सामाजिक सन्जालमाथिको प्रतिबन्ध लामो समय जाँदैन्: योगेश भट्टराई

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, भाद्र २१, २०८२
|
|
८६ पटक हेरिएको
Shares
सामाजिक सन्जालमाथिको प्रतिबन्ध लामो समय जाँदैन्: योगेश भट्टराई

सारांश

  • सत्ताधारी दल एमालेका सांसद योगेश भट्टराईले सामाजिक सन्जाल नियमन निर्देशिकबाट नभई संसदबाट बन्ने कानुन अनुसार हुनुपर्ने बताएका छन् ।
  • ललितपुरमा शनिवार आयोजित आर्टिफिसियल इन्टेलिजेन्स सम्बन्धी दोस्रो राष्ट्रिय सम्मेलनमा बोल्दै उनले आफू संसदमा पुगेको सूचना प्रविधी लगायतका कानुन बनाएर मात्र नियमन गर्नु पर्छ भन्ने पक्षमा रहेको बताए ।
  • ‘सबै पक्षलाई निर्देशिकाबाट नियमन गर्न सक्दैन भन्नेमा म प्रष्ट छु,’ उनले भने‘ यसका लागि संसदमा पुगेका विधेयकहरु पास हुनुपर्छ ।

२१ भदौ, काठमाडौं ।

सत्ताधारी दल एमालेका सांसद योगेश भट्टराईले सामाजिक सन्जाल नियमन निर्देशिकबाट नभई संसदबाट बन्ने कानुन अनुसार हुनुपर्ने बताएका छन् । ललितपुरमा शनिवार आयोजित आर्टिफिसियल इन्टेलिजेन्स सम्बन्धी दोस्रो राष्ट्रिय सम्मेलनमा बोल्दै उनले आफू संसदमा पुगेको सूचना प्रविधी लगायतका कानुन बनाएर मात्र नियमन गर्नु पर्छ भन्ने पक्षमा रहेको बताए । ‘सबै पक्षलाई निर्देशिकाबाट नियमन गर्न सक्दैन भन्नेमा म प्रष्ट छु,’ उनले भने‘ यसका लागि संसदमा पुगेका विधेयकहरु पास हुनुपर्छ ।

त्यो पास भएपछि नै सरकारले नियमन शुरु गर्छ भन्ने लागेको थियो।  तर निर्देशिकाबाटै काम शुरु भयो’ । उनले सरकारले निर्देशिकाको आधारमा सामाजिक सन्जालमाथि शुरु गरेको नियमन र सूचिकृत नभएका सन्जाल नेपालमा बन्द गरेको भन्दै यो लामो समय नजाने बताएका छन् । नेपालभित्र सेवा दिनेहरु लुज कन्ट्रयाक्टमा आउनु पर्यो भनेर सरकारले नियमन शुरु गरेको र यसले सुविधा दिने र प्रयोग गर्नेहरू जिम्मेवार हुन् भन्ने मनसाय रहेको हुनसक्ने भन्दै २६ सामाजिक सन्जालमाथि नेपालमा रोक लगाउने कामको प्रतिरक्षा पनि गरे ।

तर उनले यो अवस्था लामो जान नहुने बताए । ‘प्रविधी हस्तान्तरण, लगानी लगायतबारे कानुन बनिसक्यो । सूचना प्रविधी, साइबर क्राइमबारे कानुन बन्ने प्रक्रियामा छ,’ उनले भने ‘सामाजिक सन्जालमाथिक प्रतिबन्ध लामो समय जाँदैन, जानू पनि हुँदैन। संसदमा विविध कानुन छ । संसदबाट ती कानुन बन्नुपर्छ ।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

वैदेशिक रोजगारीमा अमेरिका पठाई दिने भन्दै रकम ठगी गरेको आरोपमा महिला पक्राउ
वैदेशिक रोजगारीमा अमेरिका पठाई दिने भन्दै रकम ठगी गरेको आरोपमा महिला पक्राउ
बोलेरो दुर्घटना हुँदा एकको मृत्यु, एक गम्भीर
बोलेरो दुर्घटना हुँदा एकको मृत्यु, एक गम्भीर
रवि लामिछाने भोलिदेखि पार्टीको जिम्मेवारीमा फर्कने
रवि लामिछाने भोलिदेखि पार्टीको जिम्मेवारीमा फर्कने
सूर्यविनायक–धुलिखेल सडकको काम समयमै सकिँदैनः आयोजना
सूर्यविनायक–धुलिखेल सडकको काम समयमै सकिँदैनः आयोजना
कार्बन बिक्रीबापत प्राप्त रकम विपन्न नागरिकको हितमा परिचालन गर्नुपर्छ : मन्त्री दीपक खड्का
कार्बन बिक्रीबापत प्राप्त रकम विपन्न नागरिकको हितमा परिचालन गर्नुपर्छ : मन्त्री दीपक खड्का
प्रतिनिधिसभा सदस्यको एक स्थान रिक्त
प्रतिनिधिसभा सदस्यको एक स्थान रिक्त
विद्यालय शिक्षा विधेयक संशोधनका लागि नेसनल प्याब्सनको लिखित सुझाव
विद्यालय शिक्षा विधेयक संशोधनका लागि नेसनल प्याब्सनको लिखित सुझाव
मकवानपुरमा १० किलो गाँजासहित तीन भारतीय नागरिक पक्राउ
मकवानपुरमा १० किलो गाँजासहित तीन भारतीय नागरिक पक्राउ
पश्चिम नवलपरासीमा प्रहरीको गोली लागेर एक जना घाइते
पश्चिम नवलपरासीमा प्रहरीको गोली लागेर एक जना घाइते
दसैंमा सुनसान भयो काठमाडौं उपत्यका
दसैंमा सुनसान भयो काठमाडौं उपत्यका