नेकपा माओवादीको कर्णाली करिडोर अभियान सुरु

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, जेठ २, २०८२
|
|
२२ पटक हेरिएको
Shares
नेकपा माओवादीको कर्णाली करिडोर अभियान सुरु

सारांश

  •   नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) हुम्लाले बिहीबारदेखि बाजुरा र हुम्लाको सिमानाबाट कर्णाली करिडोर अभियान सुरु गरेको छ ।
  • पार्टीको जागरण तथा समाजवादका लागि कर्णाली करिडोर अभियान सुरु गरिएको हो ।
  • जिल्लाका सातवटै स्थानीय तह समेटिने गरी अभियान सञ्चालन गरिएको नेकपा (माओवादी केन्द्र) का जिल्ला सचिव धर्मराज बोहराले बताउनुभयो ।

२ जेठ, हुम्ला। 

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) हुम्लाले बिहीबारदेखि बाजुरा र हुम्लाको सिमानाबाट कर्णाली करिडोर अभियान सुरु गरेको छ । पार्टीको जागरण तथा समाजवादका लागि कर्णाली करिडोर अभियान सुरु गरिएको हो । जिल्लाका सातवटै स्थानीय तह समेटिने गरी अभियान सञ्चालन गरिएको नेकपा (माओवादी केन्द्र) का जिल्ला सचिव धर्मराज बोहराले बताउनुभयो । कर्णाली करिडोर अभियानमा वर्तमान परिस्थिति सम्प्रेषण गरी राजनीतिक जागरण ल्याउने, वास्तविक समाजवादको पैरवी गर्ने र हुम्लाको विकास कसरी सम्भव छ भन्ने विषयमा स्थानीयसँग छलफल सुरु गरिएको पार्टी सचिव बोहराको भनाइ छ ।

समसामयिक विषयमा जनसमुदायसँग छलफल गर्ने, पालिकाअन्तर्गतका कार्यक्रमस्थलमा भेटघाट गर्नेे र यो क्रम हिल्सामा पुगेर सम्पन्न हुने उहाँले जानकारी दिनुभयो । अभियान ११ दिनसम्म सञ्चालन हुने जनाइएको छ । कर्णाली करिडोर अभियानअन्तर्गतको आजको कार्यक्रम अदानचुलीको गल्फागाडमा सम्पन्न भएको छभने भोलि शनिबार सर्केगाड गाउँँपालिकाको केन्द्र सर्केगाड बजार, जेठ ५ गते खार्पुनाथ गाउँपलिकाको केन्द्र याङ्चु बजार, जेठ ७ गते सिमकोट गाउँपालिका र जेठ ९ गते नाम्खा गाउँपालिकाको केन्द्र याल्वाङमा हुने भएको छ । जेठ ११ गते अभियानको अन्तिम कार्यक्रम नेपाल र चीनको सिमाना हिल्सामा हुने नेकपा माओवादी केन्द्र हुम्लाले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

‘हमासले सात इजरायली बन्धकहरूलाई रेडक्रसलाई हस्तान्तरण गर्‍यो’
‘हमासले सात इजरायली बन्धकहरूलाई रेडक्रसलाई हस्तान्तरण गर्‍यो’
सरकारले उद्योगी व्यवसायीहरुको सुरक्षा पहिलेभन्दा रचनात्मक तरिकाले दिन्छः गृहमन्त्री अर्याल
सरकारले उद्योगी व्यवसायीहरुको सुरक्षा पहिलेभन्दा रचनात्मक तरिकाले दिन्छः गृहमन्त्री अर्याल
परिवर्तनको सन्देश दिदै सर्लाहीमा‘दिप प्रज्वलन कार्यक्रम’
परिवर्तनको सन्देश दिदै सर्लाहीमा‘दिप प्रज्वलन कार्यक्रम’
यसपालि दशैंमा नयाँ नोट नछाप्दा राज्यलाई डेढ अर्ब फाइदा, सटही पनि २५ अर्बले घट्यो
यसपालि दशैंमा नयाँ नोट नछाप्दा राज्यलाई डेढ अर्ब फाइदा, सटही पनि २५ अर्बले घट्यो
नेपालको स्वास्थ्य क्षेत्र सुधार्न थाइल्यान्डमा सुझाव संकलन गर्दै मन्त्री पौडेल
नेपालको स्वास्थ्य क्षेत्र सुधार्न थाइल्यान्डमा सुझाव संकलन गर्दै मन्त्री पौडेल
यस्तो छ तपाइको आजको राशिफल
यस्तो छ तपाइको आजको राशिफल
बिम्स्टेक शिखर सम्मेलन सुरु
बिम्स्टेक शिखर सम्मेलन सुरु
अब प्रहरीले आरोपीको तस्बिर तथा भिडियो सार्वजनिक नगर्ने
अब प्रहरीले आरोपीको तस्बिर तथा भिडियो सार्वजनिक नगर्ने
मकवानपुरमा प्रहरीमाथि आक्रमण, प्रतिकारमा गोली चल्दा एक घाइते
मकवानपुरमा प्रहरीमाथि आक्रमण, प्रतिकारमा गोली चल्दा एक घाइते
महाकुम्भ मेलाका श्रद्धालु सवार बोलेरो र बस ठोक्किँदा १० जनाको मृत्यु
महाकुम्भ मेलाका श्रद्धालु सवार बोलेरो र बस ठोक्किँदा १० जनाको मृत्यु