एमाले महाधिवेशनमा महिला र पुरुषको समान सहभागिता

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, पौष २, २०८२
|
|
२६ पटक हेरिएको
Shares
एमाले महाधिवेशनमा महिला र पुरुषको समान सहभागिता

सारांश

  • नेकपा एमालेको महाधिवेशनमा महिला र पुरुष प्रतिनिधिहरूको समान सहभागिता देखिएको छ ।
  • मतदान प्रक्रियामा महिला र पुरुष नेता कार्यकर्ता एउटै लाइनमा उभिएर सहभागिता जनाइरहेका छन् ।
  • काठमाडौं जिल्ला सचिवालय सदस्य तथा एमाले महाधिवेशन प्रतिनिधि सरस्वती कार्कीले आफू कुनै पनि पदका लागि उम्मेदवार नभए पनि निर्वाचित नेतृत्वलाई साथ र समर्थन गर्न महाधिवेशनमा आएको बताइन् ।

२ पुष , काठमाडौं ।

नेकपा एमालेको महाधिवेशनमा महिला र पुरुष प्रतिनिधिहरूको समान सहभागिता देखिएको छ । मतदान प्रक्रियामा महिला र पुरुष नेता कार्यकर्ता एउटै लाइनमा उभिएर सहभागिता जनाइरहेका छन् । काठमाडौं जिल्ला सचिवालय सदस्य तथा एमाले महाधिवेशन प्रतिनिधि सरस्वती कार्कीले आफू कुनै पनि पदका लागि उम्मेदवार नभए पनि निर्वाचित नेतृत्वलाई साथ र समर्थन गर्न महाधिवेशनमा आएको बताइन् । उनले भोटिङ प्रणालीबारे जानकारी दिँदै, मतदान मेसिन पहिले पनि प्रयोग हुँदै आएको र भोट हाल्न कुनै समस्या नहुने स्पष्ट पारिन् ।

प्रतिनिधिहरूलाई मतदानको अभ्यास तीन दिन अगाडिनै गराइसकिएको भन्दै, कसैलाई कठिनाइ परे आवश्यक सहयोग गर्न सकिने उनको भनाइ छ । महाधिवेशनमा महिलाको उल्लेखनीय सहभागिता रहेको उल्लेख गर्दै उनले महिला–पुरुष छुट्टाछुट्टै होइन, एउटै ठाउँमा उभिएर सकारात्मक सोचका साथ काम गर्नुपर्नेमा जोड दिइन् । ‘महिला र पुरुष एउटै रथका दुई पाङ्ग्रा जस्तै हुन्, मिलेर अघि बढ्नुपर्छ,’ भन्दै उनले समावेशी र समानताको सन्देश दिइन् ।

त्यसैगरी, सुनसरीकी एमाले प्रतिनिधि विष्णु शर्माले पनि महिला–पुरुष एउटै लाइनमा बसेर मतदान प्रक्रियामा सहभागी भइरहेको बताइन् । उनले राजनीति गर्ने महिला–पुरुषले यस्ता सामान्य विषयलाई सहज रूपमा लिनुपर्ने उल्लेख गर्दै, हिजो हुने भनिएको मतदान आज हुँदा पनि दुःख मान्नुपर्ने कुरा नभएको बताइन् ।
महिला र पुरुषबीच सम्मान र सहकार्य आवश्यक रहेको धारणा राख्दै उनले सोचमा परिवर्तन आवश्यक रहेको बताइन् । ‘सबै ठाउँमा महिला र पुरुष छुट्टै बस्नुपर्छ भन्ने छैन, आपसी सम्मानका साथ अघि बढे समस्या हुँदैन,’ उनले भनिन् । महाधिवेशनको यो दृश्यले महिला पुरुष समानता व्यवहारमै सम्भव छ भन्ने सन्देश दिएको छ । राजनीति मात्र होइन, समाजका सबै क्षेत्रमा महिला र पुरुष मिलेर अघि बढ्दा नै समृद्ध र समावेशी भविष्य निर्माण हुने सशक्त उदाहरणका रूपमा एमाले महाधिवेशन प्रस्तुत भएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

ललितपुरको भैंसेपाटीमा विद्यालयकै होस्टलमा मृत भेटिए विद्यार्थी
ललितपुरको भैंसेपाटीमा विद्यालयकै होस्टलमा मृत भेटिए विद्यार्थी
सरकारको नीति तथा कार्यक्रमले निराशा बाँड्यो : सांसद ज्वाला
सरकारको नीति तथा कार्यक्रमले निराशा बाँड्यो : सांसद ज्वाला
रविलाई पक्राउ गर्न माग गर्दै कास्की जिल्ला प्रशासन बाहिर सहकारी पीडितको नाराबाजी
रविलाई पक्राउ गर्न माग गर्दै कास्की जिल्ला प्रशासन बाहिर सहकारी पीडितको नाराबाजी
न्यायाधीशलाई मोसो छ्याप्नेलाई रिहाइ माग्दै प्रदर्शन गर्ने ७ जना पक्राउ
न्यायाधीशलाई मोसो छ्याप्नेलाई रिहाइ माग्दै प्रदर्शन गर्ने ७ जना पक्राउ
भन्सार छलीको मोटरसाइकलसहित एकजना पक्राउ
भन्सार छलीको मोटरसाइकलसहित एकजना पक्राउ
रुपन्देहीको अगरबत्ती उद्योगमा आगलागी, २ करोडको क्षति दाबी
रुपन्देहीको अगरबत्ती उद्योगमा आगलागी, २ करोडको क्षति दाबी
सेहरी र धजाहाका ५६ घर जलमग्न
सेहरी र धजाहाका ५६ घर जलमग्न
प्रधानमन्त्रीलाई चिनियाँ राजदूतको बधाई
प्रधानमन्त्रीलाई चिनियाँ राजदूतको बधाई
नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक सुरु
नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक सुरु
निर्वाचन हुन्न कि भन्ने शंका नगर्नू, भ्रम नछर्नू: गृहमन्त्री
निर्वाचन हुन्न कि भन्ने शंका नगर्नू, भ्रम नछर्नू: गृहमन्त्री