राष्ट्रपति पौडेलसँग प्रचण्डको भेटवार्ता

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, बैशाख २६, २०८२
|
|
२३ पटक हेरिएको
Shares
राष्ट्रपति पौडेलसँग प्रचण्डको भेटवार्ता

सारांश

  • नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गरेका छन् ।
  • आज (शुक्रबार) राष्ट्रपति पौडेल भेट्न प्रचण्ड शीतल निवास पुगेका थिए ।
  • भेटमा समसामयिक राजनीतिक विषयमा छलफल भएको प्रचण्डको सचिवालयले जनाएको छ ।

 

२६ वैशाख, काठमाडौं ।

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गरेका छन् । आज (शुक्रबार) राष्ट्रपति पौडेल भेट्न प्रचण्ड शीतल निवास पुगेका थिए । भेटमा समसामयिक राजनीतिक विषयमा छलफल भएको प्रचण्डको सचिवालयले जनाएको छ । भेटवार्तामा अन्य कुरा के–के भए भन्ने खुलाइएको छैन ।

सत्ता समीकरण फेरबदलको चर्चा चलिरहेको बेलामा प्रचण्डले शीतल निवास पुगेर राष्ट्रपति पौडेलसँग भेटवार्ता गर्नुलाई विशेष रुपमा हेरिएको छ । नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिको विषयमा पछिल्लो समय सत्तारुढ दल कांग्रेस र एमालेबीच सम्बन्ध चिसिएको छ । सभापति शेरबहादुर देउवा कांग्रेसले सिफारिस गरेको मान्छे गभर्नर हुनुपर्ने अडानमा छन् । यता प्रधानमन्त्री केपी शर्मा ओलीले भने गभर्नर नियुक्तिमा आनाकानी गरिरहेका छन् । गभर्नर नियुक्तिकै सन्दर्भलाई लिएर देउवा–ओलीको सम्बन्ध चिसिएको समेत राजनीतिक बृत्तमा चर्चा छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?