सिन्धुलीबाट काठमाडौँ आउँदै गरेका बस र सुमो काभ्रेमा पहिरोले पुरिए

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, आश्विन २५, २०८१
|
|
१२१ पटक हेरिएको
Shares
सिन्धुलीबाट काठमाडौँ आउँदै गरेका बस र सुमो काभ्रेमा पहिरोले पुरिए

सारांश

  • बीपी राजमार्गमा पर्ने रोशी गाउँपालिका- ११ पिप्लेमा सुख्खा पहिरो खस्दा फेरि सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ।
  • सडकमा सवारी साधन गुडिरहेको अवस्थामा एक्कसी माथिबाट आएको सुख्खा पहिरोले दुईवटा सवारी साधनलाईमसेत पुगेको छ।
  • सिन्धुलीटबाट काठमाडौँ तर्फ आउँदै गरेको बा ४ ख ४३५२ नम्बरको बसलाई पहिरोले रोशी खोलामा खसालेको छ भने खोटाङबाट काठमाण्डौँतर्फ आउँदै  गरेको ना १ ज- ६८१७ नम्बरको सुमोलाई पहिरोले पुरेको प्रहरीले जनाएको छ।

 

२५ असोज, आजदेखि सञ्चालनमा आउने भनिएको बीपी राजमार्ग फेरि अवरुद्ध भएको छ। बीपी राजमार्गमा पर्ने रोशी गाउँपालिका- ११ पिप्लेमा सुख्खा पहिरो खस्दा फेरि सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ।

सडकमा सवारी साधन गुडिरहेको अवस्थामा एक्कसी माथिबाट आएको सुख्खा पहिरोले दुईवटा सवारी साधनलाईमसेत पुगेको छ।सिन्धुलीटबाट काठमाडौँ तर्फ आउँदै गरेको बा ४ ख ४३५२ नम्बरको बसलाई पहिरोले रोशी खोलामा खसालेको छ भने खोटाङबाट काठमाण्डौँतर्फ आउँदै  गरेको ना १ ज- ६८१७ नम्बरको सुमोलाई पहिरोले पुरेको प्रहरीले जनाएको छ। घटनामा मानवीय क्षति भने नभएको प्रहरीको भनाई छ। बिहीबार बिहान करिब तीन बजे पहिरो खसेको हो। पहिरोले बसलाई सडकबाट झण्डै २० मिटर तल खसालेको छ। त्यसैगरी पहिरोले पुरेको सुमोको भने पछाडिको भाग मात्रै देखिएको छ।

‘बीपी राजमार्ग अन्तर्गतकै नमोबुद्ध तेमाल हुँदै मंगलटार जाने कच्ची सडक खण्ड र रोशी गाउँपालिका ११ पिप्लेस्थित बीपी राजमार्गमा पुनः सुख्खा पहिरो झरिरहेकोले तत्कालको लागि दुईतर्फी नै सडक अवरुद्ध रहेकाले यात्रा नगर्न अनुरोध छ,’ जिल्ला प्रहरी कार्यालय काभ्रेले केही बेरअघि जारी गरेको सूचनामा भनिएको छ। विगत दुई सातादेखि अवरुद्ध बीपी राजमार्गमा आजदेखि पूर्णरुपमा सवारी साधन सञ्चालनमा आउने भनिएको थियो। बाढीपहिरोले क्षतिग्रस्त भई अवरुद्ध रहेको यो सडक सामान्य मर्मतपछि शुक्रबार बिहानदेखि सञ्चालनमा ल्याउने तयारी भइरहँदा पुनः पहिरो खसेको हो। प्रधानमन्त्री केपी शर्मा ओलीले पनि शुक्रबार बिहान १० बजेसम्म बीपी राजमार्ग सञ्चालनमा आउने जानकारी दिएका थिए। बिहीबार सामाजिक सञ्जालमार्फत् प्रधानमन्त्री ओलीले यस्तो जानकारी दिएका थिए।

‘बीपी राजमार्गमा पहिरोको अवरोध खुलाउन आफ्नो टोलीसँगै फिल्डमा रहनु भएका भौतिक पूर्वाधार मन्त्रालयका सचिव इन्जिनियर केशव शर्मासँग केहीबेर अघि टेलिफोनमा कुरा भयो,’ उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘उहाँ सडक मर्मत गर्ने प्राविधिक टोली सहित रोशी गाउँपालिका( ९ को दाउने भन्ने ठाउँमा हुनुहुन्छ। उहाँका अनुसार भोलि बिहान १० बजेसम्म बीपी राजमार्ग सञ्चालनमा आउने छ। आज दिनभर र रातभर काम गर्दा बाँकी रहेको तीन ठाउँको अवरोध हट्ने छ। भोलि राजमार्ग खुलेपछि मात्र दसैँ मान्ने बताउनु भयो। सडक खुलाउन अहोरात्र लाग्नु भएका प्राविधिक सहित सम्पूर्ण टिमलाई धन्यवाद!’

काठमाडौँ उपत्यकालाई पूर्वी नेपालसँग जोड्ने छोटो दूरीको बीपी राजमार्ग यही असोज ११ र १२ गतेको बाढीपहिरोले अवरुद्ध भएको थियो। बाढीपहिरोले राजमार्गको विभिन्न ठाउँमा गरी करिब १२ किलोमिटरसम्म क्षति पुगेको छ। सडक, पुल र कल्भर्टहरु बगेको ठाउँमा अस्थायी संरचना निर्माण गरेर बीपी राजमार्गमा गाडी चलाउने तयारी गरिएको अवस्थामा पुन पहिरो खसेको हो। नेपालीहरुको मुख्य पर्व दसैँअघि बीपी राजमार्ग बन्द हुँदा यात्रुले निकै सास्ती पाउँदै आएका छन्। यो राजमार्ग अन्तर्गत काभ्रेको नमोबुद्ध नगरपालिका-६ र रोसी गाउँपालिका-७ सीमास्थल चौकीडाँडामा रोसी खोलाको बाढीले दुई सय मिटर सडक बगाएको स्थानमा डाइभर्सन सडक निर्माण गरिएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रहरी उच्च अधिकारीहरूले दायर गरेको रिटमा आज सुनुवाइ हुँदै
प्रहरी उच्च अधिकारीहरूले दायर गरेको रिटमा आज सुनुवाइ हुँदै
तिन वटा संसदीय समितिको बैठक बस्दै
तिन वटा संसदीय समितिको बैठक बस्दै
लालबन्दी नगरपालिका स्वास्थ्य क्षेत्रमा जिल्लाकै उत्कृष्ट
लालबन्दी नगरपालिका स्वास्थ्य क्षेत्रमा जिल्लाकै उत्कृष्ट
राप्रपा र रास्वपाको अवरोधकैबीच अघि बढ्यो संसद्
राप्रपा र रास्वपाको अवरोधकैबीच अघि बढ्यो संसद्
रोमाञ्चक मोडमा आईपीएलको प्लेअफ समीकरण, अन्तिम खेलले गर्न सक्छ ठूलो उलटफेर
रोमाञ्चक मोडमा आईपीएलको प्लेअफ समीकरण, अन्तिम खेलले गर्न सक्छ ठूलो उलटफेर
वीरगञ्ज बसपार्क चौकीका सहायक निरीक्षकको धम्की र अनैतिक गतिविधि संरक्षणको आरोप
वीरगञ्ज बसपार्क चौकीका सहायक निरीक्षकको धम्की र अनैतिक गतिविधि संरक्षणको आरोप
भुटानमा जारी साफ यू-१७ महिला च्याम्पियनसिपमा आज बंगलादेशसँग भिड्दै नेपाल
भुटानमा जारी साफ यू-१७ महिला च्याम्पियनसिपमा आज बंगलादेशसँग भिड्दै नेपाल
देशभरका ५ वटा राजमार्गका यी खण्ड पूर्णरुपमा अवरुद्ध
देशभरका ५ वटा राजमार्गका यी खण्ड पूर्णरुपमा अवरुद्ध
चितवनमा आजदेखि ६ घण्टा लोडसेडिङ, यस्तो छ तालिका
चितवनमा आजदेखि ६ घण्टा लोडसेडिङ, यस्तो छ तालिका
कात्तिकभित्रै बक्यौता भुक्तानी गर्ने सहमतिपछि दूध किसानले रोके आन्दोलन
कात्तिकभित्रै बक्यौता भुक्तानी गर्ने सहमतिपछि दूध किसानले रोके आन्दोलन