भारत आईसीसी क्रिकेट वरीयताको तीनवटै फर्म्याटको शीर्ष स्थानमा।

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, आश्विन ६, २०८०
|
|
२५ पटक हेरिएको
Shares
भारत आईसीसी क्रिकेट वरीयताको तीनवटै फर्म्याटको शीर्ष स्थानमा।

सारांश

  • भारत आईसीसीको एकदिवसीय टेस्ट र टी-ट्वान्टी फर्म्याटको वरीयतको शीर्ष स्थानमा पुगेको हो ।
  • यसअघि टेस्ट र टी-ट्वान्टी वरीयताको शीर्ष स्थानमा रहेको भारतले अस्ट्रेलियाविरुद्धको तीन खेलको एकदिवसीय सिरिजको पहिलो खेल जित्दै एकदिवसीय वरीयताको पनि शीर्ष स्थानमा उक्लिएको हो ।
  • क्रिकेटको तीनवटै फर्म्याटमा एकैपटक शीर्ष स्थान हासिल गर्ने भारत दोस्रो टिम हो ।

६ असोज, काठमाडौँ- भारत आईसीसी क्रिकेट वरीयताको तीनवटै फर्म्याटको शीर्ष स्थानमा पुगेको छ । भारत आईसीसीको एकदिवसीय टेस्ट र टी-ट्वान्टी फर्म्याटको वरीयतको शीर्ष स्थानमा पुगेको हो ।

यसअघि टेस्ट र टी-ट्वान्टी वरीयताको शीर्ष स्थानमा रहेको भारतले अस्ट्रेलियाविरुद्धको तीन खेलको एकदिवसीय सिरिजको पहिलो खेल जित्दै एकदिवसीय वरीयताको पनि शीर्ष स्थानमा उक्लिएको हो । क्रिकेटको तीनवटै फर्म्याटमा एकैपटक शीर्ष स्थान हासिल गर्ने भारत दोस्रो टिम हो । यसअघि सन् २०१२ को अगस्टमा दक्षिण अफ्रिका तीनवटै फर्म्याटको शीर्ष स्थानमा उक्लिएको थियो ।

एकदिवसीय वरीयताको शीर्ष स्थानमा उक्लिन भारतले शुक्रबार राति अस्ट्रेलियालाई ५ विकेटले पराजित गर्यो । जितका लागि चाहिएको २ सय ७७ रनको लक्ष्य भारतले ४८ ओभर ४ बलमा ५ विकेट गुमाएर पूरा गयो । भारतलाई जित दिलाउन शुवमन गिलले ७४ रुतुराज गाइक्वाडले ७१ रन तथा कप्तान केएल राहुलले ५८ रन बनाए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको अस्ट्रेलियाले निर्धारित ५० ओभरमा सबै विकेट गुमाएर २ सय ७६ रन बनायो । अस्ट्रेलियाका लागि डेभिड वार्नरले सर्वाधिक ५२ रन बनाए । भारतका मोहम्मद शामीले सर्वाधिक ५ विकेट लिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ