सर्लाहीमा नागरिकता बनाउनेको भिड

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, जेठ ७, २०८३
|
|
३६६ पटक हेरिएको
Shares
सर्लाहीमा नागरिकता बनाउनेको भिड

सारांश

  • एसईईको नतिजा सार्वजनिक भएसँगै जिल्ला प्रशासन कार्यालय सर्लाहीमा नागरिकता बनाउन आउने विद्यार्थीको भीड बढेको छ ।
  • उच्च शिक्षा अध्ययन, छात्रवृत्ति आवेदन तथा विभिन्न शैक्षिक प्रक्रियाका लागि आवश्यक कागजात जुटाउन विद्यार्थीहरू प्रशासन कार्यालय पुग्न थालेका हुन् ।
  •   सहायक प्रमुख जिल्ला अधिकारी होम प्रसाद घिमिरेले पछिल्ला दिनमा दैनिक सयौं विद्यार्थी नागरिकता र मधेशी प्रमाणित बनाउन आउने गरेको बताए ।

०७ वैशाख, सर्लाही । एसईईको नतिजा सार्वजनिक भएसँगै जिल्ला प्रशासन कार्यालय सर्लाहीमा नागरिकता बनाउन आउने विद्यार्थीको भीड बढेको छ । उच्च शिक्षा अध्ययन, छात्रवृत्ति आवेदन तथा विभिन्न शैक्षिक प्रक्रियाका लागि आवश्यक कागजात जुटाउन विद्यार्थीहरू प्रशासन कार्यालय पुग्न थालेका हुन् ।

सहायक प्रमुख जिल्ला अधिकारी होम प्रसाद घिमिरेले पछिल्ला दिनमा दैनिक सयौं विद्यार्थी नागरिकता र मधेशी प्रमाणित बनाउन आउने गरेको बताए । “अधिकांश विद्यार्थी छात्रवृत्ति र भर्ना प्रक्रियाका लागि आवश्यक कागजात बनाउन आएका हुन्,” उनले भने, “चाप बढेपछि बिहानैदेखि कर्मचारी परिचालन गरेर सेवा प्रवाह गरिरहेका छौं ।”
कार्यालयका अनुसार हिजो बुधबार मात्रै १९३ वटा नागरिकता वितरण गरिएको थियो । त्यसमध्ये ११३ नयाँ नागरिकता र ८० प्रतिलिपि नागरिकता रहेका छन् ।

नेपाली नागरिकता प्राप्त गर्न १६ वर्ष उमेर पूरा हुनुपर्ने कानुनी व्यवस्था रहेकाले एसईई उत्तीर्ण गरेका विद्यार्थीहरू अहिले नागरिकता बनाउन सक्रिय भएका हुन् । प्रशासनले आवश्यक कागजात पूरा गरेर मात्र आउन सेवाग्राहीलाई आग्रह गरेको छ । सेवाग्राही व्यवस्थापनका लागि प्रशासकीय अधिकृत कृष्ण देव राय, अनिलकुमार यादव तथा अतिरिक्त जनशक्तिका रूपमा विशाल कुमार चौधरी लाई खटाइएको कार्यालयले जनाएको छ ।

कविलासी नगरपालिका–३ मदनपुरका १६ वर्षीय विद्यार्थी कुन्दन साहले छात्रवृत्ति आवेदनका लागि नागरिकता आवश्यक परेकाले बिहानैदेखि लाइनमा बसेको बताए । “अब प्लस टु पढ्न छात्रवृत्तिको फाराम भर्नुपर्छ, त्यसका लागि नागरिकता चाहिन्छ,” उनले भने ।
यता बलरा नगरपालिका–२ हथियौलका प्रमोदकुमार सिंह ले विद्यार्थीको चापका कारण अन्य सेवाग्राहीलाई सेवा लिन कठिनाइ भइरहेको गुनासो गरे । “प्रतिलिपि नागरिकता लिन बिहानैदेखि लाइनमा बसेको छु, कहिले बन्छ टुंगो छैन,” उनले भने ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रतिनिधिसभाद्वारा राष्ट्रपति पौडेलको सम्बोधनप्रति धन्यवाद प्रस्ताव पारित
प्रतिनिधिसभाद्वारा राष्ट्रपति पौडेलको सम्बोधनप्रति धन्यवाद प्रस्ताव पारित
एमसीसी अन्तर्गत बन्ने रातमाटे सबस्टेशनको भारतीय कम्पनीलाई ठेक्का
एमसीसी अन्तर्गत बन्ने रातमाटे सबस्टेशनको भारतीय कम्पनीलाई ठेक्का
रवि लामिछानेको निवेदनमाथि बहस सकियो, आदेश लेखन जारी
रवि लामिछानेको निवेदनमाथि बहस सकियो, आदेश लेखन जारी
वीरगन्ज महानगरपालिकाले आगामी आर्थिक वर्ष २ अर्ब ८९ करोड ४८ लाखको बजेट
वीरगन्ज महानगरपालिकाले आगामी आर्थिक वर्ष २ अर्ब ८९ करोड ४८ लाखको बजेट
गृहमन्त्री सुदन गुरुङको निर्देशनमा ड्रोनबाट सुरक्षा अनुगमन तीव्र
गृहमन्त्री सुदन गुरुङको निर्देशनमा ड्रोनबाट सुरक्षा अनुगमन तीव्र
तनहुँको बस दुर्घटनामा २ जनाको ज्यान गयो, २७ जना घाइतेलाई मणिपाल रिफर
तनहुँको बस दुर्घटनामा २ जनाको ज्यान गयो, २७ जना घाइतेलाई मणिपाल रिफर
काठमाडौंमा माघ २४ गते विरोधसभा गर्ने समाजवादी मोर्चाको निर्णय
काठमाडौंमा माघ २४ गते विरोधसभा गर्ने समाजवादी मोर्चाको निर्णय
दुई महिनाभित्र पशु कल्याण ऐन ल्याउने कृषि मन्त्री अधिकारीको प्रतिवद्धता
दुई महिनाभित्र पशु कल्याण ऐन ल्याउने कृषि मन्त्री अधिकारीको प्रतिवद्धता
सिंहदरबार र आसपासका सरकारी निकायमा कति सवारी साधन जले ? (सूचीसहित)
सिंहदरबार र आसपासका सरकारी निकायमा कति सवारी साधन जले ? (सूचीसहित)