लगातार छैटौं दिन बढ्यो सेयर बजार, साढे ६ अर्ब नाघ्यो कारोबार
सारांश
- लगातार छैटौं कारोबार दिन सेयर बजार बढेको छ ।
- मंगलबार बजार परिसूचक नेप्से ७.
- २५ अंक बढेको छ ।
५ साउन, काठमाडौं ।
लगातार छैटौं कारोबार दिन सेयर बजार बढेको छ । मंगलबार बजार परिसूचक नेप्से ७.२५ अंक बढेको छ । यो वृद्धिपछि नेप्से २७२६ अंकमा कायम भएको छ । यो अंक जेठ २८ यताकै उच्च हो । गत साताको मंगलबार, बुधबार, बिहीबार, शुक्रबार पनि बजार बढेको थियो । हिजो सोमबार ४१.७० अंक बढेको थियो । आज १०३ कम्पनीको मूल्य बढ्दा १६२ को घटेको छ भने १२ को स्थिर रह्यो । आज बजार केही उतारचढावमा रह्यो । दिउँसो १२ : ४९ बजे नेप्से २७५३ अंकसम्म पुगेको थियो ।

कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया