आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, माघ १०, २०८२
|
|
४३ पटक हेरिएको
Shares
आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै

सारांश

  • आज विश्वभर अन्तर्राष्ट्रिय शिक्षा दिवसका रूपमा मनाइँदैछ ।
  • हरेक वर्ष जनवरी २४ लाई अन्तर्राष्ट्रिय शिक्षा दिवसका रूपमा मनाउने गरिन्छ ।
  • शिक्षा एउटा आधारभूत मानव अधिकार मात्र नभई सार्वजनिक हित र सार्वजनिक दायित्वसमेत भएको सन्देश फैलाउने उद्देश्यका साथ संयुक्त राष्ट्र सङ्घको महासभाले यस दिवसको घोषणा गरेको हो।

काठमाडौं ।

आज विश्वभर अन्तर्राष्ट्रिय शिक्षा दिवसका रूपमा मनाइँदैछ । हरेक वर्ष जनवरी २४ लाई अन्तर्राष्ट्रिय शिक्षा दिवसका रूपमा मनाउने गरिन्छ । शिक्षा एउटा आधारभूत मानव अधिकार मात्र नभई सार्वजनिक हित र सार्वजनिक दायित्वसमेत भएको सन्देश फैलाउने उद्देश्यका साथ संयुक्त राष्ट्र सङ्घको महासभाले यस दिवसको घोषणा गरेको हो। शान्ति, दिगो विकास र समावेशी समाज निर्माणमा शिक्षाको भूमिकालाई केन्द्रमा राख्दै मनाइने यस दिवसले सबैका लागि समावेशी, समतामूलक र गुणस्तरीय शिक्षाको सुनिश्चितता आवश्यक रहेकोमा जोड दिन्छ ।

शिक्षा सबै नागरिकसम्म नपुगुन्जेल लैङ्गिक समानता हासिल गर्न र गरिबीको चक्र तोड्न कठिन हुने संयुक्त राष्ट्रको निष्कर्ष छ । यस वर्ष अन्तर्राष्ट्रिय शिक्षा दिवसको नारा ‘शिक्षाको सह–निर्माणमा युवाको शक्ति’ रहेको छ । यस नाराले शिक्षालाई केवल सरकार वा शिक्षण संस्थाको जिम्मेवारीका रूपमा मात्र नभई युवाको सक्रिय, सिर्जनशील र रचनात्मक सहभागिताबाट विकास हुने साझा प्रक्रियाका रूपमा व्याख्या गरेको छ । संयुक्त राष्ट्र सङ्घले सन् २०२० को सेप्टेम्बरमा आयोजना गरेको रूपान्तरणकारी शिक्षा शिखर सम्मेलनले अघि सारेका प्रतिबद्धताहरूलाई कार्यान्वयनमा लैजान यस वर्ष पनि विश्वभर राजनीतिक प्रतिबद्धता र सहकार्य सुदृढ गर्न आह्वान गरिएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नयाँ दल दर्ताको निवेदन अवैधानिक : जसपा
नयाँ दल दर्ताको निवेदन अवैधानिक : जसपा
दशैंका लागि अग्रिम टिकट बुकिङ असोज २२ गतेदेखि खुल्ने
दशैंका लागि अग्रिम टिकट बुकिङ असोज २२ गतेदेखि खुल्ने
सभामुखको आह्वानमा सर्वदलीय बैठक सुरु
सभामुखको आह्वानमा सर्वदलीय बैठक सुरु
रुकुमपूर्वको मध्यपहाडी लोकमार्गमा राति सवारी चलाउन रोक
रुकुमपूर्वको मध्यपहाडी लोकमार्गमा राति सवारी चलाउन रोक
सर्पदंश व्यवस्थापनसम्बन्धी सि.एम.इ. कार्यक्रम
सर्पदंश व्यवस्थापनसम्बन्धी सि.एम.इ. कार्यक्रम
लगातार छैटौं दिन बढ्यो सेयर बजार, साढे ६ अर्ब नाघ्यो कारोबार
लगातार छैटौं दिन बढ्यो सेयर बजार, साढे ६ अर्ब नाघ्यो कारोबार
भारतमा सात नेपाली वालवालिकाको उद्धार, नेपाल ल्याउने तयारी हुँदै
भारतमा सात नेपाली वालवालिकाको उद्धार, नेपाल ल्याउने तयारी हुँदै
रुपन्देहीमा राम्रो नतिजा ल्याउँछौं, एक्लै लड्ने तयारी गर्नुहोस् : अध्यक्ष प्रचण्ड
रुपन्देहीमा राम्रो नतिजा ल्याउँछौं, एक्लै लड्ने तयारी गर्नुहोस् : अध्यक्ष प्रचण्ड
सिनामंगल होटलमा झुण्डिएको अवस्थामा युवा–युवती मृत फेला
सिनामंगल होटलमा झुण्डिएको अवस्थामा युवा–युवती मृत फेला
संस्कृति र पर्यटन प्रवर्द्धन प्रदेश सरकारको प्राथमिकताः मुख्यमन्त्री आचार्य
संस्कृति र पर्यटन प्रवर्द्धन प्रदेश सरकारको प्राथमिकताः मुख्यमन्त्री आचार्य