनेर चिनिने अंशाका श्रीमान् अविनाश झा हुन् । विवाह गरेको ६ महिनामै उनी मृत भेटिएकी थिइन् ।धनुषाको विदेह नगरपालिका–२ धोबी बस्ने अविनाश केही वर्षयता जनकपुरधाम उपमहानगरपालिका–१५ मा कलकतिया बाली सिरियलको लागि घर बनाएर काम गर्दै आएका छन् । सिरियलमै काम गर्दागर्दै अविनाश र अंशाले ६ महिनाअघि मात्रै विवाह गरेका थिए । अंशा मृत भेटिएपछि अनुसन्धानका लागि सुटिङ गर्ने घरहरूमा रहेका डिभाइसहरू समेत नियन्त्रणमा लिएको थियो । ती डिभाइसहरुबाट समेत केही नखुलेको प्रहरीले बताएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

राप्रपाकी मधेश सांसद कञ्चन बिच्छालाई पदबाट नहटाउन सर्वोच्चको आदेश
राप्रपाकी मधेश सांसद कञ्चन बिच्छालाई पदबाट नहटाउन सर्वोच्चको आदेश
क्यालिफोर्नियामा अमेरिकी सेनाको एफ–३५ लडाकु विमान दुर्घटनाग्रस्त
क्यालिफोर्नियामा अमेरिकी सेनाको एफ–३५ लडाकु विमान दुर्घटनाग्रस्त
नेकपाको निष्कर्ष– विद्यार्थी संगठनहरू खारेज गर्न पाइँदैन
नेकपाको निष्कर्ष– विद्यार्थी संगठनहरू खारेज गर्न पाइँदैन
आगामी शनिबार १२ बजेसम्ममा सबै बन्धक रिहा नगरे युद्धविराम नै भंग हुने डोनाल्ड ट्रम्पको चेतावनी
आगामी शनिबार १२ बजेसम्ममा सबै बन्धक रिहा नगरे युद्धविराम नै भंग हुने डोनाल्ड ट्रम्पको चेतावनी
मधेस प्रदेशमा छठमा थप एक दिन सार्वजनिक बिदा
मधेस प्रदेशमा छठमा थप एक दिन सार्वजनिक बिदा
पुनर्निर्माणमा ढिलाइ भएको भन्दै जाजरकोटका भूकम्पपीडित सडकमा
पुनर्निर्माणमा ढिलाइ भएको भन्दै जाजरकोटका भूकम्पपीडित सडकमा
जेनजी आन्दोलनमा प्रहरीको हतियार खोस्ने युवक खैरो हेरोइनसहित पक्राउ
जेनजी आन्दोलनमा प्रहरीको हतियार खोस्ने युवक खैरो हेरोइनसहित पक्राउ
२ उपाध्यक्ष, १ महासचिव र ११ केन्द्रीय कार्यकारिणी सदस्य थप्ने जसपा नेपालको तयारी
२ उपाध्यक्ष, १ महासचिव र ११ केन्द्रीय कार्यकारिणी सदस्य थप्ने जसपा नेपालको तयारी
रास्वपा सचिवालय बैठक बस्दै
रास्वपा सचिवालय बैठक बस्दै
६१ किलो सुन प्रकरणमा पक्राउ परेकी अमला रोकालाई २ लाख धरौटीमा छाड्न आदेश
६१ किलो सुन प्रकरणमा पक्राउ परेकी अमला रोकालाई २ लाख धरौटीमा छाड्न आदेश