मृ*तकका परिवार बालुवाटारमा, माग सम्बोधन नभएसम्म श*व नबुझ्ने अडान

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, भाद्र २९, २०८२
|
|
५७ पटक हेरिएको
Shares
मृ*तकका परिवार बालुवाटारमा, माग सम्बोधन नभएसम्म श*व नबुझ्ने अडान

सारांश

  •   मृतकका परिवारले माग सम्बोधन नभएसम्म शव नबुझ्ने बताएका छन् ।
  • मृतक परिवार मिलेर जेन-जी आन्दोलनका मृतक तथा घाइते परिवार संघर्ष समिति पनि गठन गरेका छन् ।
  • मृतकका परिवार अहिले प्रधानमन्त्री सुशीला कार्कीलाई भेट्न र आफ्नो माग सम्बोधनका लागि बालुवाटार निवास अगाडि कुरिरहेका छन् ।

२९ भदौ, काठमाडौं । 

मृतकका परिवारले माग सम्बोधन नभएसम्म शव नबुझ्ने बताएका छन् । मृतक परिवार मिलेर जेन-जी आन्दोलनका मृतक तथा घाइते परिवार संघर्ष समिति पनि गठन गरेका छन् । मृतकका परिवार अहिले प्रधानमन्त्री सुशीला कार्कीलाई भेट्न र आफ्नो माग सम्बोधनका लागि बालुवाटार निवास अगाडि कुरिरहेका छन् ।

मृतकका आफन्त कमल सुवेदीका अनुसार शनिबार प्रधानमन्त्री कार्कीसँग माग सम्बोधन गर्ने विषयमा मौखिक सहमति भएको थियो । आइतबार लिखित गर्ने प्रधानमन्त्री कार्कीले प्रतिबद्धता जनाएका थिए । मृतकका आफन्तले भदौ २३ र २४ गतेको आन्दोलनमा सहादत प्राप्त गर्ने सम्पूर्णलाई सहिद घोषणा, सहादत प्राप्त गर्नेलाई राजकीय सम्मानका साथ अन्त्येष्टि र चक्रपथ परिक्रमा गरी शवयात्रा गर्नुपर्ने, सहिद परिवारलाई उचित क्षतिपूर्तिका साथै सचिवस्तरीय पेन्सनको व्यवस्थालगायतका माग राखेका थिए । प्रधानमन्त्री सुशीला कार्कीले पदभार ग्रहण गरेसँगै जेन-जी आन्दोलनमा मृत्युवरण गरेकालाई प्रतिव्यक्ति १० लाख रुपैयाँ क्षतिपूर्ति उपलब्ध गराउने निर्णय गरेकी छिन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?