Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

एमाले महाधिवेशनमा महिला र पुरुषको समान सहभागिता

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, पौष २, २०८२
|
|
३४ पटक हेरिएको
Shares
एमाले महाधिवेशनमा महिला र पुरुषको समान सहभागिता

सारांश

  • नेकपा एमालेको महाधिवेशनमा महिला र पुरुष प्रतिनिधिहरूको समान सहभागिता देखिएको छ ।
  • मतदान प्रक्रियामा महिला र पुरुष नेता कार्यकर्ता एउटै लाइनमा उभिएर सहभागिता जनाइरहेका छन् ।
  • काठमाडौं जिल्ला सचिवालय सदस्य तथा एमाले महाधिवेशन प्रतिनिधि सरस्वती कार्कीले आफू कुनै पनि पदका लागि उम्मेदवार नभए पनि निर्वाचित नेतृत्वलाई साथ र समर्थन गर्न महाधिवेशनमा आएको बताइन् ।

२ पुष , काठमाडौं ।

नेकपा एमालेको महाधिवेशनमा महिला र पुरुष प्रतिनिधिहरूको समान सहभागिता देखिएको छ । मतदान प्रक्रियामा महिला र पुरुष नेता कार्यकर्ता एउटै लाइनमा उभिएर सहभागिता जनाइरहेका छन् । काठमाडौं जिल्ला सचिवालय सदस्य तथा एमाले महाधिवेशन प्रतिनिधि सरस्वती कार्कीले आफू कुनै पनि पदका लागि उम्मेदवार नभए पनि निर्वाचित नेतृत्वलाई साथ र समर्थन गर्न महाधिवेशनमा आएको बताइन् । उनले भोटिङ प्रणालीबारे जानकारी दिँदै, मतदान मेसिन पहिले पनि प्रयोग हुँदै आएको र भोट हाल्न कुनै समस्या नहुने स्पष्ट पारिन् ।

प्रतिनिधिहरूलाई मतदानको अभ्यास तीन दिन अगाडिनै गराइसकिएको भन्दै, कसैलाई कठिनाइ परे आवश्यक सहयोग गर्न सकिने उनको भनाइ छ । महाधिवेशनमा महिलाको उल्लेखनीय सहभागिता रहेको उल्लेख गर्दै उनले महिला–पुरुष छुट्टाछुट्टै होइन, एउटै ठाउँमा उभिएर सकारात्मक सोचका साथ काम गर्नुपर्नेमा जोड दिइन् । ‘महिला र पुरुष एउटै रथका दुई पाङ्ग्रा जस्तै हुन्, मिलेर अघि बढ्नुपर्छ,’ भन्दै उनले समावेशी र समानताको सन्देश दिइन् ।

त्यसैगरी, सुनसरीकी एमाले प्रतिनिधि विष्णु शर्माले पनि महिला–पुरुष एउटै लाइनमा बसेर मतदान प्रक्रियामा सहभागी भइरहेको बताइन् । उनले राजनीति गर्ने महिला–पुरुषले यस्ता सामान्य विषयलाई सहज रूपमा लिनुपर्ने उल्लेख गर्दै, हिजो हुने भनिएको मतदान आज हुँदा पनि दुःख मान्नुपर्ने कुरा नभएको बताइन् ।
महिला र पुरुषबीच सम्मान र सहकार्य आवश्यक रहेको धारणा राख्दै उनले सोचमा परिवर्तन आवश्यक रहेको बताइन् । ‘सबै ठाउँमा महिला र पुरुष छुट्टै बस्नुपर्छ भन्ने छैन, आपसी सम्मानका साथ अघि बढे समस्या हुँदैन,’ उनले भनिन् । महाधिवेशनको यो दृश्यले महिला पुरुष समानता व्यवहारमै सम्भव छ भन्ने सन्देश दिएको छ । राजनीति मात्र होइन, समाजका सबै क्षेत्रमा महिला र पुरुष मिलेर अघि बढ्दा नै समृद्ध र समावेशी भविष्य निर्माण हुने सशक्त उदाहरणका रूपमा एमाले महाधिवेशन प्रस्तुत भएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कोशी प्रदेशमा बढ्दै हात्ती आतंक, २० वर्षमा ९७ जनाको मृत्यु
कोशी प्रदेशमा बढ्दै हात्ती आतंक, २० वर्षमा ९७ जनाको मृत्यु
राष्ट्र बैंकले ल्यायो ५ रुपैयाँको नयाँ नोट प्रचलनमा
राष्ट्र बैंकले ल्यायो ५ रुपैयाँको नयाँ नोट प्रचलनमा
म्यान्मार भूकम्पः मृतकको सङ्ख्या ३३ सय नाघ्यो
म्यान्मार भूकम्पः मृतकको सङ्ख्या ३३ सय नाघ्यो
साफ महिला च्याम्पियनसिप: श्रीलङ्कासँग भिड्दै नेपाल
साफ महिला च्याम्पियनसिप: श्रीलङ्कासँग भिड्दै नेपाल
बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ
बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ
सर्लाहीमा गोली हानेर श्रीमतीको हत्या, बुवा घाइते
सर्लाहीमा गोली हानेर श्रीमतीको हत्या, बुवा घाइते
जबजकै कारण एमाले मुलुकको निर्णायक शक्ति बन्योः महासचिव पोखरेल
जबजकै कारण एमाले मुलुकको निर्णायक शक्ति बन्योः महासचिव पोखरेल
बेहडाबाबा मन्दिरका दर्शनार्थी सवार ट्याक्टर दुर्घटना: एकको मृत्यु, २७ घाइते
बेहडाबाबा मन्दिरका दर्शनार्थी सवार ट्याक्टर दुर्घटना: एकको मृत्यु, २७ घाइते
गोदावरीमा एमालेको राष्ट्रिय प्रतिनिधि परिषद् बैठक, अध्यक्ष ओलीले गरे उद्घाटन
गोदावरीमा एमालेको राष्ट्रिय प्रतिनिधि परिषद् बैठक, अध्यक्ष ओलीले गरे उद्घाटन
दुर्गा प्रसाईंलाई काठमाडौँ जिल्ला अदालत ल्याइयो
दुर्गा प्रसाईंलाई काठमाडौँ जिल्ला अदालत ल्याइयो