यसपालि दशैंमा नयाँ नोट नछाप्दा राज्यलाई डेढ अर्ब फाइदा, सटही पनि २५ अर्बले घट्यो

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, आश्विन २३, २०८१
|
|
२४ पटक हेरिएको
Shares
यसपालि दशैंमा नयाँ नोट नछाप्दा राज्यलाई डेढ अर्ब फाइदा, सटही पनि २५ अर्बले घट्यो

सारांश

  • गत वर्ष राष्ट्र बैंकले काठमाडौं उपत्यकामा मात्र साढे १४ अर्ब तथा देशभर २९ अर्ब नयाँ नोट सटही गरेको थियो।
  • यस वर्ष करिब चार अर्बमा सीमित रहेको छ।
  • यो झण्डै २५ अर्बले कम हो।

२३ असोज, काठमाडौं : नेपाल राष्ट्र बैंकले दशैं-तिहारलाई लक्षित गरी यस वर्ष नयाँ नोट मुद्रण नगर्दा नोट सटहीको चाप ह्वात्तै घटेको छ। गत वर्ष राष्ट्र बैंकले काठमाडौं उपत्यकामा मात्र साढे १४ अर्ब तथा देशभर २९ अर्ब नयाँ नोट सटही गरेको थियो।

यस वर्ष करिब चार अर्बमा सीमित रहेको छ। यो झण्डै २५ अर्बले कम हो।राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभागका निर्देशक बासुदेव भट्टराईका अनुसार यस वर्ष राष्ट्र बैंक मातहतका कार्यालयबाट करिब दुई अर्ब र अन्य बैंकबाट पनि सोही बराबरीको नोट सटही भएको अनुमान छ। नयाँ नोट मुद्रण नहुँदा त्यसका लागि हुने खर्च जोगिएको छभने सटहीका लागि थप जनशक्ति व्यवस्थापनको झन्झट बैंकले व्यहोर्न परेन। उनका अनुसार अघिल्लो वर्ष नयाँ नोट मुद्रणका लागि मात्रै पनि झण्डै डेढ अर्ब खर्च लागेको थियो। ‘देशभर ६६ लाख घरपरिवार छन्। त्यसमा ५० प्रतिशत अर्थात् ३३ लाख परिवारलाई नयाँ नोट सटहीको पहुँच नभए पनि आधाका लागि विभिन्न दरका नोट छाप्न छ अर्बसम्म खर्च हुन्छ, उनले भने।

यस वर्ष बैंकले नयाँ नोट मुद्रण नगरी हाल चलनचल्ती रहेका सफा र सुकिला नोटको प्रयोगलाई जोड दिएको छ। त्यही नीतिअनुरूप यस वर्षको दशैं-तिहार लगायतका चाडबाडमा चलनचल्तीकै सुकिला नोट प्रयोग हुनेछ। नयाँ नोट दशैं-तिहारजस्ता पर्वमा मात्र अत्यधिक माग हुने तथा त्यसपछि बैंकका ढुकुटीमा थुप्रिएर बस्ने भएकाले त्यस्ता जम्मा भएका नोटको सदुपयोग गर्ने र नोट छपाईका लागि लाग्ने फजूल गर्न रोक्ने राष्ट्र बैंकले सुकिला नोटको प्रयोगलाई प्रोत्साहन गरेको हो।  प्रत्येक वर्ष चाडबाडमा नयाँ नोट छापिने तथा घुमिफिरी ती नोट बैंकको ढुकुटीमा थुप्रिने क्रम बढेपछि बैंकले यस वर्ष चल्ने हदसम्म त्यस्ता नोटको सदुपयोग गर्ने निर्णयमा पुगेको निर्देशक भट्टराईको भनाइ छ।

उनका अनुसार पुराना नोट थिचिएर तथा ओसिएर स्वतः नष्ट हुँदै जाने भएकाले प्रयोग गर्न सकिने हदसम्म चलन चल्तीकै नोट उपयोग गर्न सकियोस् भनी यसपटक नयाँ नोट नछापिएको हो।  राष्ट्र बैंकले चलनचल्तीकै नोट प्रयोगमा जोड दिएपछि सटहीमा हुने चाप कम हुनुका साथै नयाँ नोटका नाममा हुन सक्ने फजूल खर्चसमेत केही हदसम्म रोकिने अनुमान छ। गत वर्ष छापिएको भन्दा तीन गुणासम्म बढी नोट हाल बजारमा र बैंक ढुकुटीमा मौज्दात रहेकाले पनि नयाँ नोट निकाल्न नपरेको उनको तर्क छ। ‘नयाँ होस् पुरानो जे भएपनि नोटको मूल्य र महत्त्व एउटै हुन्छ। नयाँ भनेर राज्यलाई अतिरिक्त आर्थिक भार थप्न हुँदैन, उनले भने।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नेपाली जनताले लडेर ल्याएको अधिकार खोस्ने तागत कसैसँग छैन : प्रधानमन्त्री
नेपाली जनताले लडेर ल्याएको अधिकार खोस्ने तागत कसैसँग छैन : प्रधानमन्त्री
मधेश र कोशी प्रदेशमा आज अत्यधिक गर्मीको सम्भावना
मधेश र कोशी प्रदेशमा आज अत्यधिक गर्मीको सम्भावना
आयोगमा पुगेर उज्यालो पार्टीका नेताले भने- भोलिबारे थाहा छैन, आज एक्लै अघि बढ्यौं
आयोगमा पुगेर उज्यालो पार्टीका नेताले भने- भोलिबारे थाहा छैन, आज एक्लै अघि बढ्यौं
खेलकुदका पूर्वाधार निर्माणलाई प्राथमिकतामा राखेका छौँ : मन्त्री चौधरी
खेलकुदका पूर्वाधार निर्माणलाई प्राथमिकतामा राखेका छौँ : मन्त्री चौधरी
आज विश्व बाल दिवस मनाइँदै
आज विश्व बाल दिवस मनाइँदै
‘छाब्दीबाराहीलाई धार्मिक पर्यटकीय गन्तव्यका रूपमा विकास गर्नुपर्छ’ :  मुख्यमन्त्री पाण्डे
‘छाब्दीबाराहीलाई धार्मिक पर्यटकीय गन्तव्यका रूपमा विकास गर्नुपर्छ’ : मुख्यमन्त्री पाण्डे
रामेछापको उमाकुण्डमा भाइरल फ्लुको संक्रमण हुँदा विद्यालय बन्द
रामेछापको उमाकुण्डमा भाइरल फ्लुको संक्रमण हुँदा विद्यालय बन्द
मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता
मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता
लहानमा राष्ट्रिय स्वतन्त्र पार्टीप्रति आकर्षण बढ्दो, ६३ जना विभिन्न पार्टी परित्याग गरी पार्टी प्रवेश।
लहानमा राष्ट्रिय स्वतन्त्र पार्टीप्रति आकर्षण बढ्दो, ६३ जना विभिन्न पार्टी परित्याग गरी पार्टी प्रवेश।
नेपालले आज थाइल्याण्डविरुद्व खेल्दै
नेपालले आज थाइल्याण्डविरुद्व खेल्दै