भलिबल प्रशिक्षणबाट ‘ब्रेक’ लिने प्रशिक्षक भट्टको घोषणा

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, आश्विन ८, २०८२
|
|
२८ पटक हेरिएको
Shares
भलिबल प्रशिक्षणबाट ‘ब्रेक’ लिने प्रशिक्षक भट्टको घोषणा

सारांश

  • नेपाली भलिबल प्रशिक्षक जगदिश भट्टले अब भलिबलको कुनै पनि प्रशिक्षण गतिविधिमा संलग्न नहुने बताएका छन् ।
  • विगत तीन दशक नेपाली भलिबलमा योगदान गरेका भट्टले बुधबार फेसबुकमा स्ट्याटस लेख्दै भलिबल प्रशिक्षण लगायत गतिविधिबाट ब्रेक लिएको घोषणा गरेका छन् ।
  • “पेशा र राष्ट्रका खातिर पटक–पटक अवहेलना सहँदै ‘थोरै भए पनि केही गरौँ’ भन्ने सोचका साथ लागेको थिएँ।

८ असोज, काठमाडौं ।

नेपाली भलिबल प्रशिक्षक जगदिश भट्टले अब भलिबलको कुनै पनि प्रशिक्षण गतिविधिमा संलग्न नहुने बताएका छन् । विगत तीन दशक नेपाली भलिबलमा योगदान गरेका भट्टले बुधबार फेसबुकमा स्ट्याटस लेख्दै भलिबल प्रशिक्षण लगायत गतिविधिबाट ब्रेक लिएको घोषणा गरेका छन् । “पेशा र राष्ट्रका खातिर पटक–पटक अवहेलना सहँदै ‘थोरै भए पनि केही गरौँ’ भन्ने सोचका साथ लागेको थिएँ। तर अब त्यो अवस्था रहेन। त्यसैले आगामी दिनमा राष्ट्रिय खेलकुद परिषद्को कार्यक्रमबाहेक—त्यो पनि जागिरमै रहेसम्म—मात्र संलग्न रहनेछु। अन्यथा, काम गर्न नसकिने अवस्थामा बसिरहनु भन्दा बाहिरबाटै भलिबल खेललाई सहयोग गर्ने बाटो रोज्नेछु। यसबाहेक अन्य कुनै गतिविधि (छनोट वा सहभागीता)मा संलग्न नहुने निर्णय लिएको छु भन्ने कुरा यहाँहरूलाई अवगत गराउन चाहन्छु” भट्टले लेखेका छन् ।

पछिल्लो पटक नेपालको पुरुष भलिबल टिममा खेलाडी छनोटको विषयमा विवाद भएपछि भट्टले यस्तो घोषणा गरेका हुन् । हाल नेपाली भलिबलको तीन फरक टिम अन्तर्राष्ट्रिय प्रतियोगिताको लागि प्रशिक्षणमा व्यस्त छ । भट्टले यसअघि तीन टिमको प्रशिक्षणमा पुगेर पनि सघाउने गर्दै आएका थिए । भट्टले अनलाइनखबरसँग संक्षिप्त कुरा गर्दै सँधै राष्ट्रको लागि सोचेर अघि बढ्दा पनि कसैको साथ नपाउँदा अब प्रशिक्षणमा नबस्ने निर्णय गरेको बताए । नेपाल भलिबल संघका महासचिव रोशन श्रेष्ठले राखेप अन्तर्गत भलिबलको मुख्य प्रशिक्षक भएकोले खेलाडी छनोटको विषयमा जगदिश भट्टले सञ्चारमाध्यममा अन्तर्वार्ता दिएको बताए । तर नेपाल भलिबल संघले तीन जना सम्मिलित छनोट समितिको सिफारिसमा खेलाडी छनोट गरेको र त्यसबाट उत्कृष्ट टिम बनाउने लक्ष्य रहेको बताए । महासचिव श्रेष्ठले आफूले प्रशिक्षक भट्टको स्ट्याटस नहेरेको बताए । साथै उनले अहिले नेपालको मुख्य प्राथमिकता काभा नेसन्स लिगमा मेडल जित्ने भएकोले त्यसमा सहयोग गर्न सबैलाई आग्रह गरे ।

भट्ट राष्ट्रिय खेलकुद परिषद (राखेप) अन्तर्गत भलिबलको मुख्य प्रशिक्षक हुन् भने राखेप अन्तर्गत तालिम तथा प्रशिक्षण विभागको उपनिर्देशक हुन् । उनी नेपाली भलिबलको सबैभन्दा सफल प्रशिक्षक हुन् । उनकै प्रशिक्षणमा नेपालकोमहिला टोलीले एभिसी सेन्ट्रल जोनमा दुई उपाधि जितेको थियो भने १३ औं सागमा ऐतिहासिक कांस्य पदक जितेका थिए । उनले तीन दशक लामो भलिबल यात्रामा आफूले पेशा राष्ट्रिय धर्म सम्झेर नेपाली भलिबलको विकासमा योगदान गरेको बताएका छन् ।

यस्तो छ उनले सामाजिक सञ्जालमा लेखेको सन्देश :

बिगत तीन दशकको यात्रापछि— मैले जे–जे गरेँ, त्यो पेशा र राष्ट्रको धर्म सम्झेर मात्र गरेँ। नेपाली भलिबललाई राष्ट्रिय खेलको रूपमा स्थापित गर्न र परिणाममुखी बनाउनका लागि आफ्ना व्यक्तिगत इच्छा–चाहनालाई त्यागेर यहा सम्म ल्याइपुर्याउन जे जे गरे सबै माझ छर्लङ्ग छ। अझ राम्रो गर्न खोज्दा आइपर्ने हरेक समस्याको समाधान गर्दै आज यहाँसम्म आइपुगेको छु। यस यात्रामा साथ, सहयोग वा आलोचना गर्नु हुने सबैप्रति हार्दिक आभार प्रकट गर्दछु। पेशा र राष्ट्रका खातिर पटक–पटक अवहेलना सहँदै ‘थोरै भए पनि केही गरौँ’ भन्ने सोचका साथ लागेको थिएँ। तर अब त्यो अवस्था रहेन। त्यसैले आगामी दिनमा राष्ट्रिय खेलकुद परिषद्को कार्यक्रमबाहेक—त्यो पनि जागिरमै रहेसम्म—मात्र संलग्न रहनेछु। अन्यथा, काम गर्न नसकिने अवस्थामा बसिरहनु भन्दा बाहिरबाटै भलिबल खेललाई सहयोग गर्ने बाटो रोज्नेछु। यसबाहेक अन्य कुनै गतिविधि (छनोट वा सहभागीता)मा संलग्न नहुने निर्णय लिएको छु भन्ने कुरा यहाँहरूलाई अवगत गराउन चाहन्छु। पटक पटक कठिन परिस्थिति पार गर्दै यहाँसम्म आइपुग्दा हरेक समयमा नेपाली भलिबल खेललाइ परिणाममुखि बनाउनुका लागि खेपेको चुनौती कि म लाइ नजिक बाट सहयोग गर्ने वा कि मलाई मात्रै थाहा छ। अभाव र प्रभावका बीच निस्वार्थ भावले काम गर्दा आफ्नै भलिबल परिवारबाट पाएको असहयोग र पटक पटक खेप्नु परेको आलोचनाको पीडाले मेरो स्वास्थ्य अवस्था समेत बिग्रिएको छ। त्यसैले नकारात्मक, निराशावादी र स्वार्थी व्यक्तिहरूको झुन्डबाट अलग हुँदै अब बिश्राम लिने निर्णय लिएको छु। असन्तुष्ट प्राणि हरुको इच्छा पुरा गर्ने कोशिस गर्नु होला मैले सकिन है ।। पारिवारिक दबाबले यो निर्णय लिएको हो। तर भलिबल खेल मेरो आत्मा हो—यो सदैव मेरो जीवनसँग रहनेछ। जहाँ म खुशीसाथ आफ्ना अनुभव बाँड्न सक्छु, त्यहीँ म पुग्नेछु। धन्यवाद।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मन्त्रिपरिषद् बैठक साँझ ७ बजे बस्दै
मन्त्रिपरिषद् बैठक साँझ ७ बजे बस्दै
ब‌‌गलादेशमा शेख हसिनासहित ११ जनाविरुद्ध अर्को पक्राउ पुर्जी जारी
ब‌‌गलादेशमा शेख हसिनासहित ११ जनाविरुद्ध अर्को पक्राउ पुर्जी जारी
खड्ग फागोले थाले चुनावी होमवर्क, मोरङ–१ को समग्र विकास पहिलो एजेन्डा
खड्ग फागोले थाले चुनावी होमवर्क, मोरङ–१ को समग्र विकास पहिलो एजेन्डा
बन्दरगाहमा विस्फोट हुँदा १८ जनाको मृत्यु
बन्दरगाहमा विस्फोट हुँदा १८ जनाको मृत्यु
सम्झौता कार्यान्वयनको माग गर्दै सहकारी पीडितको प्रदर्शन (तस्बिरहरु)
सम्झौता कार्यान्वयनको माग गर्दै सहकारी पीडितको प्रदर्शन (तस्बिरहरु)
राजेन्द्र महतोले आज नयाँ पार्टी दर्ता गराउँदै
राजेन्द्र महतोले आज नयाँ पार्टी दर्ता गराउँदै
कमल थापा पक्राउपछि राप्रपा नेपालले बोलायो आकस्मिक बैठक
कमल थापा पक्राउपछि राप्रपा नेपालले बोलायो आकस्मिक बैठक
मन्त्री पोखरेलद्वारा सरकारका एकसय दिनका उपलब्धि संसदमा प्रस्तुत
मन्त्री पोखरेलद्वारा सरकारका एकसय दिनका उपलब्धि संसदमा प्रस्तुत
५ दिनअघि मात्र ‘मिस्टर काठमाडौं’को उपाधि जितेका प्रकाश राईको हृदयघातका कारण मृत्यु
५ दिनअघि मात्र ‘मिस्टर काठमाडौं’को उपाधि जितेका प्रकाश राईको हृदयघातका कारण मृत्यु
घट्यो सुनचाँदीको मूल्य कतिमा हुदैछ कारोबार ?
घट्यो सुनचाँदीको मूल्य कतिमा हुदैछ कारोबार ?