अमेरिकी उपराष्ट्रपति आजदेखि भारत भ्रमणमा

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, बैशाख ८, २०८२
|
|
३२ पटक हेरिएको
Shares
अमेरिकी उपराष्ट्रपति आजदेखि भारत भ्रमणमा

सारांश

  • अमेरिकी उपराष्ट्रपति जेडी भेन्स आज चार दिने भारत भ्रमणका लागि दिल्ली आइपुग्दै छन् ।
  • उनीहरूको स्वागतका लागि सडकहरूमा ठूला–ठूला होर्डिङहरू राखिएको छ भने दिल्लीको सुरक्षा व्यवस्था कडा पारिएको छ ।
  • भारतीय मूलकी श्रीमती ऊषा र तीन सन्तानसहित आज बिहान भारत भ्रमणमा आउन लागेका भेन्सले आजै प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गर्ने कार्यक्रम छ ।

 

 ८ वैशाख, काठमाडौं ।

अमेरिकी उपराष्ट्रपति जेडी भेन्स आज चार दिने भारत भ्रमणका लागि दिल्ली आइपुग्दै छन् । उनीहरूको स्वागतका लागि सडकहरूमा ठूला–ठूला होर्डिङहरू राखिएको छ भने दिल्लीको सुरक्षा व्यवस्था कडा पारिएको छ । भारतीय मूलकी श्रीमती ऊषा र तीन सन्तानसहित आज बिहान भारत भ्रमणमा आउन लागेका भेन्सले आजै प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गर्ने कार्यक्रम छ ।

भेन्स दिल्ली आइपुगेपछि सबैभन्दा पहिले आफ्ना परिवारसहित स्वामीनारायण अक्षरधाम मन्दिर जानेछन् । भारतीय समय अनुसार आज साँझ साढे ६ बजे प्रधानमन्त्री मोदीले प्रधानमन्त्री निवासमा भेन्स र उनको परिवारको स्वागत गर्ने कार्यक्रम छ । प्रधानमन्त्री निवासमा डिनर, त्यसपछि वार्ता प्रधानमन्त्री मोदीले आज जेडी भेन्सको सम्मानमा रात्रिभोज (डिनर) आयोजना गरेका छन् । त्यसपछि भारत र अमेरिकाबीच औपचारिक वार्ता हुने छ । उक्त वार्तामा भारतीय टोलीमा विदेश मन्त्री एस जयशंकर, राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाल, विदेश सचिव विक्रम मिस्री र अमेरिकामा भारतका राजदूत विनय मोहन क्वात्रा सहभागी हुनेछन् । पाँच सदस्यीय अमेरिकी प्रतिनिधिमण्डल सहित आउन लागेका भेन्सले भारतका आगरा र जयपुर भ्रमण गर्ने कार्यक्रम पनि छ । ट्यारिफ, व्यापार र रक्षा प्रमुख एजेण्डा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतसहित ६० देशमा ट्यारिफ (आयात शुल्क) लगाएको बेला उपराष्ट्रपति जेडी भेन्सको यो भ्रमणलाई चासोका साथ हेरिएको छ । त्यसैले दुवै देशबीच हुने वार्तामा व्यापारको विषय सबैभन्दा प्रमुख बन्ने छ ।

यसका साथै क्षेत्रीय सुरक्षा र आपसी सम्बन्धहरूबारे पनि छलफल हुने अपेक्षा गरिएको छ । भारत–अमेरिका व्यापार सम्झौताको पहिलो चरण सम्पन्न गर्न भेन्सको यो भ्रमण महत्त्वपूर्ण मानिएको भारतीय सञ्चार माध्यमले जनाएका छन् । दुवै देशले सन् २०३० सम्ममा आपसी व्यापार ५०० अर्ब डलरसम्म पुर्‍याउने लक्ष्य राखेका छन्, त्यसैले भेन्स र मोदीबीच व्यापार, आयात शुल्क र शुल्कका बाधाहरू हटाउनेबारे विस्तृत छलफल हुने सम्भावना छ । यसका साथै, ट्रम्प प्रशासनको ट्यारिफ नीतिका कारण देखिएको तनाव कम गर्दै आपसी समझदारी बनाउनेतर्फ पनि भेन्सको यो यात्रा महत्वपूर्ण हुने अपेक्षा गरिएको छ । यस्तो छ अमेरिकी उपराष्ट्रपतिको भ्रमण तालिका जेडी भेन्स आज बिहान दिल्ली आएपछि राति नै जयपुरतर्फ प्रस्थान गर्ने कार्यक्रम छ । त्यहाँ उनी रामबाग प्यालेसमा बस्ने छन् । २२ अप्रिल अर्थात् वैशाख ९ गते भेन्स जयपुरमा आमेर फोर्ट, सिटी प्यालेस र जन्तर मन्तर अवलोकन गर्ने छन् । उनी जयपुरमा आयोजना हुने इन्टरनेसनल बिजनेस समिटमा पनि सहभागी हुने छन् ।

२३ अप्रिल अर्थात् वैशाख १० गते भेन्स आफ्ना परिवारसहित आग्राको ताजमहल हेर्न जानेछन् । आगराबाट पुनः जयपुर फर्किएपछि २४ अप्रिल अर्थात् वैशाख ११ गते भेन्स अमेरिका फर्किने कार्यक्रम छ । भारतीय मूलकी हुन् भेन्सकी श्रीमती जेडी भेन्सको परिवारको यो पहिलो भारत भ्रमण हो । भेन्सकी पत्नी ऊषा भारतीय मूलकी हुन् । ऊषाका बाबुआमा आन्ध्र प्रदेशको पूर्वी गोदावरी र कृष्णा जिल्लाका हुन्, जो पछि अमेरिका गएका थिए र त्यहीँ बसोबास गरेका थिए । ऊषाको जन्म अमेरिकामै भएको थियो । उनी पहिलोपटक भारत आइरहेकी छन् । भेन्स र ऊषाका तीन सन्तान छन्– इवान, विवेक र मीराबेल । ऊषा भेन्सले आफ्नो पहिलो भारत भ्रमणलाई लिएर निकै उत्साहित रहेको बताएकी छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

राजविराज कारागारबाट भाग्ने प्रयास गरेका १९२ कैदी सेनाको नियन्त्रणमा
राजविराज कारागारबाट भाग्ने प्रयास गरेका १९२ कैदी सेनाको नियन्त्रणमा
सर्लाही- ४ मा पछि परे गगन, अमरेशले लिए अग्रता
सर्लाही- ४ मा पछि परे गगन, अमरेशले लिए अग्रता
आज देशभरको मौसम सफा रहने पूर्वानुमान
आज देशभरको मौसम सफा रहने पूर्वानुमान
रविलाई संगठित अपराधमा मुद्दा नचलाएको भन्दै चितवन जिल्ला न्यायाधिवक्तामाथि छानबिन
रविलाई संगठित अपराधमा मुद्दा नचलाएको भन्दै चितवन जिल्ला न्यायाधिवक्तामाथि छानबिन
रोशी खोलाले बिपी राजमार्ग बगाएपछि आवागमन ठप्प, बनाउन कम्तीमा एक हप्ता लाग्ने
रोशी खोलाले बिपी राजमार्ग बगाएपछि आवागमन ठप्प, बनाउन कम्तीमा एक हप्ता लाग्ने
इराकको शपिङ मलमा भीषण आगलागी, ६१ जनाको मृ*त्यु
इराकको शपिङ मलमा भीषण आगलागी, ६१ जनाको मृ*त्यु
पर्वतहरू प्रकृतिका अमूल्य धरोहर हुन्, संरक्षण गरौँ : प्रचण्ड
पर्वतहरू प्रकृतिका अमूल्य धरोहर हुन्, संरक्षण गरौँ : प्रचण्ड
सशस्त्र प्रहरी सहायक निरीक्षक छत्यालबाट सगरमाथाको सफल आरोहण
सशस्त्र प्रहरी सहायक निरीक्षक छत्यालबाट सगरमाथाको सफल आरोहण
अन्तरराष्ट्रिय सगरमाथा दिवस मनाइँदै
अन्तरराष्ट्रिय सगरमाथा दिवस मनाइँदै
एमाले पोलिटब्यूरो बैठकमा कर्ण थापा र ओलीबिच सवालजवाफ
एमाले पोलिटब्यूरो बैठकमा कर्ण थापा र ओलीबिच सवालजवाफ