यस्तो छ तपाइको आजको राशिफल

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, कार्तिक ६, २०८१
|
|
२२ पटक हेरिएको
Shares
यस्तो छ तपाइको आजको राशिफल

सारांश

  • आर्थिक व्यवस्थापनका कामहरुमा समस्या आउन सक्छन्।
  • अवसरवादीहरूले काम बिगार्न सक्छन् ।
  • पढाई लेखाईमा पनि आजको दिनमा उचित प्रगति नहुन सक्छ ।

 

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
मेष राशि भएकाहरूका आज व्यापार व्यवसायमा लगानी गर्नका लागि उचित समय छैन। आर्थिक व्यवस्थापनका कामहरुमा समस्या आउन सक्छन्। अवसरवादीहरूले काम बिगार्न सक्छन् । पढाई लेखाईमा पनि आजको दिनमा उचित प्रगति नहुन सक्छ । प्रेममा अविश्वास हुन सक्ने र पारिवारिक जीवनमा पनि असमझदारी हुन सक्ने भएकाले ध्यान दिनुपर्नेछ।

 

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
वृष राशि भएकाहरूका लागि आज समय शुभ छ । व्यापार व्यवसायमा लगानी बढाई आम्दानीका स्रोतहरु बढाउन सकिनेछ । भौतिक सम्पत्ति तथा मानव निर्मित वस्तुहरु प्राप्तिको योग रहेकोछ । लामो समयदेखि भेट नभएका मित्रहरुसँग भेट हुनेछ भने माया प्रेममा आत्मियताको बढोत्तरी हुनेछ भने रमाईलो यात्राको तय हुनेछ । विद्यार्थीहरुले अध्ययनमा सफलता पाउँनेछन्।

 

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)

मिथुन राशि भएकाहरूका लागि आज समय त्यत्ति शुभ छैन । साथीभाई तथा आफन्तको आवश्यकतामा उचित सहयोग प्राप्त नहुन सक्छ । व्यापार व्यवसायमा उचित समय दिन नसक्नाले त्यसबाट नाफा नहोला । पारिवारिक जीवनमा असमझदारी बढ्न सक्ने भएकाले राम्रो वातावरण बनाउने प्रयास गर्नुपर्ला। विद्यार्थीले पनि पढाई अलिक ध्यान दिनुपर्नेछ।

 

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

आज कर्कट राशिका लागि आज समय निकै महत्वपूर्ण छ । आफन्त तथा साथीभाईको सहयोग प्राप्त हुनाले कामहरु गर्न शरीरमा उर्जा पैदा हुनेछ । प्रतिष्पर्धिहरुलाई हराउँदै सकारात्मक नतिजा हात पार्न सकिनेछ । व्यापार व्यवसायमा थोरै लगानीबाट यथेष्ट लाभ लिन सकिनेछ ।। प्रेममा रमाउँन चाहनेहरुका लागि समय उत्तम रहेको छ । विद्यार्थीको पढाईमा पनि सफलता मिल्ने समय रहको छ।

 

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

सिंह राशि भएकाहरुका लागि आज समय खराब छ । विवाद तथा प्रतिस्पर्धामा आज विजय हुन कठिन रहेको छ । व्यापार व्यवसायमा गरिएको लगानिबाट नाफा कमाउन निकै नै संघर्ष गर्नुपर्ला । विद्यामा सोचेजस्तो प्रगति गर्न धेरै समय खर्चिनुपर्ला । सामान्य स्वास्थ्य सम्बन्धी समस्याले सताउन सक्छ । ऋण लाग्ने तथा खर्च बढ्ने हुँदा मन चिन्तित हुनेछ । प्रेममा समेत अविश्वासको वातावरण सिर्जना हुनेछ ।

 

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)

कन्या राशि भएकाहरूका लागि आज समय राम्रो रहेको छ । विभिन्न अवसरहरु आउने हुँदा त्यसलाई प्रयोग गरी राम्रो आम्दानी गर्न सकिनेछ । पढाई लेखाइमा सोचे जस्तै प्रगति हुनेछ । छोटो तथा रमाईलो यात्राको सम्भावना रहेको छ। व्यापारमा प्रशस्त नाफा कमाउन सकिनेछ । दाम्पत्य जीवनमा विश्वासको वातावरण अझ बढेर जाने हुँनाले घर परिवारमा खुशियाली छाउनेछ ।

 

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)

तुला राशि भएकाहरूका लागि आज समय राम्रो रहेको छ। गोचरमा तपाईंको राशिबाट दशौँ चन्द्रमा रहेकाले आज काममा पदोन्नति वा जिम्मेवारी बढ्नुका साथै पुरस्कार पनि प्राप्त हुन सक्छ । व्यवसाय गर्नेहरुले आफ्नो व्यवसाय बढाउने र राम्रो नाफा आर्जन गर्न सक्ने छन्। कृषि तथा पशुपालन व्यवसायमा भने लगानी बढाई आम्दानी गर्न सकिनेछ । पढाई, प्रेम तथा पारिवारिक क्षेत्र आज राम्रो रहन सक्नेछ।

 

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

वृश्चिक राशि भएकाहरूका लागि आज समय सामान्य रहेको छ । साथीभाई तथा आफन्तबाट विश्वासघात तथा धोका हुन सक्छ। स्वास्थ्य सम्बन्धी समस्या आउन सक्छ ध्यान दिनुहोला । राज्य पक्षबाट अनावश्यक समस्या हुन सक्छ । मानसम्मान तथा प्रतिष्ठामा कमी आउँन सक्छ । पढाई लेखाईमा समय दिन नसक्दा अरुभन्दा पछि परिने सम्भावना रहेको छ । व्यवसायमा समय दिए पनि आम्दानी गर्न मुस्किल पर्नेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

धनु राशिका लागि आज समय त्यति राम्रो रहने छैन । पढाईको क्षेत्र कमजोर रहन सक्छ। गरिरहेको काममा विभिन्न समस्या आउँनाले काम सम्पन्न हुनमा ढिलासुस्ती हुन सक्छ र जसको कारणले आर्थिक समस्या हुन सक्छ। व्यवसायमा गरिएको लगानीले पनि उचित प्रतिफल नदिन सक्छ। पारिवारिक जीवनमा अविश्वासको वातावरण सिर्जना हुन सक्छ।

 

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

मकर राशि भएकाहरूका लागि आज स्वास्थ्य भरपर्दोे रहनेछ । आम्दानीका स्रोत बढ्नेछ भने सामाजिक काम गर्दै नाम कमाउन सकिनेछ । घर परिवारमा सुखद् समाचारले थप उत्साह जगाउँनेछ । विभिन्न किसिमका भौतिक लाभ हुने छन भने सवारी साधन प्राप्तिको योग रहेको छ। शेयर बजार तथा अन्य लगानीको लागि पनि आज राम्रो समय रहेको छ। छोटो यात्रा हुन सक्ने योग पनि देखिन्छ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)

कुम्भ राशिका लागि आज दिन तथा समय राम्रो रहेको छ। धार्मिक कार्यमा मन जाने तथा मन्दिर तथा धार्मिक अनुष्ठानतिरको यात्रा गर्न सकिनेछ । लामो दुरीको धार्मिक तथा शैक्षिक यात्राको प्रशस्त सम्भावना रहेको छ । भाग्यले साथ दिने हुँदा सानो प्रयत्नले कामहरु बन्नेछन् । अध्ययन तथा अनुसन्धानको क्षेत्रमा तपाईकै बर्चस्व रहनेछ । व्यापार व्यवसायमा साथीभाई तथा आफन्तको सहयोग हुनेछ । नयाँ काम पाउँने तथा बढुवा हुने योग रहेको छ ।

 

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)

मीन राशि भएकाहरूका लागि आज पनि समय भरपर्दो रहनेछैन । स्वास्थ्यमा कमजोरी देखिनेहुँदा दैनिक कामकाजमा समस्या पैदा हुन सक्छ ध्यान दिनुहोला । अप्रिय समाचारले दु:खी बनाउनेछ । व्यापार व्यवसायमा नाफा कमाउन निकै समय खर्चनु पर्नेछ । दाजुभाई तथा छिमेकीसँग अनावश्यक विवाद हुन सक्छ भने तपाईले शुरु गर्नुभएको काममा बाधा तथा अवरोधहरु खडा गर्नेछन् । पढाई लेखाईमा अरुभन्दा पछि परिने चिन्ताले सताउनेछ ।

प्रसिद्ध ज्योतिष गुरु बिबेक
(जन्मकुण्डली र हस्तरेखामा आधारित भविष्यवाणी र वास्तुसम्बन्धी परामर्श प्रदान गर्दै आउनुभयेका प्रसिद्ध ज्योतिष गुरु बिबेक पाण्डेयलाई ९८१२००५३७८ मा सम्पर्क गर्न सक्नुहुनेछ।)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मुस्ताङ भ्रमण गर्ने विदेशी पर्यटक ५० प्रतिशतले बढे
मुस्ताङ भ्रमण गर्ने विदेशी पर्यटक ५० प्रतिशतले बढे
‘लोकतन्त्रको जग भत्काउने पूर्वसर्त राखेर सुशीला कार्की प्रधानमन्त्री बन्नुभयो’
‘लोकतन्त्रको जग भत्काउने पूर्वसर्त राखेर सुशीला कार्की प्रधानमन्त्री बन्नुभयो’
सशस्त्र प्रहरी निरीक्षक विजय तुलाधरको सम्झनामा स्मृति बाटिकाको उद्घाटन
सशस्त्र प्रहरी निरीक्षक विजय तुलाधरको सम्झनामा स्मृति बाटिकाको उद्घाटन
शिक्षकका मागप्रति गम्भीर छौं, चाँडै निर्णय लिन्छौं, सरकारको भनाइ
शिक्षकका मागप्रति गम्भीर छौं, चाँडै निर्णय लिन्छौं, सरकारको भनाइ
खोलाले बगाएर बेपत्ता तीर्थयात्रीको शव फेला
खोलाले बगाएर बेपत्ता तीर्थयात्रीको शव फेला
इटहरीमा मोटरसाइकललाई ट्रकले ठक्कर दिंदा २ जनाको मृत्यु
इटहरीमा मोटरसाइकललाई ट्रकले ठक्कर दिंदा २ जनाको मृत्यु
चिसोमा पनि घटेन डेंगु संक्रमण, एक सातामा ९६ जनामा पुष्टि
चिसोमा पनि घटेन डेंगु संक्रमण, एक सातामा ९६ जनामा पुष्टि
माइतीघरबाट निकोलस भुसालसहित १३ जना पक्राउ
माइतीघरबाट निकोलस भुसालसहित १३ जना पक्राउ
प्रधानमन्त्री ओली तुर्केमिनिस्तान जाँदै
प्रधानमन्त्री ओली तुर्केमिनिस्तान जाँदै
प्रधानमन्त्री प्रचण्ड र सभामुख घिमिरेबीच टेलिफोन संवाद, संसदको अवरोध हटाउने बारे छलफल
प्रधानमन्त्री प्रचण्ड र सभामुख घिमिरेबीच टेलिफोन संवाद, संसदको अवरोध हटाउने बारे छलफल