बागमती नगरपालिकाका मेयर एकैदिन २ भ्रष्टाचार मुद्दामा दोषी ठहर

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, श्रावण २२, २०८२
|
|
२९ पटक हेरिएको
Shares
बागमती नगरपालिकाका मेयर एकैदिन २ भ्रष्टाचार मुद्दामा दोषी ठहर

सारांश

  • विशेष अदालतले सर्लाहीको बागमती नगरपालिकाका निलम्बित मेयर भरत थापा एकै दिन दुई फरक भ्रष्टाचारको आरोपमा दोषी ठहर गरेको छ ।
  •  अदालतले थापाले ३ करोड ४५ लाख २२ हजार ३८७ रुपैयाँ गैरकानुनी रूपमा आर्जन गरेको ठहर गर्दै एक वर्ष कैद र बिगो बराबरकै जरिवानाको फैसला सुनाएको छ।
  • न्यायाधीशहरू टेकनारायण कुँवर, मुरारीबाबु श्रेष्ठ र विदुर कोइरालाको इजलासले बुधबार उक्त फैसला गरेको हो।

२२ साउन, काठमाडौं ।

विशेष अदालतले सर्लाहीको बागमती नगरपालिकाका निलम्बित मेयर भरत थापा एकै दिन दुई फरक भ्रष्टाचारको आरोपमा दोषी ठहर गरेको छ । अदालतले थापाले ३ करोड ४५ लाख २२ हजार ३८७ रुपैयाँ गैरकानुनी रूपमा आर्जन गरेको ठहर गर्दै एक वर्ष कैद र बिगो बराबरकै जरिवानाको फैसला सुनाएको छ। न्यायाधीशहरू टेकनारायण कुँवर, मुरारीबाबु श्रेष्ठ र विदुर कोइरालाको इजलासले बुधबार उक्त फैसला गरेको हो। अदालतले मेयर थापा र उनको परिवारको आय र व्ययको विश्लेषण गर्दा आयभन्दा व्यय बढी देखिएको रकमलाई गैरकानुनी आर्जन ठहर गरेको छ।

अदालतको फैसलाअनुसार, जाँच अवधिमा थापाको कुल आय ९ करोड १४ लाख ३१ हजार रुपैयाँ हुँदा खर्च भने १२ करोड ५९ लाख ५३ हजार रुपैयाँ देखिएको थियो। आयभन्दा ३ करोड ४५ लाख २२ हजार ३८७ रुपैयाँ बढी देखिएको सम्पत्तिको स्रोत पुष्टि हुन नसकेपछि अदालतले उक्त रकमलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २०(१) बमोजिमको कसूर ठहर गरेको हो। अदालतले सोही ऐनको दफा २०(२) बमोजिम थापालाई एक वर्ष कैद र बिगो बराबर ३ करोड ४५ लाख २२ हजार ३८७ रुपैयाँ जरिवाना हुने फैसला सुनाएको छ। साथै, उक्त बिगो बराबरको सम्पत्ति र सोबाट बढे/बढाएको सम्पत्तिसमेत जफत हुने आदेश दिएको छ।

यसैगरी, विशेष अदालतले मेयर थापालाई नदीजन्य पदार्थको ठेक्कामा हानिनोक्सानी पुर्‍याएको अर्को भ्रष्टाचार मुद्दामा पनि दोषी ठहर गरेको छ। बागमती नगरपालिकाको मूल्य अभिवृद्धि करसहित ३० करोड २९ लाखभन्दा बढीको नदीजन्य पदार्थमा हानिनोक्सानी गरेको ठहर गर्दै अदालतले थापालाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिम कसूर गरेको ठहर गरेको हो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

एमाले अध्यक्ष ओलीले बोलाए सचिवालय बैठक
एमाले अध्यक्ष ओलीले बोलाए सचिवालय बैठक
काभ्रेका १३५ वडाबाट अनलाइन नागरिकता सिफारिस
काभ्रेका १३५ वडाबाट अनलाइन नागरिकता सिफारिस
जनमतले पाँच केन्द्रीय नेतासहित ९ पार्टी सदस्यलाई सोध्यो स्पष्टीकरण
जनमतले पाँच केन्द्रीय नेतासहित ९ पार्टी सदस्यलाई सोध्यो स्पष्टीकरण
आधुनिक र गुणस्तरीय शिक्षाको लक्ष्य निर्धारण गर्नुपर्छ: प्रधानमन्त्री ओली
आधुनिक र गुणस्तरीय शिक्षाको लक्ष्य निर्धारण गर्नुपर्छ: प्रधानमन्त्री ओली
एमाले महाधिवेशनमा महिला र पुरुषको समान सहभागिता
एमाले महाधिवेशनमा महिला र पुरुषको समान सहभागिता
उत्तराखण्डमा बेपत्ता नेपालीको खोजी र उद्धार गर्न परराष्ट्रमन्त्रीको निर्देशन
उत्तराखण्डमा बेपत्ता नेपालीको खोजी र उद्धार गर्न परराष्ट्रमन्त्रीको निर्देशन
दक्षिणपश्चिम पाकिस्तानमा बम विस्फोट : १० मजदुरको मृत्यु
दक्षिणपश्चिम पाकिस्तानमा बम विस्फोट : १० मजदुरको मृत्यु
उपनिर्वाचनका लागि आजदेखि आचारसंहिता लागू
उपनिर्वाचनका लागि आजदेखि आचारसंहिता लागू
संघीय निजामति ऐन मंगलबार मन्त्रिपरिषद्‍बाट पारित हुन्छ : प्रधानमन्त्री
संघीय निजामति ऐन मंगलबार मन्त्रिपरिषद्‍बाट पारित हुन्छ : प्रधानमन्त्री
गाडी दुर्घटनामा सर्केगाड गाउँपालिका उपाध्यक्षको निधन
गाडी दुर्घटनामा सर्केगाड गाउँपालिका उपाध्यक्षको निधन