सरकारले उद्योगी व्यवसायीहरुको सुरक्षा पहिलेभन्दा रचनात्मक तरिकाले दिन्छः गृहमन्त्री अर्याल

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, कार्तिक २२, २०८२
|
|
५६ पटक हेरिएको
Shares
सरकारले उद्योगी व्यवसायीहरुको सुरक्षा पहिलेभन्दा रचनात्मक तरिकाले दिन्छः गृहमन्त्री अर्याल

सारांश

  • गृहमन्त्री ओमप्रकाश अर्यालले जेनजी आन्दोलनको क्रममा घुसपैठ हुँदाअपराधिक तत्वहरुले प्रवेश पाएको र देशमा क्षति पुर्याएको बताएका छन् ।
  • त्यसलाई राज्यले सम्बोधन गरेकोपनि उनले बताए ।
  • शनिबार नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको आर्थिक बहस २.

२२ कात्तिक,  काठमाडौं ।

गृहमन्त्री ओमप्रकाश अर्यालले जेनजी आन्दोलनको क्रममा घुसपैठ हुँदाअपराधिक तत्वहरुले प्रवेश पाएको र देशमा क्षति पुर्याएको बताएका छन् । त्यसलाई राज्यले सम्बोधन गरेकोपनि उनले बताए । शनिबार नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको आर्थिक बहस २.० कार्यक्रममा बोल्दै उनले३८० जनालाई पक्राउ र १५० जनालाई विभिन्न मुद्दाहरु चलेको जानकारी दिँदै कानुनी राज्यको वहाली भइसकेको बताए ।

मन्त्री अर्यालले सरकारले उद्योगी व्यवसायीहरुको सुरक्षा पहिलेभन्दा अझ रचनात्मक रुपमा दिने दावी गरे । उनले भने,‘जेनजी आन्दोलनको क्रममा घुसपैठ भयो । त्यहाँ अपराधिक तत्वहरुले प्रवेश पाए र क्षति गरे । तर त्यसलाई राज्यले सम्बोधन गरेको छ। ३८० जनालाई पक्राउ गरेको छ । १५० जनालाई विभिन्न मुद्दाहरु चलेको छ । त्यसैले कानुनी राज्यको वहाली भइसकेको छ । यसमा सरकार प्रतिबद्ध छ । उद्योगी व्यवसायीहरुको सुरक्षा सरकारले पहिलेभन्दा रचनात्मक रुपमा दिने छ ।’ त्यस्तै उनलेअब कुनै नेता र मन्त्रीलाई रिझाउनुपर्ने अवस्था नरहेको भन्दै सुशासनको मामिलामा अब फरक ढंगले हेरिदिन आग्रह गरे ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

राष्ट्रियसभाको बैठक बस्दै
राष्ट्रियसभाको बैठक बस्दै
सन्दीप लामिछानेले एकै ओभरमा लिए काठमाडौंको दुई विकेट
सन्दीप लामिछानेले एकै ओभरमा लिए काठमाडौंको दुई विकेट
राप्ती नदीमा माछा मार्न गएका बालक डुबेर बेपत्ता
राप्ती नदीमा माछा मार्न गएका बालक डुबेर बेपत्ता
पर्यटन क्षेत्र नेपालको समृद्धिको आधार होः अर्थमन्त्री पौडेल
पर्यटन क्षेत्र नेपालको समृद्धिको आधार होः अर्थमन्त्री पौडेल
बेपत्ता सुरक्षाकर्मीको खोजीमा एसएसपीको टोली परिचालन, एक जनाको श*व फेला
बेपत्ता सुरक्षाकर्मीको खोजीमा एसएसपीको टोली परिचालन, एक जनाको श*व फेला
रकम ठगी गरेको अभियोगमा सर्लाही मलंगवा नगरपालिका-६ घर भई खालिक खान काठमाडौँमा पक्राउ
रकम ठगी गरेको अभियोगमा सर्लाही मलंगवा नगरपालिका-६ घर भई खालिक खान काठमाडौँमा पक्राउ
आज देशभरको मौसम मुख्यतया सफा रहने
आज देशभरको मौसम मुख्यतया सफा रहने
संसदका महासचिव पाण्डेयका ३ नागरिकता र ३ पासपोर्टबारे छानबिन जारी
संसदका महासचिव पाण्डेयका ३ नागरिकता र ३ पासपोर्टबारे छानबिन जारी
रास्वपाको समानुपातिक सूचीवाट डा. राजमी रामले लिए उम्मेदवारी फिर्ता
रास्वपाको समानुपातिक सूचीवाट डा. राजमी रामले लिए उम्मेदवारी फिर्ता
गोकर्णेश्वरमा महिलामाथि खुकुरी प्रहार, एक जना पक्राउ
गोकर्णेश्वरमा महिलामाथि खुकुरी प्रहार, एक जना पक्राउ