सुशासन र समतामूलक समाज निर्माणमा तदारूकता आवश्यक छ : राष्ट्रपति पौडेल

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, चैत्र १०, २०८१
|
|
३५ पटक हेरिएको
Shares
सुशासन र समतामूलक समाज निर्माणमा तदारूकता आवश्यक छ : राष्ट्रपति पौडेल

सारांश

  • राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकमा दिगो शान्ति, सुशासन, सामाजिक न्याय, समतामूलक समाज निर्माण एवं विकास र समृद्धिको संवैधानिक उदेश्य प्राप्त गर्न सकिने हुँदा त्यसतर्फ नेपाल सरकारको तदारूकता आवश्यक भएको बताउनुभएको छ ।
  • नेपाल सरकारको आर्थिक वर्ष २०८०÷८१ को वार्षिक प्रतिवेदन बुझ्दै राष्ट्रपति पौडेलले उपलब्ध स्रोतसाधन परिचालन गरी राज्यका निर्देशक सिद्धान्त, नीति तथा दायित्वको प्रभावकारी कार्यान्वयनबाट मात्र मुलुकमा दिगो शान्ति, सुशासन, सामाजिक न्याय, समतामूलक समाज निर्माण एवं विकास र समृद्धिको संवैधानिक उद्देश्य प्राप्त हुने बताउनुभयो ।
  • राष्ट्रपति पौडेलले नेपालको संविधानको मूलभूत मर्म र भावना एवं राज्यका निर्देशक सिद्धान्त, नीति तथा दायित्वसम्बन्धी संवैधानिक व्यवस्थालाई कार्यान्वयन गर्दै जानुपर्ने उल्लेख गर्नुभयो ।

१० चैत, काठमाडौँ ।

राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकमा दिगो शान्ति, सुशासन, सामाजिक न्याय, समतामूलक समाज निर्माण एवं विकास र समृद्धिको संवैधानिक उदेश्य प्राप्त गर्न सकिने हुँदा त्यसतर्फ नेपाल सरकारको तदारूकता आवश्यक भएको बताउनुभएको छ । नेपाल सरकारको आर्थिक वर्ष २०८०÷८१ को वार्षिक प्रतिवेदन बुझ्दै राष्ट्रपति पौडेलले उपलब्ध स्रोतसाधन परिचालन गरी राज्यका निर्देशक सिद्धान्त, नीति तथा दायित्वको प्रभावकारी कार्यान्वयनबाट मात्र मुलुकमा दिगो शान्ति, सुशासन, सामाजिक न्याय, समतामूलक समाज निर्माण एवं विकास र समृद्धिको संवैधानिक उद्देश्य प्राप्त हुने बताउनुभयो ।


राष्ट्रपति पौडेलले नेपालको संविधानको मूलभूत मर्म र भावना एवं राज्यका निर्देशक सिद्धान्त, नीति तथा दायित्वसम्बन्धी संवैधानिक व्यवस्थालाई कार्यान्वयन गर्दै जानुपर्ने उल्लेख गर्नुभयो । उहाँले आगामी दिनमा नेपालको संविधानको मर्म र भावनाबमोजिम राज्यका निर्देशक सिद्धान्त, नीति तथा दायित्वअनुसारका काम कारबाही क्रमिक र प्रभावकारी रूपमा कार्यान्वयन गर्न नेपाल सरकार अझ सक्रिय तथा क्रियाशील रहने विश्वास लिएको बताउनुभयो ।

सो अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति पौडेलसमक्ष नेपाल सरकारको आर्थिक वर्ष २०८०÷८१ को वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

यी हुन् प्रधानमन्त्री ओलीको अमेरिका भ्रमणका १२ बुँदे ब्रिफिङ
सुन तोलामा १६ सय बढ्यो
सुन तोलामा १६ सय बढ्यो
अमेरिकाको टेक्सासमा बाढी: मृत्यु हुने सङ्ख्या २५ पुग्यो
अमेरिकाको टेक्सासमा बाढी: मृत्यु हुने सङ्ख्या २५ पुग्यो
नेपाल प्रिमियर लिग: आज काठमाडौं गोर्खाज र सुदूरपश्चिम रोयल्स भिड्दै
नेपाल प्रिमियर लिग: आज काठमाडौं गोर्खाज र सुदूरपश्चिम रोयल्स भिड्दै
वीपी राजमार्ग राति १० घण्टा बन्द हुने
वीपी राजमार्ग राति १० घण्टा बन्द हुने
जुवातास खेलिरहेको अवस्थामा आठजना पक्राउ
जुवातास खेलिरहेको अवस्थामा आठजना पक्राउ
प्रतितोला १ हजार २ सयले बढ्यो सुनको मूल्य
प्रतितोला १ हजार २ सयले बढ्यो सुनको मूल्य
परराष्ट्र मन्त्री देउवा भन्छिन् – सरकार परिवर्तनको चर्चा  मनोरञ्जनका लागि चलाएको हल्लामात्रै
परराष्ट्र मन्त्री देउवा भन्छिन् – सरकार परिवर्तनको चर्चा मनोरञ्जनका लागि चलाएको हल्लामात्रै
जनताले दिएको म्यान्डेट सिंहदरबार चलाउन होइन, बदल्न हो : रवि लामिछाने
जनताले दिएको म्यान्डेट सिंहदरबार चलाउन होइन, बदल्न हो : रवि लामिछाने
सुनकोसी नदीमा बेपत्ता बालकको शव सशस्त्र प्रहरीको गोताखोर टोलीले भेटायो
सुनकोसी नदीमा बेपत्ता बालकको शव सशस्त्र प्रहरीको गोताखोर टोलीले भेटायो