ट्रम्पको दाबी: अब भारतले रुसबाट तेल किन्दैन

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, आश्विन ३०, २०८२
|
|
१०० पटक हेरिएको
Shares
ट्रम्पको दाबी: अब भारतले रुसबाट तेल किन्दैन

सारांश

  •   अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतले अब रुसबाट तेल नकिन्ने दाबी गरेका छन्।
  • बिहीबार ह्वाइट हाउसमा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै उनले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले अब आफूहरू रुसबाट तेल नकिन्ने आश्वासन दिएको बताएका हुन्।
  •   ‘प्रधानमन्त्री नरेन्द्र मोदी मेरा साथी हुन्।

३० असोज, काठमाडौं । 

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतले अब रुसबाट तेल नकिन्ने दाबी गरेका छन्। बिहीबार ह्वाइट हाउसमा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै उनले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले अब आफूहरू रुसबाट तेल नकिन्ने आश्वासन दिएको बताएका हुन्।  ‘प्रधानमन्त्री नरेन्द्र मोदी मेरा साथी हुन्। हाम्रो धेरै राम्रो सम्बन्ध छ”, ट्रम्पले पत्रकार सम्मेलनमा भने, भारतले रुसबाट तेल किनेकोमा म खुसी थिइनँ, तर आज उहाँ (प्रधानमन्त्री मोदी) ले मलाई अब रुसबाट तेल नकिन्ने आश्वासन दिनुभयो। अब हामीले चीनलाई पनि त्यसै गर्न लगाउनु पर्नेछ।’

वास्तवमा अमेरिकाले रुसबाट तेल खरिद गरेको भन्दै भारतका सामान २५ प्रतिशत अतिरिक्त भन्सार कर लगाएको छ। यसअघि २५ प्रतिशत पारस्परिक कर लगाइसकेको अमेरिकाले भारतबाट आयात हुने सामानमा कुल कर ५० प्रतिशत पुर्‍याएको छ।  यद्यपि भारतले अहिलेसम्म रुसबाट तेल किन्न रोक्ने विषयमा पुष्टि गरेको छैन।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

३५ हजार घुस लिएको दाबीसहित चन्द्रौटाका नापी सर्वेक्षकविरुद्ध मुद्दा
३५ हजार घुस लिएको दाबीसहित चन्द्रौटाका नापी सर्वेक्षकविरुद्ध मुद्दा
दुर्गा प्रसाईं भक्तपुरबाट पक्राउ
दुर्गा प्रसाईं भक्तपुरबाट पक्राउ
भक्त राना मगरलाई क्रान्तिकारी, इमान्दार र निष्ठावान योद्धाको रूपमा स्मरण गर्नुपर्छः प्रचण्ड
भक्त राना मगरलाई क्रान्तिकारी, इमान्दार र निष्ठावान योद्धाको रूपमा स्मरण गर्नुपर्छः प्रचण्ड
सुदूरपश्चिम प्रदेशका सांसदहरू भेट्न काठमाडौंमा प्रचण्ड
सुदूरपश्चिम प्रदेशका सांसदहरू भेट्न काठमाडौंमा प्रचण्ड
बाजुरामा कांग्रेसका गिरी विजयी, एमालेका थापा ५४० मतले पराजित
बाजुरामा कांग्रेसका गिरी विजयी, एमालेका थापा ५४० मतले पराजित
बाजुरामा एसइईको सम्पूर्ण तयारी पूरा : दुई हजार बढि परीक्षार्थी सहभागी हुँदै
बाजुरामा एसइईको सम्पूर्ण तयारी पूरा : दुई हजार बढि परीक्षार्थी सहभागी हुँदै
कोशी प्रदेश सरकारले ल्यायो ४० अर्ब ४४ करोड बजेट
कोशी प्रदेश सरकारले ल्यायो ४० अर्ब ४४ करोड बजेट
नेतन्याहूले दिए युद्ध अन्त्यको आश्वासन, कच्चा तेलको मूल्यमा गिरावट
नेतन्याहूले दिए युद्ध अन्त्यको आश्वासन, कच्चा तेलको मूल्यमा गिरावट
राजर्षि जनक विश्व विद्यालयका ८६ विद्यार्थी दीक्षित
राजर्षि जनक विश्व विद्यालयका ८६ विद्यार्थी दीक्षित
नयाँ संसद भवन निर्माण अन्तिम चरणमा, वैकल्पिक हलबाट प्रतिनिधि सभा सञ्चालन हुने
नयाँ संसद भवन निर्माण अन्तिम चरणमा, वैकल्पिक हलबाट प्रतिनिधि सभा सञ्चालन हुने