२ वर्षिया बालिका हत्याकाे घटनामा ‘घरभित्रकै व्यक्ति’ पक्राउ

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, भाद्र ७, २०८३
|
|
९४ पटक हेरिएको
Shares
२ वर्षिया बालिका हत्याकाे घटनामा ‘घरभित्रकै व्यक्ति’ पक्राउ

सारांश

  • सप्तरीको शम्भुनाथ नगरपालिकामा दुई वर्षीया नाबालिकाको हत्या भएको छ।
  • घटनामा संलग्न रहेको आशंकामा प्रहरीले एकजनालाई पक्राउ गरेको छ।
  • शम्भुनाथ नगरपालिका–३ निवासी मोहम्मद इरफानकी दुई वर्षीया छोरी खुशी खातुन आइतबार बिहान घरबाट हराएकी थिइन्।

७ भदौ, सप्तरी ।

सप्तरीको शम्भुनाथ नगरपालिकामा दुई वर्षीया नाबालिकाको हत्या भएको छ। घटनामा संलग्न रहेको आशंकामा प्रहरीले एकजनालाई पक्राउ गरेको छ। शम्भुनाथ नगरपालिका–३ निवासी मोहम्मद इरफानकी दुई वर्षीया छोरी खुशी खातुन आइतबार बिहान घरबाट हराएकी थिइन्। हराएको करिब दुई घण्टापछि उनको शव घरको पछाडिपट्टि रहेको झाडीमा फेला परेको सप्तरी प्रहरीले जनाएको छ।

सप्तरीका प्रहरी प्रमुख एसपी रूपक खड्काका अनुसार नाबालिका हराएको सूचना प्राप्त भएपछि प्रहरीले खोजी थालेको थियो। खोजीका क्रममा उनी घरपछाडिको झाडीमा मृत अवस्थामा फेला परेकी हुन्। प्रहरीको प्रारम्भिक अनुसन्धानमा व्यक्तिगत रिसइबीका कारण नाबालिकाको हत्या भएको देखिएको एसपी खड्काले बताए। घटनामा संलग्न रहेको आशंकामा एकजनालाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। पक्राउ परेका व्यक्तिको विवरण तथा घटनाबारे थप तथ्य अनुसन्धानपछि सार्वजनिक गरिने प्रहरीले जनाएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

रवि लामिछानेलाई दिउँसो तीन बजे नख्खु कारागार ल्याउने तयारी
रवि लामिछानेलाई दिउँसो तीन बजे नख्खु कारागार ल्याउने तयारी
सर्वोच्च अदालतमा तीन न्यायाधीश नियुक्त
सर्वोच्च अदालतमा तीन न्यायाधीश नियुक्त
स्वास्थ्य संस्थाले नागरिक बडापत्रमा सेवाको शुल्क टाँस्नुपर्छः पौडेल
स्वास्थ्य संस्थाले नागरिक बडापत्रमा सेवाको शुल्क टाँस्नुपर्छः पौडेल
जेनजी आन्दोलनपछि सार्वजनिक भए प्रचण्ड, केन्द्रीय कार्यालय अवलोकन
जेनजी आन्दोलनपछि सार्वजनिक भए प्रचण्ड, केन्द्रीय कार्यालय अवलोकन
प्रहरी परिसर काठमाडौंको गेटबाट फरार थुनुवा असनबाट पक्राउ
प्रहरी परिसर काठमाडौंको गेटबाट फरार थुनुवा असनबाट पक्राउ
मोरङमा छात्राहरुमाथि दुर्व्यवहार गरेको आरोपमा ३ जना पक्राउ
मोरङमा छात्राहरुमाथि दुर्व्यवहार गरेको आरोपमा ३ जना पक्राउ
दक्षिण कोरियाली होटेलमा आगलागीमा परी मृत्यु हुनेको सङ्ख्या छ पुग्यो
दक्षिण कोरियाली होटेलमा आगलागीमा परी मृत्यु हुनेको सङ्ख्या छ पुग्यो
सर्लाहीको ऐतिहासिक नाढीमन तालमा डुङ्गा संचालन पुनः सुचारु
सर्लाहीको ऐतिहासिक नाढीमन तालमा डुङ्गा संचालन पुनः सुचारु
अदालत हाजिर भए धवल शम्शेर
अदालत हाजिर भए धवल शम्शेर
बागमती प्रदेशमा एमाले भन्दा ठूलो बन्यो नेपाली कम्युनिस्ट पार्टी
बागमती प्रदेशमा एमाले भन्दा ठूलो बन्यो नेपाली कम्युनिस्ट पार्टी